• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मन्त्रिपरिषद् पुनर्गठनमा आरजुको नाम निक्कै अगाडी


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • काठमाडौं । मन्त्रिपरिषद् हेरफेरको मुद्दाबारे सत्ता घटक दलहरुमा शीर्ष नेताबीच छलफल बाक्लिदै गर्दा नेपाली कांग्रेसबाट नेतृ आरजु राणा देउवा सरकारमा सहभागी हुने सम्भावना बढेको कांग्रेसभित्र चर्चा छ।

    Advertisement

    सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको मन्त्रिपरिषद् चुस्त बनाउने रणनीति स्वरुप आफ्नो रुचि नभएका मन्त्री विस्थापित गराउने तयारी गरेका बेला कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा आरजुको नाम पनि आउन थालेको हो।

    सत्ताको ठूलो दल कांग्रेसलाई उसका केही मन्त्री विस्थापित गर्न प्रचण्डले शेरबहादुर देउवासँग आग्रह गरेका छन् भने आफ्नो पार्टीमा पनि छलफल चलाएका छन्।

    कांग्रेसका केही मन्त्री विस्थापित हुँदै गर्दा मन्त्री बन्ने लाइनमा रहेका नयाँ अनुहारमा प्रतिनिधिसभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी आरजुको चर्चा भएको हो।

    कांग्रेसका एक शीर्ष नेताले आगामी मन्त्रिपरिषद् पुनर्गठनमा आरजु भित्रिने सम्भावना रहेको बताए। उनले भने- ‘अब मन्त्रिपरिषद् हेरफेर र पुर्नगठन हुँदै गर्दा कांग्रेसबाट एक महिला मन्त्री बन्दै बन्नुभयो भने नौलो नमान्नुहोला।’

    उनले आरजुको नाम नलिइ भने, ‘संसदीय समितिको नेतृत्व गरिरहेकी एक नेतृ मन्त्री बन्ने प्रवल सम्भावना छ।’

    उनका अनुसार पार्टीमा सहमति गराएर देउवाले आरजुलाई उप्रप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिन खोजिएको छ। यद्यपि आरजुको नाममा पार्टीभित्रै सहमति खोज्न कति सजिलो होला भन्ने प्रश्न छँदै छ। अहिले परराष्ट्र मन्त्रालय सम्हालिरहेका एनपी साउदलाई आरजुले विस्थापित गर्ने सम्भावना देख्छन्, देउवा निकट रहेकाहरु ।

    अघिल्लो वर्ष नै आरजुलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको चर्चा कांग्रेस वृत्तभित्र चलेको थियो। प्रचण्ड र आरजुबीच अघिल्लो साल असार मसान्तमा भारतको दिल्लीमा भएको भेटमा आरजुलाई उपप्रधानसहित एउटा प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिन प्रचण्ड सकरात्मक रहेको र मौखिक सहमति नै भएको दाबी केहीले गरेका थिए।

    यद्यपि आन्तरिक राजनीतिको जोडघटाउ भारतीय भूमिमा भारतकै स्वार्थ अनुसार हुन लागेको भन्दै आरजु र प्रचण्डको भेट विवादमा तानिएको थियो भने,प्रचण्डको सचिवालयले प्रष्टीकरण नै दिनु परेको थियो। भारतका लागि नेपाली राजदूतावासमा राजदूत शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहेकी आरजुसँग प्रचण्डको सामूहिक भेट भएको भन्दै सचिवालयले बचाउ गरेको थियो।

    प्रचण्डले आरजुको स्वास्थ्यलाभको कामना गरेको र भेटमा दूतावासका कर्मचारीसहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको थियो। त्यो चर्चा केही समयमै फासफुस भयो।

    आरजु मन्त्री बन्ने चर्चा चलिरहँदा उनीनिकट एक नेतृले भने उनी तत्काल मन्त्री नबन्ने बताइन् । ‘जहाँसम्म परराष्ट्रमन्त्री एनपी साउद जिम्मेवारीमा रहेको मन्त्रालय आरजुलाई दिने भनिएको छ, पार्टीमा विचार समूह(गुट) मिल्ने र साउद र आरजुको भूगोल पनि एकै क्षेत्र भएकाले आरजु परराष्ट्रमन्त्री बन्न असहज त नहोला, तर उहाँ मन्त्री बन्नुहुन्छ होला जस्तो मलाई लाग्दैन, उहाँले अहिले समितिमा पाएको सभापतिको जिम्मेवारी कुशल रुपमा देखाउने बेला हो, मन्त्री बन्ने बेला होइन।’

    आरजुलाई मन नपराउनेहरुको संख्या कांग्रेसभित्र ठूलो छ। कतिपय पार्टी पदाधिकारीहरुसँग नै आरजुको वैमनस्यता बेलाबेला सार्वजनिक रुपमै देखिने गरेको छ। यी सबैलाई चिरेर आरजुलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा पुर्‍याउन उनी र कांग्रेस सभापतिसमेत रहेका उनका पति शेरबहादुर देउवालाई सजिलो छैन भन्नेहरुको संख्या पनि सानो छैन।

    कांग्रेसबाट हाल ९ जना मन्त्री रहेकामा प्रचण्डले चार मन्त्रीलाई विस्थापित गर्न देउवासँग आग्रह गरेपछि देउवाले पुनर्विचार र समीक्षा गर्नुपर्ने जवाफ दिएका देउवा निकट एक नेताले बताए।

    प्रचण्डले विस्थापित गर्न आग्रह गरेका मन्त्रीहरुमा अर्थमन्त्री प्रकाश शरण महत, स्वाथ्यमन्त्री मोहन बहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिग बहादुर लिम्वू र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका प्रचण्ड निकटस्थ एक नेताले बताए। यी मन्त्रीलाई विस्थापित गरेर नयाँ अनुहार पठाउन प्रचण्डले आग्रह गरेका कारण कांग्रेसभित्र विकल्पबारे छलफल भएका छन्।

    आरजुसहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, रामहरि खतिवडा,चन्द्र भण्डारी,बद्री पाण्डे, रमेश लेखकलगायतको मन्त्रीमा चर्चा छ।(देश सन्चार)

     

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer