• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
मङ्गलबार, भदौ १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

योगा गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस् है


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योग उत्तम विकल्पमध्ये पर्छ । पछिल्लो समय योगप्रति धेरै मानिसको आकर्षण बढ्दै गएको छ ।

    Advertisement

    पहिलो पटक योग गर्न जानेहरुलाई भने कसरी सुरु गर्ने भन्ने अलमल हुन सक्छ । हुन त अहिले युट्युब लगायतमा भिडियो हेरेर पनि योग गर्न सकिन्छ । भिडियो हेरेर आफैं गरे पनि वा यदि योगगुरुसँग सिक्न जाँदै हुनुहुन्छ भने केही कुरामा पक्कै ख्याल गर्नुपर्छ । सामान्य गल्ती गर्दा योगको उल्टो प्रभाव पर्न सक्छ ।

    १. श्वासप्रश्वासको गतिमा ध्यान दिने

    योगमा श्वासप्रश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । पहिलो पटक योग गर्ने व्यक्तिले कुनै प्रशिक्षकको निर्देशन बिना योग गरिरहेका छन् भने आसन गर्दा श्वासप्रश्वासको गतिमा ध्यान दिनुपर्छ । धेरैलाई योग गर्दा मुखबाट सास फेर्न हुँदैन भन्ने कुरामा ध्यान नहुन सक्छ । आसनमा कहिले सास लिने र कहिले छाड्ने गर्नुपर्छ भन्ने जानकारी हुनुपर्छ । त्यस्तै, शरीर फैलिंदा सास लिने र शरीर खुम्चिंदा सास छोड्ने गर्दा प्रभावकारी हुन्छ ।

    २. खाली पेटमा योग

    पहिलोपटक योग गर्न जाँदै हुनुहुन्छ भने खाली पेटमा मात्र अभ्यास गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । बिहानको खाजा वा खाना खाने बित्तिकै योग गर्नु हुँदैन । यदि बिहान योग गर्ने समय छैन तर दिनको एकपटक योग गर्ने योजना बनाउनुभएको छ भने कम्तीमा दुई घण्टा जति खानेकुरा खानु हुँदैन । योग गरेपछि तुरुन्तै खाना नखानुहोस् । बरु शरीरलाई आराम दिनुहोस् र त्यसपछि खानुहोस् ।

    ३. कसिलो पहिरन नलगाउने

    योग गर्दा आरामदायी लुगा लगाउनुपर्छ । ताकि शरीरलाई तन्काउँदा सहज होस् । टाइट लुगा लगाउनाले शरीरको मांसपेशी लचिलो हुन पाउँदैन र तन्किंदा लुगा च्यातिने डर हुन्छ । अर्कोतर्फ टाइट कपडाको कारण तपाईंको एकाग्रताका साथ योगमा ध्यान दिन सक्नुहुन्न ।

    ४. सिधै अभ्यास नगर्ने

    पहिलो पटक सिधै योगासनमा जानु हुँदैन । योगासन वा प्राणायाम गर्नुपूर्व शरीर र मनको तयारीको लागि हल्का व्यायाम गरेर शरीरलाई वार्मअप गर्नुपर्छ । त्यसपछि मात्र योग गर्न शरीर तयार रहन्छ ।

    ५. कठिन योग अभ्यास नगर्ने

    पहिलो पटक योग गर्दै हुनहुन्छ भने सरल र आधारभूत योगासनबाट सुरु गर्नुपर्छ । कठिन योगासन गर्न खोज्दा चोटपटकको जोखिम हुन सक्छ । र, योग वियोगमा परिणत हुन सक्छ । त्यसैले कुनै पनि योगाभ्यासको लागि सही आसन कुन हो भनेर सही रूपमा जान्नुपर्छ । किनकि शरीर, मौसम, रोग र आवश्यकता अनुसार योग आसन र प्राणयाम फरक–फरक हुन सक्छन् ।

    त्यसैले त भनिन्छ, योगाभ्यासको लागि यसका जानकारसँग आवश्यक परामर्श गरेर मात्र सुरु गर्नुपर्छ ।(अनलाईन खबर)

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer