काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस–२०८० का अवसरमा सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरियो । शनिबार हलचोकस्थित एपीएफ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलिएको हो ।
Advertisement
खेलमा सञ्चारकर्मीले सशस्त्रको टिमलाई २–१ ले पराजित गरे । सञ्चारकर्मीको जितमा आशीष पुडासैनी र बिवेश जेठाराले गोल गरे ।




