काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
Advertisement
सरकारी स्वामित्वको उद्योग बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको ठरोपमा उनलाई पक्राउ गरिएको हो । सीआइबीले चौधरीलाई लैनचौरबाट पक्राउ गरेर आफ्नो मुख्यालय लगेको छ ।




