• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

नुहाउने उत्तम तरिका थाहा छ ? यसरी नुहाउनुस्


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • आयुर्वेद एक प्राचिन चिकित्साशास्त्र हो । आयुर्वेदले भन्छ-मान्छेको स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ । साथै तीन दोष (वात, पित्त र कफ)को असन्तुनले शरीर रोगी हुन्छ ।

    Advertisement

    आहार, विहार र विचारले मान्छेको शरीरमा गहिरो प्रभाव पार्ने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदले प्राकृतिक विधिबाट कसरी जीवनलाई सधैभर स्वस्थ, तन्दुरुस्त राख्ने भनेर निर्देश गरेको छ । यसैको एउटा पाटो हो, नुहाउने विधि पनि ।

    सुन्दा त सामान्य लाग्छ नुहाउने कुरा । तर, स्वस्थ शरीरका लागि नुहाउने तौर तरिकाले पनि प्रभाव पार्छ ।

    सबैलाई थाहा भएकै कुरा हो, शरीरिक शुद्धिको एउटा तरिका हो नुहाउनु । अर्थात पानीले शरीरको धुलो, मैलो पखाल्नु । आयुर्वेदको नियम अनुसार हरेक दिन शरीरलाई शुद्ध गर्न नुहाउनुपर्छ ।

    बिहानको समयमा नुहाउनु उत्तम मानिन्छ । खासगरी बिहानको नित्य कर्म (दिसा–पिसाब त्याग) पछि शरीरलाई शुद्धि गर्न नुहाउनुपर्छ । नुहाउनुको सोझो अर्थ भनेको शरीरको बाह्य विकार पखाल्नु नै हो ।

    हाम्रो शरीरमा बाह्य वातावरण र शरीर भित्रबाट विभिन्न दूषित हुन्छ । जस्तो धुलोको कण, धूँवा आदि हाम्रो छालामा टाँसिन्छ । छालामा असंख्यौं छिद्र हुन्छ, जसलाई बाहिरी धुलो–मैलाले पुरिदिन्छ । जबकि शरीरभित्र पैदा हुने कतिपय विकार त्यही छालाको छिद्रबाट बाहिर आउनुपर्ने हुन्छ । पसिनाको माध्यामबाट त्यस्तो विकार छाला बाहिर आउँछ ।

    एकातिर बाह्य प्रदूषण छालामा टाँसिने र शरीर भित्र पैदा हुने विकार पनि बाहिर निस्कन नपाउने स्थितीले शरीरलाई रोगी बनाउँछ । त्यसैले शरीरलाई शुद्ध, ताजा राख्नका लागि नुहाउनुपर्छ ।

    सफा पानीले नुहाउँदा छालामा रहेका मैला, मृत्त कोषिका, दुर्गन्ध हटाउँछ । यसले शरीरको तापमानलाई सन्तुलन राख्न पनि भूमिका खेल्छ ।

    आयुर्वेदको नियमअनुसार सूर्योदयअघि नुहाउनु सर्वोत्तम हो । सूर्योअस्तपछि नुहाउन उपयुक्त मानिदैन । बिहान उठेर सौच क्रिया सकेपछि हल्का शारीरिक व्यायाम गर्नुपर्छ । त्यसपछि नुहाउनु राम्रो हो ।

    नुहाउनुअघि मनतातो पानी पिउनु सुझाइएको छ । यसले पाचन यन्त्रलाई बलियो बनाउनका साथै शरीरको तापमान सन्तुलित राख्न मद्दत गर्छ ।

    कतिपयले दौडिएपछि वा कडा श्रम गरेपछि शरीर तातो हुँदा नै चिसो पानीले नुहाउने गर्छन् । आयुर्वेदअनुसार यसरी नुहाउन राम्रो मानिदैन । शरीरको तापमान उच्च भइरहेको बेला अचानक चिसो पानीमा नुहाउँदा त्यसले हानि गर्ने बताइएको छ । खासगरी शरीरको तापमान असन्तुलित भएर चिसो लाग्ने, रुघा खोकी लाग्ने जोखिम हुन्छ ।

    आयुर्वेदअनुसार नुहाउँदा शीर अर्थात टाउकोबाट सुरु गर्नुपर्छ । र, क्रमस शरीर पखाल्नुपर्छ । संभव भएमा औषधिय गुणको वनस्पति, फूल वा जडिबुटी मिश्रित पानीले नुहाउनु उचित हुन्छ ।

    आयुर्वेदअनुसार चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ ।

    यद्यपि आजको समयमा आयुर्वेदको सबै विधिहरु पालना गरिरहँदा आफ्नो अनुकुलता वा स्वास्थ्य स्थिती पनि ख्याल राख्नुपर्ने हुन्छ । कतिपय रोग लागेकाहरु, औषधि उपचार गराइहेकाहरु, सुत्केरी, बुढापाका आदिले आफ्नो अनुकुलता अनुसार नुहाउन सक्छन् । भूगोलअनुसार पनि नुहाउने तालिका फरक हुनसक्छ । यद्यपि नुहाउनु शारीरिक शुद्धिको एउटा राम्रो तरिका हो । यसलाई आयुर्वेदमा चिकित्सकिय गतिविधिकै रुपमा लिइन्छ ।

    आयुर्वेदअनुसार सात किसिमको स्नान

    मन्त्र स्नान : मन्त्र पाठ गर्दै नुहाउने विधि । जसले शरीरसँगै मन र आत्मलाई पनि शुद्ध गर्छ भनिन्छ ।

    अग्नी स्नान : शरीरमा खरानी लगाएर नुहाउने ।

    भौम स्नान : शरीरमामाटो लगाएर नुहाउने

    वायव्य स्नान : शरीरमा गाईको खुरको धुलो लगाएर नुहाउने ।

    मानसिक स्नान : आत्मचिन्तन गर्ने र मन्त्र जप गर्ने ।

    वरुण स्नान : पानीमा डुब्की लगाएर नुहाउने ।

    दिव्य स्नान : सूर्यको किरणमा वर्षाको पानीले स्नान गर्ने ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer