• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूमिगत सिंचाईबाट पाँच हजार भन्दा बढी हेक्टर सिँचाइ, किशान मख्ख


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • कैलाली । कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

    Advertisement

    भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार चार सय ८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो । डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी एक सय ४० डिप ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ ।

    जडान गरिएका डिप ट्युबेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ । विशेष गरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भएको उनले बताए ।

    गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युबेल जडान गरिएकामा चालु आवदेखि स्यालो ट्युबेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए । स्यालो ट्युबेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ । स्यालो ट्युबेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत रु १२ लाख बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए ।

    कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युबेल जडान गरिएको जनाइएको छ । अन्य डिप ट्युबेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ ।

    कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युबेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ । एक डिप ट्युबेल जडानका लागि झन्डै ८५ लाख खर्च लाग्ने गरेको जनाइएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युबेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ । रासस

     

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer