• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

टन्सिल के हाे ? के छ यसको घरेलु उपचार ?


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल।’

    Advertisement

    आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ ।

    हाम्रो मुखभित्र घाँटीमा दुईवटा ग्रन्थि हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यसको काम कीटाणुविरुद्ध लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनु हो । यी ग्रन्थि आफैँ संक्रमित भएको अवस्थालाई हामी टन्सिलाइटिस वा टन्सिल भन्छौँ । भाइरस र ब्याक्टेरियाका कारण यी ग्रन्थि संक्रमित हुन सक्छन् ।

    घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।

    के हो टन्सिल?
    हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो। यो हाम्रो प्रतिरोध प्रणाली अन्तर्गत पर्दछ। यसले हाम्रो नाक र मुखबाट आउने रोगका किटाणु (भाइरस, व्याक्टेरिया) लाई शरीर भित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ। तसर्थ टन्सिललाई घाँटीको द्वारपाल अर्थात पहरेदार पनि भनिन्छ। यसलाई हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति मानिन्छ।

    टन्सिल भएमा घरेलु उपचार गर्न सकिन्छ । यसका केही विधि प्रचलित र प्रभावकारी छन् ।

    १. दालचीनी र मह

    महले धेरैजसो रोगमा रामवाण जस्तै काम गर्छ । टन्सिलको समस्यामा दालचीनी र मह दुबै लाभदायक हुन्छ । दालचीनीमा दुखाइ कम गर्ने गुण हुन्छ । साथै, महमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण गराउने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

    २. दूध, बेसार र कालो मरिच

    टन्सिलको अर्को प्रभावकारी घरेलु उपचार भनेको दूध, बेसार र मरिचको मिश्रण हो । यसको मिश्रण एकसाथ खाँदा टन्सिलको समस्या निको हुन्छ । बेसारमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले घाँटी दुख्ने र सुन्निने समस्यालाई कम गर्छ । साथै, मरिचले घाँटी सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ ।

    ३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।
    ४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।

    ५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।

    टन्सिलाइटिसको घरेलु उपचार अरू के के छन?

    टन्सिलाइटिसका बिरामीले अमिलो, पिरो, गुलियो, माछा, मासु खानु हुँदैन
    मनतातो पानी पिउने, नुनपानीले गरारा गर्ने ,कुल्ला गर्ने
    गाँजरको जुस पिउने गर्नुपर्छ
    नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।
    एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
    कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।
    हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer