• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शव वाहन सेवा सुरु


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • चितवन । बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुचारु गरिएको छ । रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहनको एक औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरिएको हो ।

    Advertisement

    बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिए । पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाई छ ।

    कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका सामाजिक विकाश समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले आपत बिपतको समयमा महंगो शुल्क कसरी तिर्ने पिरोलिरहेको समयमा शव वाहनले रत्ननगरका जनतालाई धेरै राहत प्रदान गर्ने बताए ।
    नगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको शव वाहन (एम्बुलेन्स) को सम्पूर्ण व्यवस्थापन खर्च रत्ननगर नगरपालिकाले बेहोर्ने जानकारी दिए । शव वाहनको लागि नगरले वार्षिक रु ५ लाख रुपैँया छुट्याएको बताए ।
    नगर भित्रका नागरिकलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले शव वाहन सेवा शुभारम्भ गरिएको भएतापनि नगर भन्दा बाहिरकाले प्रयोग गरेमा केही रकम शुल्क लाग्ने उनको भनाई छ । त्यसबाट आएको रकम नागरिक सहायता कोषमा नै जम्मा हुने उनले जानकारी दिए ।
    पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कर्माचायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे (सुवास), अस्पतालका डाक्टर तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । अस्पतालका जनस्वास्थ्य निरिक्षक राम चन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer