काठमाडौं । प्रतिनिधि सभा पूर्वाधार विकास समिति अन्तर्गत खानेपानी उपसमिति माननीय उर्मिला माझीको संयोजकत्वमा गठन भएको छ । उक्त उपसमितिले खानेपानीलाई मुख्य कार्यक्षेत्र बनाएर कार्य गर्ने छ ।
२०८१ बैशाख मसान्त भित्र कार्य सम्पादन गर्ने अधिकार उपसमितिले पाएको छ । यस उपसमितिले खानोपनी मन्त्रालयबाट प्राप्त विधेयक उपर छलफल गर्ने, विज्ञहरुसँग परामर्श लिने लगायतका आवश्यक कार्य गरी समिति समक्ष प्रतिवेदन पेश गर्ने छ । त्यसैगरि खानेपानी तथा सरसफाई कार्यहरुको व्यवस्थापन र नियमन गर्ने, सहरी क्षेत्रमा खानेपानी तथा सरसफाई प्रणालीहरुको अनुगमन गर्ने, राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानोपानी आयोजनाहरुको कार्य प्रगति हेर्ने, समस्याहरुको पहिचान गर्ने साथै आवश्यक निर्देशन दिने रहेको छ ।
“मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुमा हुने गरेको ढिलासुस्ति र अनियमितताका सम्बन्धमा बिशेष चासो राख्ने, जानकारी लिने र समाधानका बारेमा सरोकारवालापक्षहरुसंग छलफल गर्ने, रास्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनालाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ भन्ने सम्बन्धमा विज्ञहरुसँग परामर्श लिने, नागरिकको मौलिक हकसंग जोडिएको अतिनै संवेदनसिल खानेपानी जस्तो बिषयको शुद्दता र स्वच्छताका बारेमा चासो राख्ने” संयोजक माझीले कान्तिपथ अनलाईनसंगको कुराकानीमा बताउनु भयो ।
त्यसैगरि मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी मन्त्रालय सम्बद्ध अन्य विषयहरुमा अनुगमन, निरीक्षण, समस्या पहिचान र समाधानसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी उक्त उपसमितिलाई दिएको छ ।
आजै उपसमितिमा खानेपानी मन्त्री, खानेपानी सचिव, खानेपानी मन्त्रालयका सहसचिवहरु, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक, खानेपानी विभागका महानिर्देशक, खानेपानी लिमिटेडका सिइओ लगायतका पदाधिकारीहरुसँग उपसमितिले छलफल गरेको संयोजक माझीले बताउनु भयो ।
आफ्नो उत्कृष्ट कार्यशैलीका कारण नेपाल सरकारका संघिय मन्त्रालयहरु मध्ये खानेपानी मन्त्रालय अब्बल मन्त्रालयमा गणना गरिन्छ ।




