• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेवानि मुख्यालय सार्न भूमि पुजा


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ ।

    Advertisement

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”

    इन फ्लाइट किचनसहितको भवन निर्माणका लागि निगम व्यवस्थापनको निर्णयपछि भूमि पूजन भएको हो । हाल मुख्यालय रहेको न्युरोडको भवन के गर्ने भन्नेबारेमा थप छलफल अघि बढ्ने उहाँले बताउनुभयो ।

    हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचना प्रयोगमा ठुलो रकम भाडाबापत तिर्दै आएको छ । नयाँ भवन निर्माणपछि तिर्दै आएको भाडाबापतको वार्षिक करोडौँ रकम बच्ने र मुख्यालयको केही स्थान भाडामा दिएर थप आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै हाल मुख्यालय रहेको न्युरोडको भवन व्यापारिक प्रयोजनमा दिएर त्यसबाट समेत आम्दानी हुने उहाँको भनाइ छ ।

    निगम कर्मचारी सङ्घका उपाध्यक्ष ऋषिकेश पन्थीले सिनामङ्गलको जमिन अतिक्रमण भइरहेकाले मुख्यालय बनाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार सिनामङ्गलमा मुख्यालय निर्माणका लागि यसअघि विसं २०६१ मा पहिलो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो तर काम अघि बढेन ।

    त्यस्तै विसं. २०६३ मा दोस्रो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो । उक्त प्रतिवेदनमाथि पनि थुप्रै अध्ययन, बहस र छलफल भए पनि निचोड आउन नसकेपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । अहिले विसं २०६६ मा बनेको विस्तृत परियोजना प्रतिवदेनका आधारमा भवन निर्माण प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

    निगमले यसअघि विसं २०७३ मा पनि न्युरोडको मुख्यालय भत्काई आधुनिक कम्प्लेक्स बनाउने नीतिगत निर्णय गरेको थियो । उक्त समयमा अहिलेको भवन भत्काएर व्यापारिक प्रयोजनको भवन बनाउने र मुख्यालय सिनामङ्गल सार्ने निगमको व्यवस्थापनले निर्णय गरेको थियो । हाल मुख्यालय भवन १४ रोपनी सात आना एक पैसा एक दाम क्षेत्रफलमा रहेको छ ।

    विसं २०१५ मा शाही नेपाल वायुसेवा निगम (आरएनएसी) का रूपमा स्थापित निगमसँग हाल काठमाडौँ, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडी गरेर २३ ठाउँमा जग्गाजमिन र भवन छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी छ । बाँके, विराटनगर र पोखरालगायतका ठाउँबाट निगमले वार्षिक लाखौँ रकम भाडाबापत उठाउँदै आएको छ ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer