• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

एकै महिनामा दुईपटक महिनावारी हुनु कुनै रोगको संकेत हो कि ?


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ ।

    Advertisement

    जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’

    यसरी असामान्य रुपले छोटो अवधिमा महिनावारी दोहोरिनुलाई सामान्य मानिंदैन । यस्तो किन हुन्छ त ?

    एउटा मात्र कारण छैन । विभिन्न कारणले एकै महिनामा महिनावारी दोहोरिन सक्छ ।

    पाठेघरमा संक्रमण

    ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण हुन्छ, जसलाई पेल्वभक इन्फ्लामेटरी डिजिज (पीआइडी) भनिन्छ । यसमा योनी सुन्निने र दुख्ने हुन्छ । साथै यसमा अनियमित रक्तश्राव हुने गर्छ ।

    हार्मोन डिसअर्डर

    महिलाको शरीरमा हार्मोनको कारण महिनावारी गडबड हुने गर्छ । महिलाको डिम्बाशयले उत्पादन गर्ने हार्मोन इस्ट्रोजन, प्रोजेस्टेरोन वा टेस्टोस्टेरोनको घटबढका कारण पाठेघरको भित्री तह (इन्डोमेट्रियम)मा पर्ने प्रभावले गर्दा महिनामा दुई पटक रगत बग्ने हुन्छ । थाइराइड हार्मोन कम वा बढी भएमा पनि महिनावारी नियमित हुँदैन । जसले गर्दा महिनामा दुई पटक महिनावारीको समस्या देखिन्छ ।

    पाठेघरमा ट्युमर पलाएमा

    पाठेघरभित्र ट्युमर पलाएको अवस्थामा पनि महिनावारी अनियमित हुनसक्छ । यसलाई मेडिकल भाषामा ‘युटेराइन फाइब्राइड’ भनिन्छ । महिनावारीको बीचबीचमा रगत बग्ने, धेरै रक्तश्राव हुने गर्छ । त्यस्तै पाठेघरको मुखमा मासु पलाएमा अनियमित रक्तस्राव हुने गर्छ । शरीरमा इस्ट्रोजोन हार्मोन बढी भयो भने पाठेघरमा मासु पलाउन सक्छ ।

    पीसीओडी (पोलिसिटिस्क ओभरियन डिजिज)

    महिलाको डिम्बाशयले अनियमित हार्मोन उत्पादन गर्दा डिम्बहरु निष्कासन हुन गाह्रो हुन्छ । यस्तो परिस्थितिमा महिनावारी ढिला हुने वा बीच-बीचमा पाठेघरबाट रगत जाने हुन्छ । यो रोगले नि:सन्तान हुने जोखिम पनि बढाउँछ ।

    गर्भावस्था

    गर्भधारण गरेको २० हप्ताभित्र थोरै-थोरै रगत बग्न सक्छ । कसैको भने गर्भधारण हुने बखतमा हल्का रक्तस्राव हुन सक्छ, जसलाई ‘इम्प्लान्टेसन ब्लिडिङ’ भनिन्छ । प्रोजेस्टोरोन हार्मोनको अभाव भएमा, ब्लाइटेड ओभम (भ्रूणरहित गर्भ बस्दा), थ्रेटेन्ड एबोर्सन (गर्भावधिको सुरुवाततिर दखल पुग्दा) आदिमा पनि बीच समयमा रगत बग्न सक्छ । यसबेला आराम र औषधिको जरुरी हुन्छ ।

    गर्भनिरोधक चक्कीको असर

    नियमित रुपमा सेवन गर्नुपर्ने अस्थायी परिवार नियोजन चक्की बीचमा खान छुटेमा, पटक-पटक आपतकालीन गर्भनिरोधक चक्कीको सेवनले पनि महिनावारी गडबडी हुन्छ ।

    रजोनिवृत्ति

    महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ । महिलाको उमेर ४० वा ५० वर्ष पार भइसकेपछि महिनावारी रोकिन्छ । यसरी रजोनिवृत्ति हुने बेला महिनावारी गडबडी हुन जान्छ । कहिले पटक-पटक महिनावारी हुने त कहिले लामो समयसम्म महिनावारी रोकिने गर्छ ।

    त्यस्तै महिनावारी अनियमित हुनुमा अर्को कारण हो, तनाव । अत्यधिक तनावबाट गुज्रिरहेको महिलाको पनि महिनावारी नियमित हुँदैन । त्यसैले महिनावारी गडबडी भएमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer