• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तालिम अधिकृत र उपसचिवको, उडे सहसचिवहरू जापानमा


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • काठमाडौं । सहरी विकास मन्त्रालयका ६ जना सहसचिव शाखा अधिकृत तथा उपसचिवलाई दिने तालिममा सहभागी भएका छन्।भूकम्प प्रतिरोधी भवन निर्माण’सम्बन्धी तालिम लिन इन्जिनियरलाई पठाउनुपर्नेमा सहसचिवहरु आफैं जापान पुगेका हुन्।

    Advertisement

    यसरी जापान जाने सहसचिवमा मन्त्रालयका दिलीप भण्डारी र रामचन्द्र दंगाल, मन्त्रालयअन्तर्गतकै संघीय सचिवालयबाट कुमार घिमिरे, भवन निर्माण विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधर, मचाकाजी महर्जन र कोषनाथ अधिकारी छन्।

    मन्त्रालय वा विभागमा फिल्ड जाने (इन्जिनियर्र÷शाखा अधिकृत), तिनलाई सहयोग गर्ने सिनियर डिभिजनल इन्जिनियर (सिडिई÷उपसचिव) र नियम कानुन बनाउने (सहसचिव÷सचिव) कर्मचारी हुन्छन्। तालिमको प्राथमिकता इन्जिनियर वा सिडिईलाई हुन्छ।

    मन्त्रालयका सचिव सुरजुकुमार वैद्य जापानबाट भवन निर्माणसम्बन्धी काम गरेको मान्छे पठाउन माग भएको बताउँछन्। जापान गएकाहरु पनि इन्जिनियर र सिडिई हुँदै सहसचिव भएर अहिले भवन निर्माणसम्बन्धी काम गरिरहेको वैद्यको भनाइ छ।

    ‘जाइकाले भावन निर्माणसम्बन्धी काम गरेका व्यक्तिलाई मात्रै तालिममा पठाउन निर्देशन दिएको छ,’ सचिव वैद्यले भने, ‘मन्त्रालयले पठाएको नामावलीमा जाइकाले हेरेर उपयुक्त लागेपछि छनोट गर्ने भनेको थियो। त्यसैले अधिकृत र उपसचिवको कोटा भए पनि सहसचिव परेका हुन सक्छ।’

    काम एकातिर भए पनि अवसर पाएपछि आफूभन्दा कनिष्ठलाई नपठाई वरिष्ठहरु मौकाको फाइदा उठाएर जाने चलन कर्मचारी प्रशासनमा व्याप्त छ। यसले सार्वजनिक प्रशासनको महत्त्वलाई दिनप्रतिदिन खस्काउदै लगिरहेको छ। धेरै मन्त्रालय तथा निकायका वरिष्ठ अधिकृतहरु कनिष्ठलाई आएको तालिम कार्यक्रममा जाने गर्छन्।

    यस्तो प्रवृत्ति कर्मचारी प्रशासनमा मात्र होइन, राजनीतिक नेतृत्वमा पनि देखिन्छ। मन्त्रीहरु नै सचिव र उपसचिव सहभागी हुने कार्यक्रममा गएको भनेर कैयौं पटक आलोचनामा परिरहेका छन्।

    जापान सरकारअन्तर्गतको जापानी सहयोग नियोग ‘जाइका’ ले सहरी मन्त्रालयसँग समन्वय गरेर नेपालका प्राविधिकलाई विभिन्न तालिम दिँदै आएको छ। यो वर्ष पनि जाइकाले भवन निर्माणसम्बन्धी तालिम दिएको हो।

    सहरी विकास मन्त्रालयका पूर्वसचिव रमेश सिंह फिल्डमा काम गर्नेलाई दिने तालिम भए पनि नीति बनाउने सहसचिव जानु गलत रहेको बताउँछन्। ‘कस्ता कर्मचारीलाई जापानले तालिम दिन लागेको हो भन्ने मैले हेर्न पाएको छैन। यदि ‘पोलिसी लेभल’को तालिम होइन भने सहसचिवहरु जानु गलत भयो,’ क्यापिटल नेपालसँग सिंहले भने, ‘म सहरी मन्त्रालयमा सचिव हुँदा इन्जिनियरलाई नै तालिमका लागि जापान पठाएको थिएँ।’

    पूर्वसचिव सिंह कार्यान्वयन तहको कुनै पनि तालिममा सकेसम्म इन्जिनियर र नभए सिनियर डिभिजनल इन्जिनियर (सिडिई) लाई पठाउनुपर्ने बताउँछन्। अहिले तालिममा गएका सहसचिव जापान घुमेर, टावर चढेर फर्किने सिंहको व्यंग्य छ।

    ‘जापान विकासित देश हो। त्यहाँ घुम्न जाने हो। कार्यान्वयन तहको तालिममा नीति बनाउनेहरु गएपछि अरु के गर्नु?’ सिंहले भने, ‘सिकर्मीको तालिममा तपाईं–हामी गएर हुँदैन। उनीहरु नै जानुपर्छ। यसको अर्थ आवश्यकताअनुसारका व्यक्ति छनोट हुनुप¥यो।’ नेपालमा भूकम्प गइरहेकाले इन्जिनियरलाई तालिम आवश्यक रहेको उनको भनाइ छ।

    उनीहरु यसअघि जापानका कुनै तालिमका लागि नगएकाले छनोटमा परेको मन्त्रालयको बताएको छ। यस विषयमा बुझ्न खोज्दा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले ‘फिल्ड भिजिट’ लागि उपत्यकाबाहिर रहेकाले प्रतिक्रिया दिन सहज नभएको बताए।

    सहरी विकास मन्त्रालय र विभागसहित जाइकाले स्थानीय तहका इन्जिनियरलाई पनि तालिम दिँदै आएको छ। ललितपुर महानगरसहित उपत्यकाका ३ वटै जिल्लाका ४ वटा नगरपालिकाबाट सब–इन्जिनियर र इन्जिनियर सहभागी भएका छन्। तालिम माघ ७ देखि २० (सन् २०२४ जनवरी २१ देखि फेब्रुअरी ३) सम्म जापानमा सञ्चालन भइरहेको छ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer