• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । टेलिभिजन रियालिटी सो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।

    Advertisement

    तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताए ।

    पहिले शास्त्रीय भाषाको प्रधानता रहने गरे पनि अहिलेका कवितामा आधुनिक र बोलीचालीको भाषा बढी प्रयुक्त हुने भन्दै उनले कविता काव्यिक हुनुपर्ने बताए । विचार, कला र काव्यिक चेतमा नीलम सशक्त देखिएको उनको भनाइ छ ।

    अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले आफ्नो बुबा क्षेत्रप्रताप अधिकारीले साझा प्रकाशनको नेतृत्व लिइरहँदा प्रत्येक लेखक, साहित्यकार लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने चाहेको स्मरण गर्दै आफ्नो चाहना पनि सर्जकहरूको सिर्जनाकै भरमा जिविका चलाउन सक्ने हैसियत बन्न सकोस् भन्ने रहेको बताए ।

    तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले ह्युलको हलमा भएको नीलमको कविता संग्रहको विमोचन अहिलेसम्मकै भव्य कार्यक्रम भएको बताए ।

    भारतको सिक्किम राज्यकी कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताए ।

    कार्यक्रममा पोएट आइडलका सेमिफाइनलिस्ट र फाइनलिस्ट कविहरूले पनि कविता वाचन गरेका थिए । कविता संग्रह यात्रा पब्लिसिङ हाउसले प्रकाशित गरेको हो र किताबको मूल्य ४९९ रहेको छ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer