• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

उमेर पुगेपछि बुवाआमासँगै बस्ने कि छुट्टिने ?


  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित
  • हालै इटालीको उत्तरी सहर पेभियामा एक ७५ वर्षीया वृद्धाले आफ्ना दुई छोरालाई घरबाट निकाल्नका लागि अदालतको ढोका ढकढकाएको समाचार सार्वजनिक भयो ।

    Advertisement

    आफ्नै आमाले घर निकालाका लागि अदालत गुहारेका ती छोराहरुको उमेर उमेर ४० र ४२ वर्ष छ । अदाततमा सुनुवाईका क्रममा ती वृद्धाले आफ्ना पाको उमेरको छोराहरुलाई आफ्नो घर छाडेर अलग्गै बस्नका लागि पटक-पटक आग्रह गरेको तर उनीहरुले सुन्दै नसुनेको बताएकी थिइन् ।

    अन्ततः अदालतले आमाको घरमै जरो गाडेका ती दुई छोरालाई डिसेम्बर १८ सम्ममा घरबाट निस्कन आदेश दिएको छ ।

    आफ्नो फैसलामा अदालतले सन्तानहरु सानो छउन्जेलसम्म उनीहरुको हेरचाह र पालनपोषण गर्ने जिम्मे बाबुआमाको नै हुने भएकाले आफ्नो बाबुआमाको घरमा बस्न सक्ने तर ती वृद्धाका छोराहरुको उमेर ४० वर्ष नाघिसकेकाले अब त्यस्तो तर्क दिएर आमाको घरमा बसिरहन नपाउने ठहर गरेको छ ।

    यो फैसलाले ती देशहरुमा एउटा नयाँ बहसको सिर्जना गरेको छ जहाँको समाजमा वयस्क भएसँगै सन्तानहरुले मातापिताको घर छाडिदिनुपर्छ भन्ने मान्यता राखिन्छ ।

    आखिर छोराछोरीहरुले कुन उमेरमा आफ्नो बुवाआमाको घर छाडिदिनु उपयुक्त हुन्छ त ? यस्तो निर्णय उमेरको आधारमा लिनुपर्छ वा आर्थिक स्थितिको आधारमा ? यो सवाल पनि खडा भएको छ ।

    वास्तवमा नेपाल, भारत लगायतका कैयन् देशहरुमा एकै घरमा धेरै पुस्ताहरु संयुक्त परिवारको रुपमा बस्ने चलन छ । तर, खासगरी पश्चिमा मुलुकहरुमा भने छोराछोरीहरु वयस्क भएपछि वा आर्थिक रुपले स्वतन्त्र भएपछि आमाबाउबाट अलग होउन् भन्ने अपेक्षा गरिन्छ ।

    यसरी अलग्गिन नसक्ने व्यक्तिहरुले सामाजिक दबाबको समेत सामना गर्नुपर्दछ ।

    उदाहरणका लागि इटालीमा माता पिताको घरमा बस्ने वयस्कहरुको संख्या धेरै छ ।

    बीबीसी साउण्डको पडकास्ट वुमेन्स आवरकी प्रस्तोता कृपाका अनुसार त्यसरी बाउआमाको घरमै बस्ने मानिसहरुलाई इटालीमा बंबोचियानी अर्थात् बुढा बच्चा भनेर होच्याइन्छ, जिस्काइन्छ ।

    आमाबुवाबाट अलग हुने परम्परा

    मानिसहरुको जीवनमा सामाजिक प्रभाव धेरै परेको हुन्छ । छोराछोरीहरुको सामाजिकीकरण जुन प्रकारले हुन्छ त्यसको घाटा चाहिं उनीहरु ठूलो भएता पनि बुवाआमाकै रेखदेखमा रहन्छन् अनि आत्मनिर्भर बन्न सक्दैनन् । कहिलेकाँही त के पनि देखिन्छ भने सन्तानहरु आफ्नो बिहेपछि समेत आफ्नो कमाइ नहुँदा बुवाआमाकै कमाइ तथा पेन्सनले आफ्नो खर्च धानिरहेका हुन्छन्
    पश्चिमी संस्कृतिमा आत्मनिर्भरता तथा स्वतन्त्रतामा जोड दिइन्छ र सन्तानहरुको सामाजिकीकरण पनि यहीँ तवरले गरिन्छ ।

    विज्ञ भन्छन्, ‘पश्चिमा देशहरुमा वयस्क भएसँगै सन्तानलाई छुट्टाइदिने परम्परा यसकारण छ कि उनीहरुलाई आत्मनिर्भर बनाउन सकियोस् । उनीहरु आफ्नो जिम्मेवारी उठाउन लायक भएसँगै मातापिताबाट अलग हुने अपेक्षा गरिन्छ । साथै सन्तानहरु पनि स्वतन्त्र रुपले जिउन चाहन्छन् ताकि उनीहरुको जिवनमा कुनैपनि खालको दखल नहोस् ।’

    इटालीस्थित बीबीसीकी पत्रकार एड्रियाना अरबानोका अनुसार इटालीमा धेरै वयस्क व्यक्तिहरु समेत लामो समयसम्म आमा बुवासँगै बस्नुको कारण आर्थिक पनि हो ।

    २९ वर्षीया अरबानोका अनुसार उनको उमेरका अधिकांश युवायुवतीहरु आफ्ना आमाबाबुकै घरमा बसिरहेका छन् ।

    उनी भन्छिन्, ‘इटालीमा सन्तानहरु ठूलै उमेरसम्म पनि आफ्ना मातापितासँगै बस्नु निकै आम चलनको रुपमा रहेको छ । यसको पछाडि सांस्कृतिक भन्दा पनि आर्थिक कारण छ । राम्रो तलबयुक्त स्थायी जागिर सजिलोसँग पाइँदैन । यस्तोमा आत्मनिर्भर नहुँदासम्म उनीहरु बुवाआमासँगै बस्दछन् ।’

    तर नेपाल तथा भारत लगायतका देशमा भने दुई तीन पुस्ताका सदस्यहरु संयुक्त परिवारमा एउटै घरमा बस्नुका आर्थिक मात्र नभएर सांस्कृतिक कारण पनि छन् ।

    वास्तवमा धेरै पुस्ताका मानिसहरु एउटै संयुक्त परिवारमा बस्ने हाम्रो संस्कृतिकै अभिन्न हिस्साजस्तो रहँदै आएको छ । यस्तोमा परिवारका सबै सदस्यहरुको आर्थिक, सामाजिक तथा मानसिक सुरक्षा प्राप्त हुन्छ ।

    परिवारमा रहेका पाका सदस्यले बच्चाबच्चीको हेरचाह गर्दछन् र युवाहरुले परिवारका वृद्धवृद्धा सदस्यको । हाम्रो समाजमा वयस्कहरु समेत आमाबुवासँगै बस्नुको अर्को कारण चाहीँ बुवाआमो सम्पत्तिमा छोराछोरीको अंशको हक हुनुपनि हो ।

    हाम्रो कानुन अनुसार सन्तान बालिग नभएसम्म उसको हेरचाह र लालनपालनको दायित्व माता पिताकै हुन्छ । नाबालिग भएपछि चाहिं सन्तानलाई अंश दिएर बाबुआमाले छुट्टाइदिन सक्दछन् कानून बमोजिम । उता इटालीकी ती वृद्धाले चाहिं आफ्ना ४० कटेका छोराहरुलाई पाल्न नसकेको भन्दै अदालत पुगेकी थिइन् ।

    पत्रकार एड्रियाना भन्छिन्, ‘महिलाका दुवै छोराहरुले जागिर गर्दथे तर उनीहरुले घरखर्चमा र घरको काममा समेत आमालाई कुनै सहयोग गर्दैनथे । उनीहरु वास्तवमा आमाका लागि बोझ बनेका थिए । यो घटना वास्तवमा आमालाई हल्का रुपमा लिनु र आमालाई नोकरको रुपमा प्रयोग गर्नुको परिणाम हो ।’

    वास्तवमा आधुनिकतासँगै आमाबुवामाथि आफ्नै सन्तानहरुले गर्ने दुर्व्यवहार तथा शोषणका घटना बढ्दै गएको पाइन्छ हाम्रो समाजमा पनि । छिमेकी मुलुक भारतमा ठूलो संख्यामा वृद्धवृद्धाहरुले आफ्ना छोराछोरीले गरेको शोषण तथा दुर्व्यवहारबाट पीडित हुँदै ज्येष्ठ नागरिक न्यायालयमा मुद्दा दायर गर्ने गरेको पाइन्छ ।

    खासगरी सन्तानहरुले आफ्ना वृद्धावस्था तथा बाध्यतामा फसेका बुवाआमाको सम्पत्तिमा कब्जा गरेको तर हेरचाह र पालनपोषण नगरेको भन्दै वृद्धवृद्धाहरु अदालत धाउने क्रम भारतमा बढ्दो रहेको बताइन्छ ।

    के हो उपयुक्त विकल्प ?

    इटालीको उल्लेखित घटनाको चर्चा धेरै हुनुको कारण यो पनि हो कि माता पिताले आफ्नै सन्तानलाई घरबाट निकाल्ने घटनालाई हरेक समाजमा असामान्य नै मानिन्छ ।

    वास्तवमा समाजले मातापिताबाट के अपेक्षा गरेको हुन्छ भने उनीहरुले आफ्ना सन्तानलाई सदैव माया गर्दछन् र विनाशर्त सन्तानको हेरचाह गर्दछन् ।

    विज्ञका अनुसार मानिसहरुको जीवनमा सामाजिक प्रभाव धेरै परेको हुन्छ । छोराछोरीहरुको सामाजिकीकरण जुन प्रकारले हुन्छ त्यसको घाटा चाहिं उनीहरु ठूलो भएता पनि बुवाआमाकै रेखदेखमा रहन्छन् अनि आत्मनिर्भर बन्न सक्दैनन् । यस्तोमा कहिलेकाँही त के पनि देखिन्छ भने सन्तानहरु आफ्नो बिहेपछि समेत आफ्नो कमाइ नहुँदा बुवाआमाकै कमाइ तथा पेन्सनले आफ्नो खर्च धानिरहेका हुन्छन् ।

    विज्ञहरुका अुनसार वयस्क भएसँगै कुनै पनि सन्तान आफ्नो आमाबुवासँग बस्ने वा नबस्ने भन्ने विषय उनीहरुको आर्थिक तथा सांस्कृतिक अवस्थाका साथै छनोटको विषय पनि हो । वास्तवमा आमाबुवा र छोराछोरीले एक अर्काको अपेक्षा र आवश्यकतालाई बुझेर मात्रै यस विषयमा कुनै निर्णय लिनु पर्दछ ।

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer