• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरी पक्राउ


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • काठमाडौं । लैनचौरस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयबाट करिब छ सय मिटरको दुरीमा छ, नेपालका अर्बपति व्यवसायी अरुण चौधरीको घर ।

    Advertisement

    अरूण परिवारसहित लाजिम्पाटमा बस्छन् । अरूण अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका सहोदर भाइसमेत हुन् । अरूण चौधरी हाल (सीजी ग्रुप) का प्रबन्ध निर्देशकको भूमिका छन् । उनै अरुणको घरमा सीआईबीको टोली बिहीबार बिहान ११ः३० बजे पुग्यो ।

    प्रहरीको टोली आफ्नो घरमा वारेन्टसहित आफूलाई पक्राउ गर्न आइपुग्छ भन्ने उनले कल्पना पनि गरेका थिएनन् । तर, बिहीबार सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्म भण्डारीको टोली उनको नाममा अदालतबाट वारेन्ट जारी भएको पत्र बोकेर उनको घरमा छि¥यो ।

    सादा पोसाकमा खटिने सीआईबीको टोलीले केही अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रहरी वृत्त दरबारमार्गबाट पोसाकसहितको टोलीसमेत मागेको थियो । दरबारमार्गबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली अरुण चौधरीको घरमा पुग्यो ।

    प्रहरीको टोली चौधरीको घरभित्र छिर्दा उनी नुहाइरहेका थिए । घरको ढोका अरुण चौधरीका छोरा करण चौधरीले खोलेका थिए । सीआईबीबाट खटिएका डीएसपी धर्म भण्डारीले करणका छोराहरूलाई परिचय दिए, ‘म सीआईबीबाट आएको डीएसपी धर्म भण्डारी हो । अरूण सर कता हुनुहुन्छ ? केही कुरा गर्नुछ ।’

    अरुणका दुवै छोरासँग संवादपछि डीएसपी भण्डारीको टोली त्यहीँ बस्यो । प्रहरीको टोलीले उनीसँग भेट्न करिब एक घण्टा कुर्नुपरेको थियो । उनी नुहाइसकेपछिमात्रै सीआईबीको टोलीको सम्पर्कमा आएका थिए । सीआईबीको टोली घरमा आइपुगेको सूचना उनले आफ्ना छोराहरूबाट पाइसकेका थिए ।

    अरूण चौधरीले डीएसपी भण्डारीलाई घरमा आउनुपर्ने कारण सोधे ।

    भण्डारीले जवाफ दिए, “केही कुरा बुझ्नुपर्ने देखिएको छ, सीआईबीको कार्यालयमै कुरा गर्नु पर्नेछ ।”

    भण्डारीको कुरा सुनेपछि भने अरूण चौधरी हतास देखिएको उनको घरमा पुगेका अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

    उनले भने, “भण्डारी सरले सीआईबीमै जाउँभन्दा पनि अरुण चौधरीले पक्राउ पुर्जी खोज्नु भएन । बरु केमा जाने भनी चौधरीले भण्डारी सरलाई प्रस्ताव गर्नुभयो ।”

    डीएसपी भण्डारीले भने, “हाम्रै गाडीमा जाऊँ ।”

    अरुणले प्रतिप्रश्न गर्दै फेरि भने, “होइन, तपाईंकोमा होइन । मेरैमा जाऊँ, बरु तपाईं पनि मेरै गाडीमा बस्नु ।”

    चौधरीको प्रस्तावमा डीएसपी भण्डारीले सहमति जनाए । चौधरी र डीएसपी उनकै खैरो रंगको ल्यान्डरोभर चढेर सीआईबीको कार्यालय पुगेका थिए । चौधरीलाई सीआईबीको टोलीले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा गरेको आरोपमा पक्राउ गरेको हो ।

    उनीसँगै सीआईबीले बिहीबार कारखानाका तल्कालीन अध्यक्ष अजितनारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार, चौधरी र थापालाई पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका हुन् भने ठाकुरलाई उनीहरूको बयानका आधारमा जरूरी पक्राउ पुर्जी बनाएर पक्राउ गरिएको हो ।

    पक्राउ परेका तीनै जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दाको अनुसन्धानका लागि म्याद थप गर्न अदालत पेस गरेको छ ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer