कैलाली । कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
Advertisement
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको सबडिभिजन वन कार्यालय लम्कीका फरेस्टर रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुन सक्ने देखिएको छ ।
स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए । (रासस)




