काठमाडौं । सामान्यतः सुन्तलाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। सुन्तलामा भरपुर मात्रामा विभिन्न पोषक तत्वहरु पाइन्छ तर उल्लेखित बिरामीहरूका लागि सुन्ताला सेवन गर्दा हानिकारक सावित हुन सक्छ।
पाचनसम्बन्धी समस्या जसलाई पाचनसम्बन्धी समस्या छ, उसले सुन्तला खानु हुँदैन। सुन्तलामा फाइबरको मात्रा अधिक हुन्छ। यदि तपाईंले धेरै सुन्तला खानु भयो भने तपाईंको स्वस्थ्यलाई हानि पुग्न सक्छ। पाचन प्रणालीमा असर पुग्न सक्छ। त्यसैले यस्तो समस्या भएका बिरामीले सुन्तला खानबाट बच्नुपर्छ।
दाँतसम्बन्धी समस्या नेपाल समय धेरै सुन्तला खानाले दाँतमा समस्या हुन सक्छ। सुन्तलामा एसिड हुन्छ, यो दाँतको इनेमलमा रहेको क्याल्सियमसँग जोडिन्छ र ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ। यसबाट क्याबिटी पनि हुन सक्छ।
एसिडिटी जसलाई एसिडिटीको समस्या छ, उनीहरूले सुन्तला खान हुँदैन। यसले समस्या झन् बढाउन सक्छ। एसिडीटीको समस्या भएमा पेटमा जलन हुने, पेट दुख्ने, अमिलो पानी आउने गर्दछ ।




