• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: असार २०८३

छ महिनामा चार अर्बको अलैँची निर्यात


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । पुर्वको कालो सुन भनेर चिनिने अलैँचीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

    Advertisement

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपियाँ बराबरको २८ लाख ६६ हजार ७६० केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपियाँ बराबरको ११ लाख ६८ हजार ३०६ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १६ करोड रुपियाँ बराबरको अलैँची निर्यात बढेको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा अलैँची रहेको छ । स्वदेशमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च हुने गर्छ ।

    छिमेकी मुलुक भारतमा अलैँची निर्यात हुने गरेको छ । यो वर्ष अलैँचीको मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार पूर्वी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन (४० किलोग्राम) ७० देखि ८० हजार रुपियाँमा कारोबार भएको छ । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । यस वर्ष अलैँचीको मूल्य दोब्बरले वृद्धि हुँदा किसान उत्साहित भएका छन् ।

    नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ। अलैँचीको प्रयोग गर्दा स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्नुका साथै पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने चिकित्सकको भनाइ छ । पानीमा अलैँचीको धुलो, अदुवाको रस तथा एक चिम्टी हिङ राखेर पिउनाले पेटसम्बन्धी समस्याबाट छुटकारा पाइने बताएको छ ।

    वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार १ गते (१५

    • ६.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer