• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

    Advertisement

    छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।

    जिल्लाभरी यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताए। करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उनले जानकारी दिए ।

    अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।

    कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिए ।

    आव २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उनका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो ।

    किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताए । यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उनको भनाइ थियो ।

    अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताए । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उनले जनाए ।

    नलगाड–३ का अगुवा किसान कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ । खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ ।

    परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाइ प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार लाभग्राहीकोसमेत प्रतिनिधित्व हुने गरी नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

    समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीदगायतको विवरण अध्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोखरेलले जानकारी दिए ।

    विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोखरेलले जानकारी दिए । यसले सुन्तला जोगाएर पछिसम्म बिक्री गर्न सकिने उनको भनाइ थियो ।

    किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड–१० का नरेश विक्रम शाहले बताए । सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राख्न सकेमा चैतको गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो ।

    गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएकाले किसानले सेलार स्टोरबाट फाइदा लिन सक्नेछन् । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ स्टोर स्थापना गरिएको परियोजना प्रमुख पोखरेलले जानकारी दिए ।

    कुशे–५, ७ र ८, छेडागाड–१० र १२ र नलगाड– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रुपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ छ ।

    सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार प्रतिसेलार रू १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् । यसका लागि परियोजनाले रू १० लाख ३३ हजार तीन सय ३३ र किसानले रू पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् ।

    पाँच मेट्रिक टन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ । विद्युत् पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिए ।

    परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ । किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताए । सेलार स्थापनाका साथै परियोजनाको सहयोगले व्यवसायिक सुन्तलाखेती गर्न सहज भएको यहाँका किसान बताउँछन् ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer