• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सवारी खरिदमा प्रयोग भयो गैरकानुनी आर्जनको सम्पत्ति: कार्यदल


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । यातायात सुधार सुझाव कार्यदलले गैरकानुनी आर्जन गरेर कमाएको सम्पत्ति उपयोग सवारीसाधन खरिदमा हुँदै आएको जनाएको छ ।

    Advertisement

    कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको सवारी नियमन कार्ययोजना अन्तर्गतको १५ नम्बरको बुँदामा एकै व्यक्ति वा कम्पनीका नाममा अस्वाभाविक रुपमा धेरे सवारीहरु दर्ता तथा सञ्चालन भइरहेको तर्फ सरकार चनाखो हुनुपर्ने उल्लेख गरेको छ । कार्यदलले सवारी खरिदका लागि वित्तीय संस्था, हायर पर्चेज कम्पनी तथा सहकारीहरुले प्रवाह गर्ने ऋण समेत पारदर्शी हुन नसकेको ठम्याई गरेको छ ।

    समाधानका उपायतर्फ कार्यदलले प्रतिवेदनमा भनेको छ,‘ कुनै आर्थिक वर्षमा एक करोड रुपैयाँ वा सोभन्दा बढी मूल्यको सवारी खरिद गर्ने वा ३ वटाभन्दा बढी खरिद गर्ने व्यक्तिले यातायात व्यवस्था कार्यालयमा सवारी खरिद गर्दा खर्च हुने रकमको स्रोत सम्बन्धित विवरण पेस गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । ’ कार्यदलले सवारी खरिद गर्दा स्रोत खुल्ने आधिकारिक विवरण यातायात व्यवस्था कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीमै राख्नुपर्ने सुझाव सरकारलाई दिएको छ । पूर्व सचिव शरदचन्द्र पौडेल संयजकत्वको कार्यदलले यातायात सुधार सुझावसहितको प्रतिवेदन गत महिना मात्रै सरकारलाई बुझाएको थियो ।

    कार्यदलले सरकारी अनुदानमा खरिद गरिएका तथा भन्सार छुटको प्रावधान अनुसार पैठारी भएका कृषि वा अन्य विशेष प्रयोजनका ट्याक्टर, पिक अप, विशेष उपकरण जडित सवारीहरु निर्धारित प्रयोजन तथा क्षेत्रमा प्रयोग नभई व्यापारिक प्रयोजनमा प्रयोग हुँदा सरकारले दिएको सुविधा तथा छुटको दुरुपयोग भएको प्रतिवेदनमा औँल्याएको छ ।

    उसले कृषि अनुदानमा लागि भन्सार छुटमा पैठारी भएका ट्याक्टरहरु निर्माण सामाग्री लगायत मालसामान ढुवानी र यात्रुहरुको ओसारपसारमा समेत व्यवसायीक रुपमा प्रयोग भएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । कृषि, उद्योग वा अन्य क्षेत्रमा उत्पादकत्व वृद्धिका लागि सरकारबाट अनुदान प्राप्त गरी खरिद गरिएका विशेष प्रयोजनका सवारीहरु गैर कृषि वा गैर औद्योगिक क्षेत्रमा अनुदानको उद्देश्य र मर्म विपरीत प्रयोग भइरहेको ठम्याई कार्यदलको छ ।

    उसले सरकारको ध्यानाकर्षण गर्दै भनेको छ,‘सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भए विपरीत विशेष प्रयोजनका सवारीको लक्षित प्रयोजन वा उद्देश्य विपरीतको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । र प्रयोजन विपरीत प्रयोग गर्ने सवारी चालक वा धनीलाई कारबाही गर्नुपर्छ ।’ कार्यदलले सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भए विपरीत प्रयोग गरेको पाइएमा सवारी चालक वा धनीलाई जरिवाना गर्ने प्रावधान ऐनमै समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer