• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गंगालाल हृदय केन्द्रलाई अब स्वास्थ्य प्रतिष्ठान बनाइने


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताएका छन् । केन्द्रको २८ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रलाई प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।

    Advertisement

    ‘केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यही हुनुहुन्छ । यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौं भन्दा छेक्नुपर्ने कारण छैन’, मन्त्री बस्नेतले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ ।’

    गत भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको मन्त्री बस्नेतको भनाइ छ ।

    ‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ’, उनले भने ।

    केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गनुपर्ने आवश्यकता रहेको बताए । उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे ।

    निर्देशक डा मल्लले केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । ‘विगत सात वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोही पढन आएका छैनन् र यही अवस्था रहेमा केही वर्षभित्रमा मुटु शल्य चिकित्सकको अभाव हुन सक्ने देखिन्छ’, उनले भने, ‘यस केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिए सो अभाव पूर्ति गर्न सकिनेछ ।’

    विक्रम संवत् २०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले दुई सय ९६ शय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

    केन्द्रले गत वर्ष सन् २०२३ मा एक लाख ९२ हजार नौ सय ९२ जना बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराएको छ । सोही वर्ष १४ हजार नौ सय ८८ जनाले अन्तरङ्ग उपचार सेवा लिएका छन् । यसैगरी, २० हजार तीन सय १७ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन्भने एक हजार आठ सय ३८ जना बिरामीले शल्यक्रिया गराएका छन् ।

    गत वर्ष नै केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आठ हजार एक सय ७२ बिरामीको मुटु परीक्षण गरेको थियो । केन्द्रले विभिन्न विद्यालयका सात हजार सात सय १८ जना विद्यार्थी को ‘इको स्क्रिनिङ’ समेत गरेको थियो ।

    गत आव ०७९/०८० को वार्षिक कार्यक्रम सञ्चालनका लागि सरकारतर्फ ५४ करोड २९ लाख खर्च भई सय प्रतिशत वित्तीय प्रगति भएको केन्द्रको प्रगति विवरणमा उल्लेख छ । यस्तै आन्तरिकतर्फ एक अर्ब ५१ करोड ९४ लाख बजेटमा एक अर्ब ४७ करोड ५८ लाख खर्च भई ९७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer