• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दिनदिनै बड्दै तातोपानी कुण्डको आकर्षण


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • मनाङ । वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।

    Advertisement

    यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ ।

    चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।” सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उहाँ बताउनुहुन्छ ।

    त्यस्तै कास्की पोखराका ६६ वर्षीया पुञ्जमाया पुन मगर भन्नुहुन्छ, “म वर्षेनी यहाँको तातोपानीमा डुब्न आउँछु । यहाँ डुबेपछि शरीरमा हुने छाला चिलाउन छोड्छ । यहाँ नआएको समयमा त म बस्नै नसक्ने बन्छु ।” छोरीले यहाँसम्म ल्याइदिने र कति बस्ने हो बसिसकेपछि लिन आउँछ अनि घर जाने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षको एक पटक यहाँ आएर तातोपानीमा डुबेपछि आनन्द हुन्छ । नत्र छालामा केही देखिदैन तर चिलाउने हुन्छ । यहाँ डुबेर निको हुन्छ । त्यसैले म त वर्षको एक पटक समय मिलाएर आउने गर्छु ।” तातोपानीमा डुबेर फर्किएपछि भने निको हुने उहाँको भोगाइ छ ।

    यहाँको पानीमा निको पार्ने शक्ति भएको उहाँ बताउनुहुन्छ । पुन मगर भन्नुहुन्छ, “अस्पताल गएर पनि निको नभएको छालाको समस्या यहाँको तातोपानीले निको हुन्छ ।” उहाँ जस्तै बाग्लुङ तमानखोला गाउँपालिका–६ भिमबहादुर रसाइली र झकबहादुर रसाइली पनि तातोपानीमा डुब्दा र नुहाउँदा निको हुन्छ भनेर नै यहाँको कुण्डमा डुब्न वार्षिक रुपमा आउने गरेका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँबाट टाढा भए पनि वर्षमा एक पटक तातोपानी आउँछौँ । मर्केको, सड्केको दुखाई निको हुन्छ । हामी त बुढा भैसक्यौँ । यहाँ नुहाउँदा राम्रो भएको छ ।” उहाँहरु जस्तै देशका विभिन्न स्थान र भारतबाट पनि यहाँको तातोपानी कुण्डमा डुब्न आउने गरेका छन् । यहाँको तातोपानीमा डुब्दा विभिन्न रोग पनि निको हुने गरेका सेवाग्राही बताउँछन् ।

    शिक्षामा लगानी

    प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाउँदै आएको सिङ्गा तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा सेवाग्राहीबाट शुल्क लिने गरिन्छ । कुण्डमा डुब्नका लागि लिइएको प्रवेश शुल्क शिक्षा र पूर्वाधारमा लगानी गर्दै आएको छ । प्रवेश शुल्कवापत लिइएको रकम तातोपानी कुण्ड व्यवस्थापन समितिले शिक्षा र पूर्वाधार निर्माणमा लगानी गर्दै आएको समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले सामुदायिक विद्यालयका शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउदै आएको छ ।

    सरस्वती माध्यमिक विद्यालयका छ शिक्षकलाई पारिश्रमिक उपलब्ध गराइरहेका तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । तातोपानी कुण्डको आम्दानीबाट सरस्वती माध्यमिक विद्यालयमा वार्षिक १८ लाख पारिश्रमिकका लागि सहयोग हुने गरेको उहाँले बताउनुभयो । “तातोपानी कुण्डको आम्दानीबाट सरस्वती माध्यमिक विद्यालयमा शिक्षक राखिएको छ”, समिति अध्यक्ष खड्काले भन्नुभयो, “शिक्षकलाई तलब खुवाउनका लागि वार्षिक १८ लाख विद्यालयलाई दिने गरिएकामा यो पुस महिनाबाट मासिक एक लाख दिने निर्णय भएको छ ।”

    मङ्सिरसम्म निजी स्रोतबाट छ शिक्षकलाई तलब खुवाउदै आइरहेकामा यस महिनादेखि दरबन्दीका शिक्षक आए पछि तीन जनालाई मात्र तलब खुवाउनुपर्ने भएकोले घटाइएको उहाँले बताउनुभयो । यसले आम्दानीलाई शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ ।

    प्रवेश शुल्कबाट एक करोड बढी आम्दानी

    तातोपानी कुण्डमा स्नान वा डुब्न प्रवेश लिइएको प्रवेश शुल्क यहाँ राम्रो आम्दानीको स्रोत बनेको छ । गत आर्र्थिथक वर्ष २०७९/८० मा तातोपानी कुण्डले एक करोड ३७ लाख आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । प्रवेश शुल्कलगायत विभिन्न शीर्षकबाट प्राप्त सो आम्दानी शिक्षा, पूर्वाधार निर्माण, कर्मचारीको तलवभत्ता, नगरपालिकालाई करलगायतमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

    कुण्डबाट भएको आम्दानीले यहाँको पूर्वाधार विकास गरी व्यवस्थित गर्नुका साथै नगरपालिकाको आन्तरिक आम्दानी बन्दै गएको छ । कुण्डबाट संकलन राजश्व कार्यालयलाई १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने गरेको छ । त्यस्तै यसबाहेकको रकमले कुण्ड व्यवस्थापन, यहाँको पूर्वाधार निर्माण, कर्मचारीलाई पारिश्रमिक र विद्यालयको सहयोगमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

    कुण्ड हालसम्म पनि नोक्सानमा नै रहेको तर सामाजिक कार्यमा भने लगानी गरिरहेको उहाँले बताउनुभयो । कुण्डको आम्दानीबाट यहाँको पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको सचिव केसीले बताउनुभयो । यस वर्ष आठ लाखको लागतमा तातोपानीमा नुहाउन आउने महिला र पुरुषका लागि कपडा फेर्ने अलग–अलग कोठा निर्माण गरिएको उहाँले बताउनुभयो । २० लाखको लागतमा प्राचिनकालीन कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ । तातोपानीमा पूर्वाधार निर्माणका लागि यस वर्ष पर्यटन बोर्डबाट १५ लाख प्राप्त भएको उहाँले बताउनुभयो ।

    १८ हजार २०८ सेवाग्राहीद्वारा स्नान

    गत आर्थिक वर्षमा १८ हजार दुई सय आठ सेवाग्राहीले यस कुण्डमा स्नान गरेका थिए । सेवाग्राहीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कवापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार आम्दानी भएको समितिले जनाएको छ । यस कुण्डमा स्नान गरी निको भएर सहयोगवापत चार लाख १६ हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार र विभिन्न बैङ्कमा मौज्जाद रकमको ब्याजबाट १७ हजार आम्दानी भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कुण्डमा एक पटकमा तीन सय ५० देखि चार सय जनासम्मले स्नान गर्न मिल्ने गरी कुण्डको व्यवस्थापन गरिएको छ । सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० प्रवेश शूल्क तोकिएको छ । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियसको तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि प्रयोग भइरहेको सचिव केसीले बताउनुभयो । उहाँका अनुसार यहाँको पानीमा बिरे नूनको सुगन्ध आउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोट पटक लागेको लगायत रोग निको हुने जनविश्वास छ ।

    मनोरञ्जन र उपचार एक साथ

    आजकल म्याग्दी जिल्लाका तातोपानी कुण्ड मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षणको स्थल बन्दै गएको छ । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डमा बाह्य तथा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेका छन् ।

    यहाँका कुण्डमा पर्यटकको आगमनसँगै कुुण्डलाई व्यवस्थित बनाउनतर्फ केन्द्रित गरेको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्ड पछिल्लो समय राउन्ड धौलागिरी र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासी बताउँछन् ।

    पर्यटकले धेरै दिनसम्म हिमाली क्षेत्रमा पदयात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, छालाको समस्या, यात्रामा हुने घाउ खटिराको उपचार गर्न आउने गर्दछन् । पर्यटकले म्याग्दीमा पुगेपछि तातोपानीमा डुबुल्की मार्दै शरीरमा आएका समस्या समाधान हुने गरेको उनीहरुको भनाइ छ । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोग निको भएर फर्किने गर्दछन् । दीर्घकालसम्म समस्याको रुपमा रहने यस्ता रोग निको हुने भएपछि यस्ता प्रकारका समस्या भएका बिरामी आउने गरेको समितिका सचिव केसीले बताउनुभयो ।

    त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै विदेशी पर्यटक तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटक त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मार्ने गरेका पाइन्छन् । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोग, प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासले गर्दा पर्यटक तातोपानीमा नुहाउन आकर्षित हुने गरेका हुन् ।

    भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोर पाटन जाने पनि गर्दछन् । अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकको लागि आकर्षणको केन्द्र बिन्दु मानिन्छ ।

    समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँच वटा तातोपानीका मुहान छन् । स्थानीय आफूलाई पायक पर्ने तातोपानीको मुहानमा नै नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ ।

    मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ-तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकले समेत नुहाउने गर्दछन् । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटक पुग्ने गर्दछन् । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुई पटक १०-१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि निको भएको बिरामीले बताउने गरेका छन् । स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको उनीहरु बताउँछन् ।

    प्राकृतिक चिकित्सालयको चर्चा

    म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश-विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न रोग निको हुने विश्वास छ । चर्मरोग, चोट पटक, ग्याट्राइटिक, गानोगोलादेखि प्यारालाइसिस जस्ता रोग निको भएको विगत तीन वर्षदेखि वर्षको एक पटक नियमितरुपमा तातोपानीमा डुब्न आउने गर्नुभएका बागलुङ ढिकीचौरका धर्मदत्त गौतमले बताउनुभयो ।

    देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुभयो । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका सेवाग्राही पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताउँछन् ।

    सेवाग्राहीले खुट्टा दुख्ने, युरिकएशिड हुने र चिसोमा शरीर करकरी खाने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको सेवाग्राहीको भनाइ छ । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने सेवाग्राही बताउँछन् ।

    हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा सेवाग्राही म्याग्दीका तातोपानी कुण्डमा डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार विस्तार तथा विकास गरिरहेको उहाँले बताउनुभयो । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

    पोषिलो कोशेली असला माछा

    तातोपानी कुण्डमा डुब्न आउने सेवाग्राहीलाई म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा पोषिला खुराक बनेका छन् भने जिल्लामा आउने पर्यटकलाई गतिलो कोसेली बनेको छ असला माछा । म्याग्दी नदीमा पाइने असला माछा कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा पर्ने गरेका छन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा उपयोग गर्दछन् ।

    घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा असला माछा लिएर जाने गरेका छन् । अन्यत्र पाइने माछाको स्वादभन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि पर्यटकको रोज्ने गरेका पाइन्छ । ताजा माछाप्रति केजी एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । कोभिड-१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने सेवाग्राहीको भीड बढेको छ ।

    कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका पाइन्छन् । असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पुर्याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताउनुभयो ।

    “माछा कम पाइन्छ । माग भने ह्वात्तै बढेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु छ । मागअनुसारको माछा पुर्याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे पर्छ ।”

    चिकित्सकद्वारा प्रमाणित

    म्याग्दीको सिङ्गास्थित प्राकृतिक चिकित्सालयको तातोपानी नुहाउँदा विभिन्न रोगबाट ग्रसित बिरामी निको हुने गरेका छन् । यहाँको तातोपानीमा नुहाउन उपयुक्त भए÷नभएको चिकित्सकद्वारा नै प्रमाणित गरिएको छ । यहाँको तातोपानीलाई पानी विश्लेषण प्रयोगशालामा लगेर नै अमेरिकन पब्लिक हेल्थ सोसाइटी, स्ट्यान्डर्ड मेथडस् फर द एक्ज्यामिनेसन अफ वाटर एण्ड वेस्ट वाटर, वल्र्ड हेल्थ अर्गनाइजेसन गाइडलाइन भ्यालु २००६ (विश्व स्वास्थ्य संगठन), नेसनल ड्रिङ्किङ वाटर क्वालिटी क्ट्याण्डर्डस् २०६२ नेपाल र विभिन्न चिकित्सकद्वारा प्रमाणित गरिएको छ ।

    मानिसलाई आवश्यक पर्ने पौष्टिक तथा औषधिय पदार्थ यहाँको तातोपानीमा मिश्रण रहेको चिकित्सकले प्रमाणित गरेका समितिका सचिव केसीले बताउनुभयो । यहाँको पानीमा अपिरियन्स, टबिडिटी, पिएच, पानीको रङ्ग, तापक्रम, इलेक्ट्रिकल कन्डक्टिभिटी, टोटल डिस्सल्भ्ड सोलिडस्लगायतका २० वटा शारीरिक, रासायनिक र तत्वको प्रयोगशालाबाट प्रमाणिकरण गरिएको समितिले जनाएको छ ।

    २०७८ साउन १३ गतेदेखि २० गतेसम्म ललितपुर पाटनढोकास्थित एमएस मल्टि स्कोप सोलुसन प्रालिले तातोपानीलाई प्रयोगशाला सर्वेक्षण र अध्ययनपश्चात प्रमाणित गरिएको हो । मानव शरीरलाई आवश्यक पर्ने तत्वको मिश्रणले गर्दा यहाँको तातोपानीमा नुहाउँदा विभिन्न रोगबाट निको हुने भएको प्रयोगशालाले प्रमाणित गरेको छ । रासस

     

     

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer