• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ? यसको समाधान के छ ?


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण, उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा हुन्छ ।

    Advertisement

    चार वर्ष पुगेपछि भने सामान्यतया उनीहरु पिसाब नियन्त्रण गर्न सक्ने भइसक्छन् । तर चारदेखि पाँच प्रतिशत बालबालिकामा भने पिसाब नियन्त्रण गर्ने उमेर भइसक्दा पनि पिसाब चुहिने समस्या भइराख्छ । यो समस्या सामान्य मान्न सकिंदैन ।

    यो कस्तो समस्या हो ?

    उमेर पुगेपछि पनि पिसाबमा स्वनियन्त्रण नहुनुलाई चिकित्सकीय भाषामा ‘पिसाबको अस्थिरता वा इनुरेसिस’ भनिन्छ । प्राय: राति ओछ्यानमा सुत्दा पिसाब गर्ने हुँदा यसलाई बेड वेट पनि भनिन्छ । यसलाई दुई भागमा विभाजन गरिन्छ, प्राइमरी बेड वेटिङ र सेकेन्डरी बेड वेटिङ ।

    यदि ६ महिना वा सोभन्दा बढी समय लगातार ओछयानमा पिसाब फेर्छन् भने त्यसलाई प्राइमरी बेड वेटिङ भनिन्छ । पिसाब चुहिने समस्या ६ महिनापछि पुन: बल्झियो भने त्यसलाई सेकेन्डरी बेड वेटिङ भनिन्छ ।

    कारण

    वंशाणुगत : यदि बाबुमा बाल्यकालमा यस्तो समस्या थियो भने बच्चामा पनि यो समस्या हुनसक्छ ।

    सानो थैली : यदि बच्चाको पिसाबको थैली राम्रोसँग विकास नहुँदा पिसाबलाई राति नियन्त्रण गर्न कठिन हुन्छ ।

    थैली सुस्त हुनु : पिसाब थैली नियन्त्रण गर्ने स्नायुप्रणालीले सुस्त काम गरिरहेको छ भने थैली भरिन्छ । तर बच्चा ब्युझिंदैनन् वा पिसाब आएको चाल पाउँदैनन् ।

    हार्मोन असन्तुलन : केही बालबालिकामा एन्टिडियुरेटिक (एडीच) हार्मोन उत्पादन हुँदैन । जसले गर्दा पिसाब नियन्त्रण हुँदैन ।

    त्यस्तै पिसाब नियन्त्रण गर्ने भासोपेरेसन हार्मोनको स्तर कुनै कारणवश घटेको छ भने पिसाब आइरहने हुन्छ ।

    युरिन ट्रयाक इन्फेक्सन (यूटीआई ) : पिसाबमा संक्रमण अर्थात् युरिन ट्रयाक इन्फेक्सनले पनि बच्चामा पिसाब नियन्त्रण गर्ने क्षमता कम हुन्छ । सुतेको समयमा ओछयान भिज्नुका साथै पिसाब रातो र गुलाबी हुनु र पिसाब गर्दा पोल्नु जस्ता समस्या पिसाबमा संक्रमणको लक्षण हुन् ।

    मधुमेह : रातमा ओछ्यानमा पिसाब फेर्नु मधुमेह भएको पहिलो संकेतको रुपमा देखिन्छ । यस्तोमा एकपटकमै औसतभन्दा बढी पिसाब हुनसक्छ ।

    कब्जियत : कब्जियतको समस्याले सताइराख्ने बालबालिकाको आन्द्राले राम्रोसँग काम गर्न सक्दैन । कब्जियत लामो समयसम्म रहयो भने दिसा र पिसाब गराउने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि पिसाब नियन्त्रण हुन कठिन हुन्छ ।

    ढाडको नसामा समस्या : ढाडको नसामा समस्या भएमा पनि पिसाब नियन्त्रण हुँदैन ।

    मानसिक असर

    यदि बच्चामा पिसाब छुहिने समस्या छ भने उनीहरु आफूलाई लज्जित महसुस गर्छन् । जसले बिस्तारै बच्चामा मानसिक समस्या हुनसक्छ । एक त ठूलो भए पनि ओछ्यानमा पिसाब गर्ने बानीले उनीहरुमा हीनतावोध गराइराख्छ । जसकारण उनीहरु टाढा घुम्न जान पनि सक्दैनन् । बिस्तारै उनीहरु डिप्रेसनको सिकार हुन्छन् ।

    कुन उमेरसम्म देखिन्छ ?

    यो समस्या पाँच वर्षसम्मको बालबालिकामा प्रत्येक ६ जनामा एकलाई हुनसक्छ ।

    ६ वर्षका बालबालिकामा प्रत्येक ८ जनामा एकलाई हुन्छ ।

    ७ वर्षका बालबालिकामा प्रत्येक १० जनामध्ये एकलाई हुन्छ ।

    १५ वर्षसम्मको किशोरकिशोरीमा ०.५ प्रतिशतलाई हुनसक्छ ।

    लक्षण

    पिसाब चुहिने समस्या आफैंमा एउटा रोग हो । यद्यपि अन्य रोगको संकेत पनि हुनसक्छ । यदि पिसाब चुहिनेबाहेक केही अन्य लक्षण छैन भने त्यसलाई मोनोसिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

    त्यस्तै, पिसाब चुहिनेसँगै अन्य समस्या पिसाबको धारा सानो आउने, पोल्ने, छिटोछिटो लाग्ने, रोक्न नसक्ने जस्ता लक्षणलाई नन् मानो सिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

    पहिचान

    यसको उपचार गर्नुभन्दा अघि बच्चाको घरको वातावरण सोधपुछ गरिन्छ । त्यसपछि लक्षणअनुसारको पिसाबथैली, ढाड र पेटको जाँच गरिन्छ । त्यस्तै पिसाबको संक्रमणको पनि जाँच गरिन्छ ।

    अर्को भनेको ब्ल्याडर डायरी मेन्टेन गरिन्छ । २४ घण्टाको अवधिमा कति तरल पदार्थ पिएको छ ? कति पिसाब फेरेको छ ? त्यो हेरेर समस्या पत्ता लगाइन्छ ।

    समाधान

    यदि राति पिसाब गर्नेबाहेक अन्य लक्षण छैन भने बच्चाको व्यवहारमा केही परिवर्तन ल्याउन सुझाइन्छ । कतिपय केसमा यो उपचार गर्नुपूर्व आमाबाबुलाई उमेर बढ्दै गएपछि बिस्तारै नियन्त्रण हुनसक्छ भन्ने कुरामा विश्वस्त पारिन्छ ।

    अलार्म राखेर बच्चालाई राति एकपटक पिसाब फेर्न उठाउन सिकाइन्छ । यसले पनि रोकथाम हुनसक्छ । राति सुत्नुअघि झोलिलो पदार्थ खान दिनु हुँदैन । अन्य लक्षण भएमा लक्षणअनुसारको उपचार गरेपछि ओछ्यानमा पिसाब फेर्ने समस्या कम हुन्छ ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer