• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मधेशको ‘मुखिया’ बन्ने दौडमा तिन भाई


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • काठमाडौं । मधेश प्रदेशको राजनीतिमा बलियो प्रभाव भएका नेताहरु नै एक अर्कालाई विस्थापन गर्ने होडबाजीमा लागेका छन्।

    Advertisement

    मधेश केन्द्रित राजनीति गरिरहेका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच प्रतिष्ठाको लडाइ अहिले निकै मौलाएको छ।

    गत निर्वाचनमा सप्तरी २ बाट सिके राउतसँग पराजय व्यहोरेका उपेन्द्र यादव बैशाख १० को उपनिर्वाचनमार्फत दोस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएका थिए।

    आफ्नै पार्टीबाट बारा २ मा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर रिक्त सोही क्षेत्रबाट उनी सांसद बनेका हुन्।

    अहिले यी नेताद्वयले मधेशमा आफ्नो प्रभाव कायम गर्न एक अर्का विरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन्।

    मधेश केन्द्रित राजनीति गर्दै आएका जसपाका अध्यक्ष यादवको विरासत तोडेर आफ्नो एकाधिकार कायम गराउने दाउमा मधेशकै नेता राउत लागि परेका छन्।

    गत मंसिर ४ को निर्वाचनमार्फत मधेशमा नयाँ शक्तिको रुपमा उदाएको डा.राउत नेतृत्वको जनमत पार्टीले यादवको विरासत भत्काउन भरमग्दुर प्रयत्न जारी राखेको छ।

    यसैको उपज मधेशका सार्वजवनिक कार्यक्रममा एक अर्कालाई निषेध गर्नेगरी यी दलहरु प्रस्तुत भएका छन्। अहिले यिनै नेताद्धयको लडाइँ मधेशमा एक अर्कालाई विस्थापित गर्ने ध्याउन्नमा अर्का नेता प्रभु साह पनि मिसिएका छन्।

    यी नेता त्रयमध्ये प्रभु साह र सिके राउत एक आपसमा नरम देखिए पनि दुबैको तारो उपेन्द्र यादव बनेका छन्। साह र राउत जसपा अध्यक्ष यादवविरुद्ध आक्रामक ढंगले उत्रिएका छन्। मधेशमा एक छत्र राज गरेका उपेन्द्रको बर्चस्व हटाउन यी दुईको अघोषित मोर्चाबन्दी नै देखिएको छ।

    यसैको पछिल्लो कडीका रुपमा मधेश कृषि विश्वविद्यालयको कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि राउत आक्रोशित भएका थिए।
    उनले विश्वविद्यालयमा बजेट उपलब्ध गराउन आफूले प्रमुख भूमिका खेलेको बताउँदै यादवलाई प्रमुख अतिथि बनाएपछि आपत्ति जनाएका थिए।

    अहिले मधेशका कार्यक्रमहरुमा उपेन्द्रको उपस्थितिलाई लिएर जनमतका अध्यक्ष राउतले तीव्र असन्तुष्टि जनाउँदै आएका छन्।
    यसैको प्रतिफस्वरुप मधेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। जनमतले मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

    यही उपेन्द्रसँगको टकरावले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध भएपनि जनमतले छुट्टै उम्मेदवारी दिएको छ।

    यता, माओवादी, एमाले हुँदै आम जनता पार्टी (आजपा) गठन गरेका साह अहिले मधेश केन्द्रित राजनीतिमा जोड दिएका छन्। यद्यपि बाम चरित्रको उनको पाटीर्ले मधेशी मु्द्दा भन्दा पनि राष्ट्रिय एजेण्डा उठान गरेको छ।

    उनको गृह जिल्ला रौतहट भएकाले पनि मधेशका जिल्लामा प्रभाव विस्तारमा जोड दिइरहेका छन्। गत निर्वाचनमा रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव भएका नेता हुन्।

    अहिले मधेशका प्रदेशका हरेक कार्यक्रममा साह उपेन्द्रविरुद्ध कठोर रुपमा प्रस्तुत हुन थालेका छन्। उनले मधेशका मुद्दा देखाएर यादवले सत्तामा रजाइँ गरेको बताउँदै कडा आलोचना गर्दै आइरहेका छन्।

    साहको उपस्थितिले पनि मधेशमा जनमत र जसपालाई चुनौती दिएपनि उनी नेतृत्वको आम जनता पार्टीको अर्जुनदृष्टि उपेन्द्र यादवको विस्थापन नै देखिएको छ।

    मधेशका सार्वजनिक कार्यक्रमहरुमा एक अर्कालाई निषेधदेखि कटु आलोचनामा उत्रिएका यी नेताहरुको दाउ जसपा अध्यक्ष यादवको विरासत भत्काएर मधेशको मसिहा बन्न तीव्र प्रतिस्पर्धा जारी छ।

    मधेश राजनीतिका जानकार डा.विजय मिश्रले उपेन्द्र यादव मधेशबाट पटक पटक परिक्षीत भएकाले उनको विकल्पमा सिके राउतको उदय भएको बताउँछन्।

    मधेशका नाममा मनग्ये लाभ लिने नेता भएकाले उनको विस्थापन बिना आफ्नो बलियो उपस्थिति नरहने भएकाले नेताद्वय उपेन्द्रविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएको उनी औंल्याउँछन्।

    उनी भन्छन्, ‘मधेशमा पटक पटक उपेन्द्र परिक्षित भएकाले पनि नयाँ युवाहरु सिके राउतप्रति आर्कषण बढेको हो।

    यसैमा नयाँ दल गठन गरेर मधेशलाई प्रभाव क्षेत्र बनाउने दाउमा र प्रभु साहले पनि उपेन्द्रको विस्थापन बिना आफ्नो प्रभाव कायम गर्न नसकिने देखेरै दुबैले उनीलक्षित गतिविधि बढाइरहेका छन्।’

    मधेश केन्द्रित राजनीतिमा देखिएको नेता त्रयको तिब्र प्रतिस्पर्धा आफू बलशाली हुँदै मधेशको मसिहा बन्ने दाउ रहेको मिश्रको ठहर छ।

     

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer