• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उद्योग क्षेत्रको ऋणको ब्याजदर एक अङ्कमा झार्न सुझाव


  •   शनिबार, माघ २०, २०८० मा प्रकाशित
  • बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एक अङ्कमा झार्नुपर्ने सुझाव दिएका छन् ।

    Advertisement

    उद्योगमा गरिने लगानीको ब्याजदर बेसरेटका आधारमा कायम गर्नुपर्ने र उद्योगीले एलसी खोल्दा राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिनाब्याज बैङ्कमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले त्यो नियम हटाउनुपर्ने मागसमेत गरेका छन् ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि नेपाल उद्योग परिसङ्घले जिल्लाका उद्योगीसँग पहिलो पटक सुझाव माग गरेपछि रुपन्देहीका उद्योगीले ती सुझाव दिएका हुन् ।

    रुपन्देही उद्योग सङ्घको सभाहल बुटवलमा भएको कार्यक्रममा उद्योगीले हालको विषम परिस्थितिलाई ध्यानमा राखी उद्योगको बिक्री क्षमता वृद्धि गर्न बैङ्कहरूले सरल रूपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समयसीमा स्वतः वृद्धि गर्दै लगेर चालु पुँजी कर्जा तत्काल लागु गर्न नहुने व्यवस्था समेट्न आग्रह गरेको रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष माधव पौडेलले बताउनुभयो ।

    त्यसै गरी अर्का पूर्वअध्यक्ष बाबुराम बोहराले चर्को ब्याजदरका कारण उद्योग क्षेत्र धराशायी भएको, सरकारको नीति नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताउँदै सुधारको माग गर्नुभएको थियो ।

    बैङ्क तथा वित्तीय संस्थाहरूले कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा, युवा उद्यमशीलता कर्जा, पुनर्कर्जा जस्ता कर्जा विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने माग उद्योगीले गरेका हुन् ।

    आयुर्वेद उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालले जडीबुटी आयातमा भन्सार थपिएको तर औषधीमा भन्सार नलागेकाले यहाँका उद्योगी कमजोर भएको गुनासो गर्नुभयो । अर्का उद्योगी रामप्रसाद बस्यालले नेपाल हेलमेट उद्योगमा आत्मनिर्भर हुने अवस्था भएकाले ४५ प्रतिशत भन्सार लगाउनुपर्ने सुझाव दिनुभयो ।

    रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षता र महासचिव हिरामणि भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष रोहित गुप्ताले सरकारले आग्रह गरे अनुसार बजेट बनाउनु समयअगावै मागिएका सुझावका लागि सबै प्रदेश र जिल्लाबाट सुझाव सङ्कलन थालिएको र पहिलो पटक रुपन्देही आएको जानकारी दिनुभयो ।

    उहाँले परिसङ्घले उद्योगमैत्री बजेट बनाउन निरन्तर दबाब दिने, आवश्यक ऐन कानुन निर्माण र संशोधनका लागि वकालत गर्ने काम गरिरहेको बताउनुभयो ।

    शनिबार, माघ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer