• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिसेस नेपाल क्यानडाको उपाधि सृष्टिलाई


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • काठमाडौं । क्यानडामा पहिलोपटक सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होमले त्यहाँ बसोबास गर्दै विवाहित महिलाबीच यस्तो ब्युटी पेजेन्ट गरेको हो ।

    Advertisement

    क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्यांक्वेट हलमा आयोजित प्रतिस्पर्धामा सृष्टि श्रेष्ठले उपाधि जितिन् । प्रतियोगिताका फाइनलिस्ट ६ जनालाई संसारमा केको अभाव छ भनेर प्रश्न सोधिएको थियो ।

    विजयी सुन्दरी श्रेष्ठले आजको संसारमा अरुको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी रहेको जवाफ दिएकी थिइन् । ‘हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझ्न र स्वीकार गर्न, महसुस गर्न सकुन्,’ उनले भनेकी थिइन् ।

    शीर्ष उपाधिसहित उनले मिसेस फ्रेन्डसिपको सहविधा पनि जितिन् । अलिशा राजभण्डारी फस्ट रनरअपसँगै सहविधा फोटोजेनिक पनि जितिन् । रश्मी थापा मगर सेकण्ड रनरअप घोषित भइन् । क्यानडाका विभिन्न सहरमा बस्दै आएका १० विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

    एमी कर्माचार्यले ट्यालेन्टेट र श्याम लिम्बूले पब्लिक च्वाइस अवार्ड जिते । नमुना फेसन कलेजले तयार पारेको डिजाइनमा सजिएर र्‍याम्पमा सुन्दरीहरु प्रस्तुत भएका थिए । नेपालका लागि क्यानडाकी कार्यबाहक राजदूत रोजिना ताम्राकार प्रमुख अतिथिको रुपमा कार्यक्रममा थिइन् ।

    प्रतियोगितामा प्राध्यापक नीरा शर्मा, संगीता धौभडेल, शुभेच्छा भट्ट र निलु केशरी जजको रुपमा सहभागी थिए । महिला शिक्षा तथा क्षमता विकास समूहकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र अन्तरनिहित प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको रहेको बताइन् ।

    नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यो प्रतियोगिताबाट संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी गरेको बताइन् । उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन् ।

     

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer