• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: असार २०८३

भाई रविका कारण तनाव झेल्दै छु: हरिशरण


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • काठमाडौ । रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले भाइ रविको कारण आफूले दु:ख पाइरहेको बताएका छन् ।

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका रवि लामिछाने पछिल्लो समय विभिन्न सहकारी ठगीको विवादमा मुछिएपछि आफूलाई बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको उनले बताएका हुन् ।

    एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्,’अब हुँदाहुँदा (रवि) उसको कारण अचेल मलाई रसमेत बाहिर हिँडडुल गर्न गाह्रो भइसक्यो । बाटोमा, अफिसमा वा कहीं कतै जाँदासमेत चिनेकाले फ्याट्टै सोधिहाल्छन्, तपाईंको भाइ यति छिटो केन्द्रीय राजनीतिको वृत्तमा पुगिसक्यो,ऊ स्वचालित हो कि कसैबाट सञ्चालित हो ? मैले के जवाफ दिनु !’

    हरिशरणले आफूहरु व्यक्तिगत रुपमा दाजु-भाइ भए पनि राजनीतिक रुपमा केही सम्बन्ध नभएको पनि स्पष्ट पारे । उनले आजीवन रवि नेतृत्वको पार्टी रास्वपामा आवद्ध नहुने घोषणा गरेका छन् । उनले भने, ‘म ऊ (रवि)जस्तो आफ्नै कमिटमेन्ट बिर्सने मान्छे होइन । याद राख्नुहोला, म अहिले नै घोषणा गरिदिन्छु, म बाँचुन्जेल रविको पार्टीमा जादिनँ ।’

    त्यसो त रविले जनताको विश्वाससँग खेलवाड गरेको पनि हरिशरणको आरोप छ । रवि ‘पोलिटिकल्ली करेक्ट’ नभएको उनले दावी गरे । उनले थपे, ‘रवि करेक्ट छैन । उसले पार्टी खोल्यो,ठीकै छ । तर नीतिगत स्पष्टताबिनाको पनि पार्टी हुन्छ र भन्या ? पार्टीको सैद्धान्तिक मार्ग नै उनीहरुलाई थाहा छैन । यो डेमोक्रेटिक हो कि, लेफ्टिस्ट हो कि, कन्जरभेटिभ हो कि, त्यसबारे कुनै ज्ञान नै छैन ।’

    “अफिसमा वा कहीं कतै जाँदासमेत चिनेकाले फ्याट्टै सोधिहाल्छन्, तपाईंको भाइ यति छिटो केन्द्रीय राजनीतिको वृत्तमा पुगिसक्यो,ऊ स्वचालित हो कि कसैबाट सञ्चालित हो ? मैले के जवाफ दिनु !’

    रवि आफै खत्तम भएर सकिने बाटोमा लागेको उनले भविष्यवाणी पनि गरे। संगठनको स्ट्रक्चर बिना नै खोलिएको पार्टीबाट कुनै आशा गर्न नसकिने उनको जिकिर छ । उनले निराशा व्यक्त गरे, ‘पार्टीलाई सांगठनिक रुपले चलाउन एउटा क्राफ्ट वा स्ट्रक्चरको आवश्यकता पर्छ, त्यो पनि छैन । यसबारे विस्तारै भनिनेछ, गरिनेछ,आगामी दिनमा जानकारी गराइनेछ भनेका छन् । तर यी कुराहरु पहिले निश्चित भएपछि पो पार्टी अघि बढ्ने हो । कुनै गन्तव्य र मार्गबिना नै अघि बढेको भाइ कहाँ पुग्ने हो,मलाई नै थाहा छैन ।’

    आफू दाइ भएको नाताले बाटो बिराएको भाइलाई सही ट्र्याकमा ल्याउनु आफ्नो कर्तव्य भएको पनि उनले सुनाए ।

    ‘आफूभन्दा भाइ बढी चर्चित भयो भनेर डाहा गर्नु भएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा समेत उनले भाइ (रवि)सँग कुनै व्यक्तिगत प्रतिशोध नभएको स्पष्ट पारे । उनले भने, ‘नो नो । म त दाइ हो, उसको । ऊ जति चर्चित हुन्छ,जति सफल हुन्छ म त झन् त्यति नै खुशी हुन्छु । तर भाइले बाटो बिराउन थालेको स्पष्ट देख्दा देख्दै पनि उसलाई सही बाटोमा ल्याउन सल्लाह सुझाव दिनु मेरो कर्तव्य हो । तर दुखका साथ भन्नुपर्छ, रवि लाइनमा छैन । तुकमा छैन ।’

    रवि र रास्वपासँग धेरै उद्धेश्य भए पनि त्यसलाई प्राप्ती गर्ने कुनै आधार नभएको उनले दावी गरे । उनले सुझाए, ‘एम्बिशन धेरै भएर हुँदैन । राज्य सञ्चालनजस्तो महत्वपूर्ण र संवेदनशील कुरामा हात हाल्दा पहिले आवश्यक तयारी गर्नुपर्छ ।’

    रविसँग स्थीर र धैर्य गर्नसक्ने क्षमता नभएको पनि उनले बताएका छन् । कुनै दिन राजनीतिक माहोल बिग्रिनेबित्तिकै रविले च्वाट्टै छाडेर फेरि अर्कोतिर मुख फर्काउन सक्ने उनको आशंका छ । उनले आशंका गरे, ‘एउटा टेलिभिजन कार्यक्रम चलाएको थियो । केही दर्शकले चिनेकै थिए,ठीकै थियो । तर उसलाई के भयो कुन्नी, अचानक आफै नेतृत्व गर्छु भनेर नयाँ टेलिभिजन खोल्नतिर लाग्यो । त्यो पनि ठीकै थियो । तर नयाँ टेलिभिजन खोल्दा आफै पाँच वर्षको योजना सुनाएर यस्ता यस्ता कार्यक्रम उत्पादन गर्छु, यो गर्छु उ गर्छु भनेर उसले गरेका कमिटमेन्ट अहिले कहाँ गयो त ! यति अस्थिर र विचलित हुनु पनि राम्रो होइन । मलाई अहिले नै लागिसकेको छ, भोलि राजनीतिक माहोल केही वरपर भएर बिग्रन थाल्यो भने ऊ फेरि पार्टी चटक्कै छाडेर म हिँडे भनेर फेरि अर्कैतिर लाग्न बेर छैन ।'(जन-आस्थाबाट)

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार १ गते (१५

    • ६.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer