• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हराएका दुई भैरव मास्क नेपाल ल्याइयो


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ । २०५० फागुन २२ गते र २०५१ फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको लालीगुराँस क्लब दोलखाका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँका अनुसार हराएर विभिन्न ठाउँ हुँदै यी मास्क अमेरिकाको रुबिन र डल्लास म्युजियमबाट नेपाल फिर्ता ल्याइएको हो । “लस्ट आर्ट अफ नेपालले मसँग रहेका मास्कका आधारमा यी मास्क पत्ता लगाएको हो । पत्ता लागेपछि गत २०७९ भदौ महिनाबाट मास्क फिर्ता ल्याउन प्रधान खलकका पुजारी यज्ञकुमार प्रधान र म प्रमाण जुटाउन लागिपरेपछि फिर्ता ल्याउन सम्भव भएको हो,” उहाँले भन्नुभयो ।

    २०७९ कै भदौ महिनामा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारीमार्फत पुरातìव विभाग र अमेरिकी निकायसँग निरन्तर छलफल र पहल गरिएको थियो । पुरातìव आइपुगेका ती मास्क सम्बन्धित प्रधान परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको लालीगुराँस क्लब दोलखाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । चोरी गर्नेले दुई भैरवका टाउको मात्र काटेर लगेका थिए । भैरवको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो । दुई मास्कमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ । अभिलेख अनुसार यसको स्थापना १५५० साल हो । यसलाई भगवान् घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो । दुवै भैरवको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ । आकारमा भने एउटा ठुलो र अर्को अलि सानो छ ।

    प्रधान परिवारमै हराएको करिब तीन दशकपछि गत जेठ २० गते बज्रधर मूर्ति कुलायनमा भित्र्याईएको थियो । यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको सो मूर्ति पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्र्याईएको थियो ।

    हङकङमा भेटिएको सो मूर्ति छाउनी सङ्ग्रहालयबाट बुझी दोलखा ल्याइएको थियो । मूर्तिलाई बाजागाजासहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भित्र्याईएको हो । भित्र्याईनु अघि मूर्तिलाई गाईको दुधले नुहाएर श्रीपेच पहि¥याइएको थियो । यो कोर्छेमी (राज) श्रेष्ठ खलकको मूर्ति हो । २०५२ भदौ १४ गते यो मूर्ति हराएको थियो ।

    स्थानीयवासी डा. सुनील मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । यो मूर्ति फर्काउन पहल गर्दै आउनुभएकी प्राडा एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रमाणिकता देखाएपछि सङ्कलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।

    नेपाली महावाणिज्य दूतबाट छाउनीको सङ्ग्रहालयमा ल्याइएको थियो । सङ्ग्रहालयले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको थियो । बज्रधरको ३७ इन्च अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरिएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer