• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

पायल्स छ, नआत्तिनुस् यसरी हुन्छ उपचार


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • पायल्सको बारेमा हामीकहाँ खुलेर चर्चा वा कुराकानी गरिंदैन । धेरैले यो समस्या भित्रभित्रै लुकाइरहेको हुन्छन् । मकहाँ उपचार गराउन आउनेहरु पनि सुरुमा खुलेर आफ्नो पीडा बताउँदैनन् । पायल्सको समस्या लुकाउने भएकाले नै कहिलेकाहीं यो जटिल बन्छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्था आइलाग्छ । यदि सुरुवाती चरणमै पायल्सबारे थाहा भयो भने उपचार सहज हुन्छ ।

    Advertisement

    पायल्स भएमा दिसामा रगत देखिन थाल्छ । मलद्वार आसपास दुख्ने, चिलाउने हुन सक्छ । किनभने मलद्वारमा भएका स–साना नलीहरु घर्षण भएर नै पायल्स हुने हो । पायल्स जतिजति बढ्दै जान्छ, त्यो नसा फुल्दै जान्छ । यसरी फुलेको रगतका नलीहरु बिस्तारै मलद्वारबाट बाहिर निस्कन थाल्छन् ।

    पायल्सको कारण

    पायल्स हुनुमा एउटा मात्र कारण छैन । यसको मूल जड खानपान हो । खासगरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ । किनभने यस्तो खानेकुरा सहजै पच्दैन, जसकारण पखाला वा कब्जियत हुन सक्छ ।

    दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यस्तै गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुन सक्छ ।

    पायल्सको लक्षण

    सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका लक्षणहरु हुन् । पायल्स पनि दुई प्रकार हुन्छन्, भित्री र बाहिरी । मलद्वारको बाहिरको नसा फुल्नुलाई बाहिरी पायल्स भनिन्छ भने भित्री पायल्समा भने चार चरण हुने गर्छ । पहिलो चरणमा दिसामा रगत देखिन्छ । दोस्रो चरणमा दिसा गर्दा मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ ।

    तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैंभित्र पस्दैन, औंलाले धकेलेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो अवस्थालाई पोल्याप्स् स्टेज पनि भनिन्छ । जुन अवस्थामा मानिसले दिसा गरेर उठेर औंलाले धकेलर भित्र पसाउँदा पनि नपस्ने बाहिर नै निस्किरहने हुन्छ । कहिलेकाहीं पायल्स फुटेर रगत बग्ने गर्छ ।

     

    पायल्सको उपचार कसरी हुन्छ ?

    पायल्सको उपचार आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधिबाट गर्न सकिन्छ । एलोपेथिकमा शल्यक्रिया गरेर पायल्सको उपचार गर्ने गरिन्छ । आयुर्वेदिकमा बिरामीको अवस्था अनुसार उपचार गर्ने गरिन्छ ।

    आयुर्वेदिकमा पहिलो र दोस्रो चरण छ भने औषधिबाट नै यसको उपचार गरिन्छ । त्यस्तै तेस्रो र चौथो चरणमा छ भने क्षारसूत्र विधिबाट उपचार गरिन्छ ।

    पायल्स भएमा शल्यक्रिया गर्नैपर्छ ?

    पायल्समा शल्यक्रिया बिरामीको अवस्था अनुसार हुन्छ । यदि मलद्वारबाट रगत बग्ने समस्या भएमा, बच्चा जन्माउने योजना भएमा वा विदेश जाने योजना भएको खण्डमा पायल्सको शल्यक्रिया नै गर्नु राम्रो हुन्छ । पायल्स तेस्रो र चौथो चरणमा पुगेको भए क्षारसूत्र वा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

    पायल्सको उपचारमा क्षारसूत्र विधि कति प्रभावकारी ?

    पहिलो, दोस्रो चरणको पायल्सको लागि त क्षारसूत्र गर्नै पर्दैन औषधिबाट नै निको हुन्छ । तर तेस्रो र चौथो चरणमा भने क्षारसूत्र विधिबाट यसको उपचार गर्नुपर्ने हुन्छ । विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्छ ।

     

    मलद्वारबाट बाहिर निस्किएको मासुलाई काटेर सफा गर्ने र घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुन्छ । क्षारसूत्र विधिबाट उपचार गर्दा पायल्स पुन: बल्झिने सम्भावना न्यून हुन्छ ।

    आयुर्वेदिक विधिबाट पायल्सको उपचार

    पहिला के कारणले पायल्स भएको हो त्यो पहिचान गर्न जरुरी हुन्छ । यदि खानेकुराका कारण भएको हो भने खानेकुरा बार्नुपर्ने हुन्छ । यसो गर्दा पनि निको नभएमा चिकित्सकलाई देखाउनुपर्छ । यसमा आयुर्वेदिक विधिबाट पायल्सको उपचार गर्न सकिन्छ ।

    हिजोआज सर्वसाधारणमा शल्यक्रिया वा क्षारसूत्र गरेपछि पनि पुन: पायल्स बल्झिन्छ भनेर उपचार नै नगरी बसेको पनि देखिन्छ, जुन एकदमै गलत हो । उपचारसँगै खानपानमा पनि ध्यान दिएको अवस्थामा पुन: पायल्स हुने सम्भावना एकदमै न्यून हुन्छ ।

    पायल्स भएमा अन्य घरेलु उपचार पनि गर्न सकिन्छ । एउटा भाँडामा मनतातो पानी राख्ने र त्यसमा मलद्वारलाई डुबाएर राख्‍ने गर्दा राहत मिल्छ ।

    पायल्स भएकाले कस्तो खानपान गर्नै हुँदैन ?

    पायल्स भएकाले कब्जियत हुने खालका खानेकुरा खानुहुँदैन । यसमा ड्राइफ्रुट, मैदाजन्य परिकार, माछा, मासु, अण्डा, तारेको, भुटेको, मसालेदार खाना, मैदाको परिकार, अदुवा, मरिच, खुर्सानी, रक्सी, चुरोट खानु हुँदैन । किनकि यी खानेकुरा सजिलै पचाउन नसकिने भएकाले कब्जियत गराउन सक्छ । त्यसैगरी चिया, दही, कफी, कोल्ड ड्रिंक, पाउडरजन्य खानेकुराले पनि गर्मी गराउने भएकाले कब्जियतको समस्या ल्याउन सक्छ ।

    कस्तो खानेकुरा खाने ?

    दैनिक कम्तीमा तीन लिटर पानी पिउने, बिहान बेलुकीको खानामा हरियो सागपातको तरकारी खाने, दिनको एउटा फलफूल खाने, खाजामा गहुँबाट बनेका परिकार जस्तै ओट्स, ढिंडो, पानी रोटी, सुख्खा रोटी खाने, दुग्धजन्य परिकार तथा शरीरलाई शीतलता दिने फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । उखुको रस, किसमिस, झोलिलो खानेकुरा, रेसादार खानेकुरा पायल्सका बिरामीका लागि लाभदायक हुन्छ ।

    पायल्स हुनै नदिने के गर्ने?

    पायल्स हुन नदिन आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरै मानिसले व्यायाममा चासो दिएको देखिंदैन । त्यसैले बिहान उठ्ने बित्तिकै योग व्यायाम गर्ने, सजिलै पच्ने खालका खानेकुरा खाने, बेलुकाको खानामा पचाउन समय लाग्ने माछामासुजस्ता खानेकुरा सकेसम्म नखाने, बिहान समयमा उठ्ने र बेलुका समयमा सुत्ने बानी बसाल्नुपर्छ । आजभोलि बिहान हतारमा हलुका खाना खाने अनि बेलुका आएर टन्न खाने बानी छ, जुन एकदम गलत हो । (अनलाईन खबर)

     

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer