काठमाडौं । स्वस्थानी व्रतको आफ्नै धार्मिक, ऐतिहासिक र पौराणिक महत्व छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन यहि बिहिबारबाट सुरु हुँदैछ।सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन छ।
एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतका क्रममा विभिन्न नियमहरुको पालना गरिनु पर्ने धार्मिक मान्यता रहिआएको छ। विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने धार्मिक विश्वास रहिआएको छ।व्रत बस्ने अघिल्लो दिनदेखि नै यसको तयारी गर्नुपर्नेहुन्छ। धार्मिक मान्यता अनुसार व्रत बस्ने अघिल्लो दिन आफ्नो हातखुट्टाको नङ काटी स्नान गरेर आफूलाई शुद्ध पार्नुपर्छ।
व्रत सुरु भएपछि व्रतालु महिलाले हरेक दिन स्नान गरेर स्वस्थानी माताको पूजा आरधना गर्नपर्छ। स्वस्थानी ब्रतका क्रममा के-के नगर्ने ?व्रतको सुरुवातदेखि नसकिँदा सम्म व्रतालुले पलङ् र खाटको गर्नु पर्ने बताइन्छ। व्रतभर भूमिमा शयन गर्दा धेरै राम्रो हुने धार्मिक जानकारहरु बताउँछन्।व्रतका दौरान सैसंग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्ध धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गएपछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु पर्छ भन्ने धार्मिक गुरुहरु बताउँछन्।




