काठमाडौं । कटुवा पेस्तोलसहित सुनसरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–१, हर्षाहीका ४० वर्षीय किसान यादव छन् ।
Advertisement
कटुवा पेस्तोल एकथान र त्यसकै गोलीको खोका एकथानसहित शुक्रबार (हिजो) राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भैँसी चोरीमा संलग्न यादवलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सुनसरीकै भोक्राहा नर्सिङ गाउँपालिका–४, लबटोलियाका जुगेश्वर यादवका दुईवटा भैसी चोरी भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । चोरीमा संलग्न उनलाई उक्त हतियारसहित फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न केही व्यक्ति फरार रहेका र उनीहरूको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।




