• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षा सुधार्न शिक्षक इमानदार हुनै पर्छ: डोरविक्रम श्रीस


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । गुल्मीको तम्घासस्थित सिद्धबाबा नमुना माविका प्रधानाध्यापक डोरविक्रम श्रीसले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै पहिलो आधार भएको बताएका छन्। साप्ताहिक कार्यक्रममा कुराकानी गर्दै प्रधानाध्यापक श्रीसले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक नै जिम्मेवार भएको बताएका हुन्।

    Advertisement

    उनले भने, ‘शिक्षकले काम नै गर्नुपर्छ। पहिला पढ्ने पढाउने काम गरौँ। राजनीतिक नेताको गफ छोडेर डिउटी, कर्तव्य पूरा गर्नुपर्छ। शिक्षक कक्षाकोठामा नै जाने हो। त्यो काम शिक्षकले इमानदारीपूर्वक गर्नुपर्छ। शिक्षकले पढाउने कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्यौँ भने अभिभावक हामीकहाँ आउनुहुन्छ। तीनै तहका सरकारले सघाउनुहुन्छ। सबैजना एकजुट भएर शिक्षालाई मूलधारमा ल्याएर सामुदायिक शिक्षालाई अगाडि बढाउन सकिन्छ।’

    उनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सम्भव हुँदैन भन्ने निराशाको भाष्य सुरु गरिको पनि बताए। उनी भन्छन्,‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सम्भव छैन भन्ने भाष्य बनाइएको छ। गुणस्तरीय शिक्षा सम्भव छ। सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ। हामी सक्छौँ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ।’

    उनले शिक्षकमा इमानदारी, लगाव र परिश्रम जरुरी रहेको बताउँदै शैक्षिक गुणस्तर सुधार गर्न जोजो शिक्षा क्षेत्रमा खटिएका छन् उनीहरू नै जिम्मेवार भएको बताए। श्रीसले राज्यको प्राथमिकतामा शिक्षा क्षेत्र पर्न नसकेको पनि बताए। उनले भने, ‘हाम्रो शिक्षा, शिक्षक, विद्यार्थी राज्यको प्राथमिकतामा परेका छैनन्।’

    त्यसैगरी उनले अभिभावक पनि पूर्वाग्रही भएको बताए। ‘हाम्रा अभिभावकहरू पनि पूर्वाग्रही हुनुहुन्छ। सामुदायिक विद्यालयलाई हेर्ने आशावादी आँखा नभएजस्तो छ,’ उनले भने। प्रधानाध्यापक श्रीसले शिक्षकले अभिभावकसँग अन्तर्क्रिया गरेर बालबच्चाको पढाइबारे अपडेट लिनुपर्ने बताए। सरकारले धेरै थरीका शिक्षक बनाएको बताउँदै उनले त्यहाँ सुधार हुनुपर्ने बताए। उनी भन्छन्, ‘राम्रो बिउ रोपे राम्रो फल प्राप्त हुन्छ। त्यहाँ पनि सुधार जरुरी छ।’

    उनले विद्यालयमा शिक्षक कर्मचारीको राजनीति रोक्नसके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने बताए। सिद्धबाबा माविका शिक्षक कर्मचारीले भने राजनीति नगरेको उनले दाबी गरे। प्रधानाध्यापक श्रीसको भनाइ छ, ‘विद्यालयका शिक्षक कर्मचारीले राजनीति नै गर्दैनन् भनेर मैले झुट बोल्न चाहन्न तर उहाँहरूले विद्यालय प्रवेश गरेपछि राजनीतिका कुरा गरेर स्टाफ रूपमा व्यतित गर्ने समय हामीले रोकेका छौँ। त्यो भएर नै हामीले गुणस्तर दिन सकेका हौँ। विद्यालयमा शिक्षक र कर्मचारीले राजनीति गरेको भए सिद्धबाबा पनि अन्य विद्यालयहरू जस्तै हुन सक्थ्यो।’

    २०४३ सालमा समुदायकै पहलमा स्थापना भएको सिद्धबाबा विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवे माध्यमबाट पढाइ हुन्छ। विद्यालयमा १६०० विद्यार्थी छन्। प्रधानाध्यापक श्रीस ११ र १२ कक्षामा प्रायः सबै संकायका विषय पढाइ भइरहेको बताउँछन्। उनले सिद्धबाबा नमुना विद्यालय बन्नुमा शिक्षककै महत्त्वपूर्ण भूमिका रहेको बताए। शिक्षकलाई विद्यालयले नै पेसागत तालिम पनि दिइरहेको प्रधानाध्यापक श्रीसले बताए। ‘शिक्षक सिकाइ प्रक्रियाको मुख्य भूमिकामा हुन्छ। शिक्षकलाई हामीले प्रोत्साहित गर्नुपर्ने कुरालाई पनि हामीले अंगिकार गरेका छौं। हामीले शिक्षकलाई विद्यालयमै तालिम दिन्छौं।’

    उनले सिद्धबाबाका शिक्षक विद्यार्थीलाई नेपालका राम्रा विद्यालयको भ्रमण गराउने, अन्तर्क्रिया गर्ने, राम्रा क्रियाकलाप पछ्याउने काम पनि भइरहेको बताए। (हिमाल प्रेस)

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer