• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रक्षामन्त्री खड्काद्वारा नेपाली सेनाको श्री नयाँ सबुज गण निरीक्षण


  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित
  • चितवन । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नेपाली सेनाको श्री नयाँ सबुज गण भरतपुरको निरीक्षण गर्दै गणले सुरक्षा, उद्धार र विपद् व्यवस्थापनलगायतका काममा खेलेको भूमिको प्रसंशा गरेका छन् ।

    Advertisement

    रक्षामन्त्री खड्काले मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताए ।

    ”यस गणका गतिपतिबाट आज प्रस्तुत भएअनुसार भरतपुर विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा उपलब्ध गराउनुपर्ने देखिन्छ,” उनले भने । उनले नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनासमेत स्थानान्तरण गर्नुपर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताए ।

    यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो । यसअघि विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनासँग जग्गा माग गरिएको थियो । त्यहाँ रहेको घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना छ ।

    भरतपुर महानगरपालिकाको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कासहित नेपाली सेना यस विषयमा सकारात्मक देखिएसँगै विमानस्थल विस्तारको कार्यले सकारात्मक रूपमा अघि बढ्ने देखिएको हो ।

    खड्काले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई विमानस्थल विस्तारका लागि आफू सकारात्मक रहेको बताए । भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा साना जहाजले मात्रै उडान र अवतरण गर्दै आएका छन् । धावनमार्ग विस्तार गरेर ठुला जहाज उडान गर्न सकेमा रात्रिकालीन उडान र सस्तो भाडादरमा आवतजावत गर्न सकिने अपेक्षा गरिएको छ । धावनमार्गका आसपासमा संरचना बनेकाले यो विमानस्थललाई तराईको जोखिमयुक्त विमानस्थलका रूपमा लिइन्छ ।

    खड्काले सो अवसरमा मध्यपृतना हेडक्वार्टर नं ७ बाहिनी अड्डाअन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताए । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा समेत संयुक्त राष्ट्रसंघको झण्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताए ।

    नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शीर उँचो बनाएको भन्दै उनले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका थिए । ”नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्रसेवकको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमिकता दिएको छ । आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्था गर्दै लगिनेछ,” उनले भने ।

    नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्यसम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उनले बताए । समस्या तथा अप्ठ्यारालाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer