• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अमेरिकामा काम गर्नेका लागी अब भिसा पाउन सहज


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकामा काम गर्ने विदेशी नागरिकका लागि भिसा पाउन सहज हुने भएको छ। अमेरिकामा जनवरी २९ बाट एच–१बी भिसाको आन्तरिक नवीकरणका लागि पाइलट प्रोग्राम सुरु भएको हो।

    Advertisement

    अहिलेसम्म कुनै विदेशी नागरिकको एच–१बी भिसाको म्याद सकिएमा त्यसलाई नवीकरण गराउन फेरि आफ्नो देश फर्किनुपर्थ्यो। तर, अब नवीकरण प्रक्रियाका लागि घर फर्किनु नपर्ने भएको छ । अमेरिकामै भिसा नवीकरण हुनेछ ।

    यो कार्यक्रम गत डिसेम्बरमा घोषणा गरिएको थियो। त्यसबेला भिसा सेवाका उपसहायक मन्त्री जुली स्टाफर्डले यो कार्यक्रमबाट अमेरिकामा रहेका दक्ष कामदार लाभान्वित हुने बताएकी थिइन्।

    भिसा नवीकरणको पाइलट कार्यक्रम ३ महिनासम्म चल्नेछ । यस अवधिमा २० हजार दक्ष कामदारको भिसा नवीकरण हुनेछ ।

    सन् २०२१ फेब्रुअरी १ देखि सेप्टेम्बर ३० बीच अमेरिकामा भारतीय वाणिज्य दूतावासबाट र सन् २०२० जनवरी १ देखि अप्रिल १ सम्म क्यानाडाली वाणिज्य दूतावासबाट जारी गरएका एच–१बी भिसामात्र भिसा नवीकरण हुनेछ।

    यस कार्यक्रमअन्तर्गत विदेशी नागरिकबाट गैरआप्रवासी भिसा जारी शुल्क पनि लिइने छैन। यसबाहेक पहिलो भिसा आवेदनमा १० फिंगरप्रिन्ट गर्नेलाई पनि अन्तर्वार्ताबाट छुट दिइनेछ ।

    अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार भिसा नवीकरण कार्यक्रम जनवरी २९ देखि अप्रिल १ सम्म चल्नेछ । यस अवधिमा २० हजार व्यक्तिको मात्रै भिसा नवीकरण हुनेछ । अप्रिल १ अगाडि २० हजार आवेदन आएमा बन्द गरिनेछ । हरेक हप्ता ४ हजारजनाको भिसा नवीकरण गरिनेछ ।

    आवेदकहरुले २० जनवरी, ५ फेब्रुअरी, १२ फेब्रुअरी, १९ फेब्रुअरी र २६ फेब्रुअरीमा भिसा नवीकरणका लागि आवेदन दिन सक्छन्। यदि पहिलोपटक आवेदन सफल भएन भने अर्को साता पुनः आवेदन दिन सकिने व्यवस्था यो कार्यक्रम गरिएको छ।

    एच–१बी भिसा नवीकरणका लागि अनलाइन आवेदन दिन सकिन्छ। यसका लागि डिपार्टमेन्ट अफ स्टेटको वेबसाइटमा जानुपर्नेछ। डीएस–१६० बारकोड सिटका अतिरिक्त अमेरिकाको वैध यात्राका लागि जारी गरिएको पासपोर्टको प्रतिलिपि आवश्यक हुनेछ। यो आवेदनको मितिबाट कम्तीमा ६ महिनाका लागि मान्य हुनुपर्छ। भिसा फाइल प्लेसमेन्टका लागि पासपोर्टमा कम्तीमा दुई पेज खाली हुनुपर्छ।

    डीएस–१६० फारम भरेपछि २०५ डलर शुल्क लाग्नेछ। यो न त फिर्ता हुनेछ न त स्थानान्तरण हुनेछ। यो शुल्क अनलाइन पोर्टलमार्फत मात्र भुक्तानी गरिनेछ। यी सबैबाहेक आई–७९७ र आई–९४ फारमको फोटो, प्रतिलिपि र अमेरिका आउने र जानेको अभिलेख पनि उपलब्ध गराउनुपर्नेछ।

    यस पाइलट प्रोजेक्टअन्तर्गत सबै प्रक्रिया पूरा गरेपछि भिसा नवीकरण हुन ६ देखि ८ हप्ता लाग्ने अमेरिकाको परराष्ट्र विभागले जनाएको छ । यदि कुनै आवेदकले आफ्नो भिसा चाँडै नवीकरण गर्न चाहन्छ भने उसले सामान्य प्रक्रियाअनुसार आवेदन दिन सक्छ।

    एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। यसले अमेरिकी कम्पनीहरुलाई विदेशी कामदार राख्न अनुमति दिन्छ। जब कुनै व्यक्ति अमेरिकी कम्पनीमा काम गर्छ उसलाई एच–१बी भिसा दिइन्छ।

    एच–१बी भिसाको नवीकरण प्रक्रियालाई सरल बनाउनुले करिब १० लाख आप्रवासी कामदारलाई फाइदा पुग्ने बताइएको छ। –एजेन्सी

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer