• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इलेक्ट्रिक गाडीमा भएको आगलागीबारे कम्पनीको स्पष्टीकरण


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • काठमाडौं । एमजी ब्रान्डका गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एउटा गाडीमा भएको आगलागीबारे आइरहेका समाचारमा स्पष्टीकरण दिएको छ । कम्पनीले गाडीको कमजोरीका कारण नभएर विद्युत्‌को तार सर्ट भएर आगलागी भएको कुरा गाडी धनी आफैँले बताएको जनाएको छ ।

    Advertisement

    गाडी धनीले बिमा दाबीको प्रक्रिया अघि बढाएको र प्रचलित कानुनबमोजिम बिमाबापतको रकम भुक्तानीको प्रक्रिया अघि बढेको कम्पनीले बताएको छ । सवारी धनीले कम्पनीलाई क्षतिपूर्तिका लागि कुनै माग नगरेको अवस्थामा जथाभाबी प्रचार भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको पारामाउन्ट मोटर्सले बताएको छ ।

    पारामाउन्ट मोटर्सको झापास्थित डिलरबाट २०७८ सालको फागुन १० गते एमजी ईजेडएस ईभी बिक्री भएको वाग्मती प्रदेश ०१–०२७ च १५८१ नम्बरको गाडीमा गत पुस ९ गते आगलागी भएको थियो । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ देउवाचोकमा चार्जमा लगाएको अवस्थामा गाडीमा आगलागी भई नष्ट भएको थियो । कम्पनीले पुस १८ गते विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको थियो ।

    साँझ ६ बजेदेखि चार्जमा राखेको गाडीमा बिहान १ बजेर १५ मिनटेको समयमा विद्युत्‌को तार सर्ट भई आगलागी भएको कम्पनीको दाबी छ । कम्पनीले त्यतिबेला प्राप्त भएको सर्जिमिन (प्रहरी मुचुल्का) र पत्राचारलाई नै आधार मानेर सूचना जारी गरेको र ग्राहकसँग कुनै पनि सम्झौता नगरेको बताउँदै लाञ्छना लगाउन खोजिएको बताएको छ ।

    कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाडी धनीले मिति २०८०/०९/०९ गते गाडीमा आगलागी भएपछि तत्कालीन अवस्थामा स्थानीय प्रहरी प्रभाग बूढानीलकण्ठमा फोन गरी घटनाको बारेमा जानकारी दिँदा नै विद्युत्‌को तार सर्ट भई आगलागी भएको बेहोरा निजले नै फोनबाट टिपाएको भन्ने स्थापित तथ्य सो मितिमा प्रहरीबाट भएको मिति २०८०/०९/०९ को सर्जिमिन (घटनास्थल मुचुल्का) बाट नै पुष्टि भइरहेको अवस्थामा प्रेस विज्ञप्ति निकाल्ने बखत सिर्जना गरिएको तथ्य होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।”

    कम्पनीले क्षतिपूर्ति नदिएको र ग्राहकलाई कम्पनीले एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको विषयसमेत झुट भएको पारामाउन्टको दाबी छ । कम्पनीले विज्ञप्तिमा लेखेको छ, “एकातर्फ सम्बन्धित ग्राहकले यस कम्पनीलाई आजको मितिसम्म क्षतिपूर्ति प्राप्त गर्न कुनै पनि अनुरोध नगरेको र अर्कोतर्फ यस कम्पनीको आधिकारिक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको यथार्थसमेत सबैको लागि जानकारी गराइन्छ ।”

    आगलागी भएको गाडीको सम्बन्धमा गाडी उत्पादक कम्पनी (एसएआईसी मोटर इन्टरनेसनल को. लि., चाइना)ले अध्ययन गरी प्रतिवेदन उपलब्ध गराएको पारामाउन्टले जनाएको छ ।

    उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययनबाट गाडीमा आगो अगाडिबाट पछाडितर्फ बलेको, तेल चुहिने तथा मेकानिकल फेलियर नभएको देखिएको कम्पनीको भनाइ छ ।

    गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडीभित्रबाट आगलागी हुनका लागि उच्च तापमानको तापक्रम स्रोत नभएको र विद्युतीय त्रुटिबाट आगालागी भएको नदेखिएको कम्पनीले जनाएको छ । गाडीमा अप्रत्याशित जलन तथा सर्ट सर्क्युट नदेखिएको, ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको र गुणस्तरीय कमजोरी नदेखिएको कम्पनीले बताएको छ ।

    “गााडी धनी स्वयम्ले नै तत्कालीन अवस्थामा प्रहरीलाई खबर गर्दा नै विद्युत्‌को तार सर्ट भई आगालगी भएको भनी फोन मार्फत टिपाएको र सोही बमोजिम चार्जमा राख्दा विद्युत्‌को तार सट भई आगलागी भएको भन्ने बेहोराको स्थानीय प्रहरीको स्थलगत सर्जिमिन भएको छ,” पारमाउन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घटनापछि कम्पनीको प्राविधिक कर्मचारीले गरेको अवलोकन गरेको कम्पनीले जनाएको छ । त्यसक्रममा ‘हिउँदे शीत परी भुइँ ओसिलो हुने मौसमको बखत गाडीलाई रातभरि घरबाट करिब १५ मिटर तार तानी खुला आकाशमुनि पावर सकेट राखी चार्ज गरेको र गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेट समेत प्रयोग गर्नु भएको नदेखिएको’ कम्पनीले जनाएको छ ।

    गाडी धनीले चार्ज गर्नलाई तानेको तारमा जोडेको सकेट र चार्जर जलेर पूर्णरूपमा नष्ट भएको कम्पनीको भनाइ छ । एकातर्फ बिमा दाबी गर्ने र अर्कोतर्फ क्षतिपूर्तिसमेत दाबी गर्ने भनिएको गाडी ग्राहकको कार्य आफैँमा नैतिकता र कानुनविपरीत रहने कुरामा विवाद नरहने कम्पनीले जनाएको छ ।

    नेपाल सरकारको विद्युतीय सवारी साधनको प्रवर्धन गर्ने राष्ट्रिय नीतिको कार्यान्वयनमा क्रियाशील हुनुको साथै यस कम्पनीले आयात गर्ने हरेक गाडीको सुरक्षा र गुणस्तरको सम्बन्धमा उच्चतम संवेदनशील भई सबै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिइरहेको र बिमा प्रक्रियामा ग्राहकलाई पूर्णरूपमा सहकार्य गरिरहेको कम्पनीले जनाएको छ ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer