• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुरु हुदै चैते धानको समय, कसरी गर्ने त राम्रो उत्पादन ?


  •   शनिबार, माघ २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । चैते धानको खेती गर्ने किसानले माघको दोस्रो साता आसपास बिउ छरेको खण्डमा राम्रो उत्पादन लिन सकिन्छ । त्यसैले चैते धान खेती गर्ने योजनामा रहेका किसानका लागि अहिले धानको बिउ छर्ने उपयुक्त समय हो ।

    Advertisement

    ‘अन्तराल सिँचाइ प्रविधि’बाट चैते धान खेती गरेमा ३० प्रतिशत पानी बचत गर्न सकिने र यो प्रविधिबाट चैते धानको राम्रो उत्पादन लिन सकिने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका पूर्वसंयोजक तथा वरिष्ठ धान बाली वैज्ञानिक तथा डा. रामवरण यादवले बताए । ‘जब रातिको औसत तापक्रम १० डिग्री सेन्टिग्रेड हुन्छ, तब चैते धानको बिउ राख्न सकिन्छ,’ उनले भने, ‘बिउ दुई किसिमले राखिन्छ, एउटा हिले ब्याड र अर्को धुलो ब्याड । यदि खेतमा चिस्यान नभए केही अगाडि सिँचाइ गरेर धान छर्न सकिन्छ ।’

    बर्खे सिजनको तुलनामा हालको सिजनमा धान उम्रन समय लाग्ने डा. यादवले बताए । ‘बर्खा सिजनमा धान उम्रन एक हप्ता लाग्छ भने चैते धान उम्रन १५ दिनसम्म समय लाग्न सक्छ,’ उनले थपे, ‘किनभने राति तापक्रम घटेको हुन्छ, दिउँसो बढेको हुन्छ, चैते धानका लागि अजकल नै बिउ राख्दा एकदम राम्रो हुन्छ ।’

    डा. यादवका अनुसार दुई तरिकाले चैते धानको बिउ राख्न सकिन्छ । एउटा हिले र अर्को धुले ब्याड । पश्चिम क्षेत्रमा हिले ब्याड राखिन्छ । त्यसका लागि अहिलेको समय राम्रो मानिने डा. यादवले बताए । ‘धेरै चिसो छ भने प्लास्टिक टनेल बनाउन सकिन्छ,’ उनले भने, ‘चितवनमा प्लास्टिक घर बनाएर तह–तह गरेर टाँडजस्तै बनाएर, प्लास्टिक वा ट्रेमा ५ सेन्टिमिटर माटो राखेर धानको बिउ राख्छन् । यसो गरेर क्षेत्रफल पनि बचाउन सकिन्छ, चिसोबाट पनि धानको बेर्ना बचाउन सकियो ।’

    दुई फरक समयमा चैते धान रोपिन्छ
    नेपालमा दुई फरक सिजनमा चैते धान खेती गरिएको पाइएको छ । कसैले गहुँ काटेर र कसैले तोरी वा आलु भित्रइसकेपछि चैते धान रोप्ने गरेको डा. यादवले बताए । ‘गहुँ काटेर धान खेती गर्ने हो भने फागुन १० गतेपछि बिउ राख्दा हुन्छ,’ उनले भने, ‘तोरी र आलु भित्र्याएर धान खेती गर्ने हो भने अहिलेको समयमा बिउ राख्नु पर्छ, अहिले राखेको बिउ छिटो रोपाइँ गर्न सकिन्छ र फसल लिँदा कम नोक्सान हुन्छ ।’

    चैते धान खेतीका लागि कुन बिउ राम्रो ?

    सामान्यतया धानको २० दिनको बेर्ना रोपाइँका लागि उपयुक्त मानिन्छ । तर चैते धानको बेर्ना उम्रन १५ दिन लाग्ने भएकाले करिब ३५ दिनमा बेर्ना तयार हुने डा. यादवले बताए । उनले यो वर्ष चैते धान रोपाइँका लागि चैते धान–५ जातको बिउ लगाउन सुझाएका छन् । ‘चैते धान–५ जातको धानले उत्पादन बढी दिन्छ, यसको करिब ५ टन प्रतिहेक्टर उत्पादन क्षमता छ,’ उनले भने, ‘यो जातको धान चाँडो तयार हुनका साथै उत्पादन क्षमता बढी छ, यो धान खानामा पनि स्वादिलो छ ।’

    चैते धान–५ जातको धानमा रोग र किराको प्रकोप कम रहने गरेको छ । ‘सिफारिस गरिएको धेरै धानका जात छन्,’ डा. यादवले भने, ‘चितवन, झापातिर हर्दिनाथ–१ जातको धानमा निक ब्लस्ट रोग देखिएको छ, त्यसकारण चितवन, झापातिर हर्दिनाथ ३ र चैते धान ५ लगाउँदा राम्रो हुन्छ ।’

    सिँचाइमा ३० प्रतिशत पानी बचत

    धान उत्पादन गर्नका लागि २० देखि २२ पटक धान खेतमा पानी लगाउनु पर्छ । डा. यादवका अनुसार धान रोपेपछि ५ सेन्टीमिटर लगातार पानी भइराख्नु पर्ने मानसिकता छ । तर हालको अनुसन्धानले ‘अल्टरनेट ट्राइङ इरिग्रेशन’बाट कम पानीमा पनि धान खेती गर्न सकिन्छ । यो प्रविधिमा सिँचाइ गरिसकेपछि धान खेतमा चिरा परेपछि मात्र पानी लगाउने भन्ने छ । कुनै खेतमा चिम्ट्याइलो माटो, कुनैमा बलौटे माटो हुने भएकाले यो प्रविधिबाट पानी कहिले पटाउने भन्ने थाहा पाउन समस्या भएको डा. यादवले उल्लेख गरे । ‘बजारमा पाइने ३० सेन्टीमिटरको प्लास्टिक पाइपलाई २० सेन्टिमिटर जमिनभित्र गाड्ने र १० सेन्टिमिटर जमिन बाहिर राख्ने,’ उनले भने, ‘यसरी पानी पठाउने, जमिनभित्र गाडेको पाइपको पानी नसुक्दासम्म अर्को पानी नपठाउने, यसरी गरेर ३० प्रतिशत पानी बचाउन सकिन्छ ।’

    मलको मात्रा कति ?

    बिरुवा अनुसार मलखादको मात्रा फरक–फरक हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धान उत्पादनका लागि प्रतिहेक्टर १०० केजी नाईट्रोजन, ३० केजी फस्फोरस, ३० केजी पोटास र २० केजी जीङ्क सल्फेट प्रयोगका लागि सिफारिस गरेको छ ।

    कम्पोष्ट मल भने धान रोपाइँ गर्नुभन्दा १५ दिन अगाडि जोतेर माटोमा मिलाउनुपर्छ । नार्कले प्रतिकट्ठा कम्पोष्ट मल २ सय किलो अर्थात् ७ देखि ८ डोको प्रयोग गर्न सिफारिस गरेको छ । यो मल प्रतिरोपनी ३ सय अर्थात् १० देखि १२ डोको प्रयोग गर्न सिफारिस गरिएको छ ।

    यसैगरी प्रतिकट्ठा ६.४ किलो युरिया, डीएपी २.२ किलो र पोटास १.७ किलो प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । प्रतिरोपनी ९.६ किलो युरिया, २.२६ किलो डीएपी र २.५ किलो पोटास प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको मलको मात्रा

    खेतमा मलखाद व्यवस्थापन कसरी गर्ने ?

    धानको बढी उत्पादन लिन मलखादको सन्तुलित प्रयोग गर्नुपर्ने हुन्छ । माटोलाई स्वस्थ राख्न र बढी उत्पादन लिन रासायनिक मलकोसाथै प्रशस्त मात्रामा प्राङ्गारिक मल प्रयोग गर्नु पर्ने बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले ‘चैते धान खेती प्रविधि’ हाते पुस्तिकमा उल्लेख गरेको छ । नेपालमा अझै धेरैजसो कृषकले नाइट्रोजनयुक्त रासायनिक मल (युरिया) मात्र धान बालीमा प्रयोग गरेको पाइको छ । यसले गर्दा बाली हलक्क बढेर ढल्ने तर रोग किराको आक्रमण पनि बढ्ने हुन्छ । साथै लगातार असन्तुलित मल अर्थात् नाइट्रोजनयुक्त युरिया मलमात्र प्रयोग गर्दा केही वर्षपछि माटोमा प्राङ्गारिक पदार्थ कम हुन गई माटोको उर्वराशक्ति ह्रास हुनुका साथै माटो कडा भई खनजोत गर्दा ठुला डल्ला निस्किन्छ, जसले गर्दा जमिन तयार गर्दा बढी खर्च लाग्छ । त्यस कारण नाइट्रोजन सँगसँगै फस्फोरस, पोटासियम र अन्य सुक्ष्मतत्वको पनि प्रयोग गर्नुपर्छ ।

    केन्द्रका अनुसार धान बालीमा जिङ्क सुक्ष्मतत्वको कमी प्रायः देशभरि नै देखिएका कारण जिङ्कको प्रयोग आवश्यक हुन सक्छ । जिङ्क कमी भएको जग्गामा २० किलो प्रतिहेक्टरका दरले जिङ्क सल्फेट (२२ देखि ३५% जिङ्क तत्त्व भएको) प्रयोग गर्नुपर्छ र एक वर्ष सो मात्राको जिङ्क सल्फेट प्रयोग गरेमा कम्तीमा तीन वर्ष पुनः प्रयोग गर्नु पर्दैन ।

    रासायनिक मलको परिमाण भने माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्छ । सकभर मलखादको प्रयोग माटो परीक्षण रिपोर्ट आधारमा गर्नुपर्छ । १ मेट्रिक टन धान उत्पादन गर्न २० केजी नाइट्रोजन ११ केजी फस्फोरस र ३० केजी पोटासियम आवश्यक पर्ने केन्द्रले उल्लेख गरेको छ ।

    शनिबार, माघ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer