• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कफी खेतीमा कृषकको आकर्षण बढ्दो


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • कावासोती । पूर्वी नवलपरासीको पहाडी भेगका गाउँमा कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले भने व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् । यसको उत्पादन समेत राम्रो हुँदै गएकोले किसान कफी खेती तर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको उनीहरू बताउँछन् ।

    Advertisement

    जिल्लाको पहाडी हुप्सेकोट गाउँपालिका ,बुलिगंटार गाउँपालिकाको डाडाँझेरी, कोटथर,जौबारी र बौदीकाली गाउँपालिकाको नरम, रुचागं, बबक, धौबादी लगायतका गाउँहरूमा अहिले किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिङ रानामगरले बताउनुभयो ।

    बौदिकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफी खेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा आफ्नै पाखा पखेरामा करिब तीन सय कफीका बिरुवा लगाउनुभएका गुरुङले राम्रो आम्दानी गरेको बताउनुहुन्छ । पहाडी क्षेत्रमा विगतकामा भन्दा यो वर्ष कफी खेती राम्रो रहेको र कृषकहरू यो खेतीबाट सन्तुष्ट भएको उहाँको भनाइ छ ।

    हुप्सेकोट गाउँपालिकाकी तुलीसरा रानामगरले दुई सय कफीका बिरुवा सहित कफी खेती गर्नुभएको छ । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट कृषकले मनग्ये आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । नवलपुर जिल्लामा ११ हेक्टरमा व्यावसायिक कफी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जहाँ प्रतिहेक्टर ०.८ मेट्रिकटन उत्पादन हुने गरेको छ । करिब पाँच सय किसान यसमै आबद्ध छन् ।

    कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक, दिगो तथा व्यावसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न कावासोतीमा दुई दिने तालिम पनि सञ्चालन गरिएको छ । तालिमले सम्भावित किसानहरूलाई कफी सम्भावना र लाभबारे जानकारी दिई यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य राखेको छ । इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका विज्ञ डा. बद्री बस्ताकोटीले नेपालमा कफीको सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउनुभयो ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताउनुभयो ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत तथा प्रशिक्षक चन्द्र पुरीले कफी किसानका उचित चिन्तालाई सम्बोधन गरी उनीहरूको व्यवसाय विस्तारमा सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा नवलपुरको हुप्सेकोट, बौदिकालिका र बुलिङटार गाउँपालिका २२ जना कफी किसानको सहभागिता छ ।

    नेपालमा करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ । नेपालमा आर्थिक वर्ष २०७९÷८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer