• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

त्रिवि उपकुलपतिमा पहिलोपटक महिला प्रतिस्पर्धी, २ महिला सहित ४३ जना


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमै पहिलोपटक उपकुलपतिका लागि महिलाको आवेदन परेको छ।

    Advertisement

    शिक्षा मन्त्री एवं सहकुलपति अशोक राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपकुलपति सिफारिस समितिले कार्यविधि बनाएर खुला रूपमा आवेदन मागेको थियो। आवेदन दिने अन्तिम म्याद यही माघ १० गतेसम्म उपकुलपतिका लागि ४३ जना प्राध्यापकले आवेदन दिएका छन् । जसमा २ जना महिला छन्।

    उपकुलपति सिफारिस समिति सदस्य चन्द्रकला घिमिरेका अनुसार त्रिविको इतिहासमै पहिलोपटक उपकुलपति पदका लागि दुई महिला प्राध्यापकले आवेदन दिएका छन्। उपकुलपतिका लागि दुई महिलासहित ४३ जनाको आवेदन परेको उनले बताइन्। समितिले प्राप्त आवेदन रुजु गरिरहेको छ।

    ‘अहिले उपकुलपतिका लागि आफूलाई योग्य र सक्षम दाबी गर्दै दुई महिला प्राध्यापकले आवेदन हाल्नु सकारात्मक पक्ष हो। यो आफैंमा पनि निकै ठूलो संघर्ष हो,’ घिमिरेले भनिन्। उनले महिला नेतृत्वदायी पदमा पुग्न सक्षम छन् भन्ने उपकुलपतिका लागि परेको आवेदनबाट स्पष्ट भइसकेको छ।

    घिमिरेका अनुसार अब समितिले कार्यविधिअनुसार छनोट प्रक्रिया अघि बढाउँछ। उपकुलपतिका लागि आवेदकमध्येबाट योग्यताका आधारमा तीनजनाको नाम छनोट गरी कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गर्नेछ। तीनजनामध्येबाट एक उपकुलपति हुनेछन्।

    ‘योग्य उपकुलपति उम्मेदवारको नाम छिटै कुलपतिसमक्ष सिफारिस गर्ने तयारीमा छौं,’ घिमिरेले भनिन्। उनले त्रिविको उपकुलपति बन्न कुनै राजनीतिक दाउपेचले कामम नगर्ने बताइन्।

    उपकुलपति पदका लागि आवेदन दिएकी प्राध्यापक डा. कुसुम शाक्यले त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागिएकोमा खुशी व्यक्त गरिन्। उनले आफू उपकुलपति पदका निम्ति सक्षम र योग्य उम्मेदवार भएको दाबी गरिन्।

    ‘यसअघिसम्म त्रिविको उपकलुपति राजनीतिक भागबन्डामा छानिने प्रक्रियाले सक्षम र योग्य उम्मेदवारले कहिल्यै अवसर पाएनन्,’ शाक्यले नागरिकसँग भनिन्, ‘त्रिवि अर्थशास्त्र केन्द्रीय विभागको प्रमुख, मानविकी संकायको डिन भएर प्रशासनिक, प्राज्ञिक र नेतृत्वदायी अनुभव हासिल गरेकी छु।

    त्रिविलाई संकटबाट पार लगाउन सक्ने क्षमता र योग्यता मसँग छ। त्रिविमा मैले ३५ वर्षदेखि प्राध्यापन गर्दै आएकी छु। महिला मात्र भएर होइन, एक सक्षमक र योग्य उम्मेदवारको हैसियतले मैले उपकुलपति दाबी गर्दै आवेदन दिएकी हुँ।’

    उपकुलपति पदका लागि प्राध्यापक डा. संगीता रायमाझीले पनि आवेदन दिएकी छन्। उनले पनि आफू उपकुलपति पदका लागि योग्य भएको दाबी गरिन्। यसअघि त्रिविको उपकुलपति पदका लागि खुला रूपमा आवेदन माग नभएकाले राजनीतिक पहुँच नभएका तर योग्य र क्षमतावान् प्राध्यापक पाखा लागेको गुनासो गरिन्।

    तर यसपटक सक्षम र योग्यलाई उपकुलपति बनाउने कुलपतिको घोषणा सकारात्मक भएको उनले बताइन्। ‘तीन दशकदेखि त्रिविमा प्राध्यापन गर्दै आएकी छु। मसँग त्रिविलाई संक्रमणकालबाट निकास दिनसक्ने पूर्ण योग्यता, क्षमता र आत्मविश्वास छ,’ उनले भनिन्, ‘पूरै देशले त्रिविको उपकुलपति कसरी र को बन्छ भन्नेबारे निगरानी गरिरहेको छ। समितिले कार्यविधि र मापदण्डमा रहेर छनोट र सिफारिस गर्नेमा म विश्वस्त छु।’

    शिक्षा मन्त्रालयका प्रवक्ता शिव सापकोटाले भने, ‘उपकुलपति सिफारिस समिति प्राप्त आवेदन रुजु गरिरहेको छ। समितिले छिटै तीनजना उम्मेदवारको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ।’

    उपकुलपति सिफारिससम्बन्धी कार्यविधि- २०८० अनुसार उपकुलपतिका लागि आवेदन माग भएपछि ४३ जनाले दाबी पेस गरेका छन्। आफूलाई उपकुलपतिको सक्षम उम्मेदवार दाबी गर्दै आवेदन दिने प्राध्यापकहरूमा शिवलाल भुसाल, गुणनिधि न्यौपाने, संगीता रायमाझी, कुशुम शाक्य, टंकनाथ धमला, सञ्जय आचार्य, आनन्दबल्भ जोशी, अक्कलदेब मिश्र, ऋदिशकुमार पोखरेल, नारायणप्रसाद बेल्वासे, चन्द्रमणि पौडेल, ज्ञानेन्द्रप्रसाद पौड्याल, लेखनाथ शर्मा, विनयकुमार झा, शुभनारायण पाठक, महानन्द चालिसे, सूर्यबहादुर थापा, वेदनाथ शर्मा, हेमराज पन्त छन्।

    यसैगरी प्राध्यापकहरू भोजराज अर्याल, भीमसेन देवकोटा, प्रकाश घिमिरे, रामचन्द्र बस्नेत, एकराज ओझा, तिर्थराज खनिया, केदारनाथ घिमिरे, महेन्द्रप्रसाद शर्मा, विनोद पराजुली, देवबहादुर खड्का, कृष्णराज तिवारी, केशरजंग बराल, गोविन्द सुवेदी, राजकुमार पोखरेल, नवराज देवकोटा, बालमुकुन्द जोशी, रामप्रसाद रेग्मी, चित्रबहादुर बुढाथोकी, इन्द्रबहादुर कार्की, त्रिरत्न बज्रचार्य, प्रमोदकुमार झा, नन्दबहादुर सिंह, प्रकाश घिमिरेले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer