• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

त्रिविको कानुनले अवैध मान्ने समकक्षता बोकेर साढे १४ वर्षदेखि लाभको पदमा गभर्नर अधिकारी


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । शम्मर पाठक (नाम परिवर्तन) नेपालको एक ख्यातिप्राप्त निजी कम्पनीमा १८ वर्षदेखि कार्यरत छन् । गत वर्ष उनलाई कम्पनी व्यवस्थापनले बढुवा गरेर प्रबन्धक तहमा नियुक्रिका लागि सिफारिस गर्ने भन्दै स्नातकोत्तर उपाधिको शैक्षिक योग्यता माग गर्यो ।

    Advertisement

    पाठकले आफूसँग भएको ‘सीए’ को उपाधि कम्पनी बोर्डमा पठाए । तर, बोर्डले उनीसँग समकक्षता माग ग¥यो । पाठक समकक्षताका लागि त्रिभुवन विश्वविद्यालय पुगे । विश्वविद्यालयको समकक्षता निर्धारण गर्ने पाठ्यक्रम विकास केन्द्रले पाठकलाई समकक्षता दिन नमिल्ने बतायो । उनले पाठ्यक्रमलाई सोधे, किन ? जवाफ आयो ‘तपाईँले पढेको ‘सीए’ व्यवसायिक डिग्री हो । यो प्राज्ञिक डिग्री होइन । त्रिविले शैक्षिक र प्राज्ञिक बाहेकका पाठ्याक्रमका विषयलाई समकक्षता जारी गर्दैन ।

    यो त्रिविको कानुनमा पर्दैन ।’ पाठकले आफू जस्तै स्नातक अध्ययन सकेर सीए पास गरेका केही पुरानाले स्नातकोत्तर समकक्षता पाएको जिकिर गरे । तर, त्रिविको पाठ्यक्रमका अधिकारी त्यो मान्न तयार भएनन् । उनी पुगे केन्द्रका प्रमुख प्रा.डा. पारसनाथ यादवको कार्यकक्षमा ।

    पाठकले आफ्नो सबै समस्या यादवलाई सुनाए । डा. यादवले सबै कुरा सुने तर त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० र संशोधन २०७७ असोज (रातो किताब) को नियमले त्रिविबाट समकक्षता जारी हुन नसक्ने बताए । यादवले पनि सीए शैक्षिक र प्राज्ञिक डिग्री नभएको बताए ।

    सीए सकिएपछि पढाइ पुग्छ भनेर बसेका पाठक कम्पनीको उच्च नेतृत्वमा पुग्ने मुखैमा आएर भने रोकिन पुगे । आफ्नो कम्पनीमा प्रबन्धक तहमा बढुवा हुन सीएको योग्यताले नपाएपछि उनले गत वर्ष नै त्रिवि अन्तर्गतकै एक क्याम्पसमा एमबीए भर्ना भएर पढाइ अघि बढाइरहेका छन् । ‘पहिले समकक्षता पाइन्थ्यो अरे, तर, अहिले नपाइने रहेछ’ पाठकले सिधाकुरासँग भने,‘अब एमबीए सकिएपछि बढुवा खाउँला ।’

    तर, उनलाई एउटा प्रश्नले सधैँ घोच्छ । समान योग्यताका कोही मानिसले त्यसो भए कसरी समकक्षता पाए त ?

    निजी कम्पनीको प्रबन्धक तहको पदमा बढुवाका लागि ‘सीए’को समकक्षता नपाएका पाठक एक जान मात्रै छैनन् र होइनन् । तर, पाठकका जस्तै ‘सीए’ को सर्टिफिकेट भएका महाप्रसाद अधिकारी त्यसैलाई स्नातकोत्तर (एम कम) मानेर नेपाल राष्ट्र बैंक हाँकिरहेका छन् ।

    स्नातक अध्ययनपछि गरेको ‘सीए’ पासलाई स्नातकोत्तरको शैक्षिक प्राज्ञिक डिग्री सरह समकक्षता गराएका अधिकारीले सोही योग्यता देखाएर नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर (५ वर्ष), लगानी बोर्डको कार्यकारी निर्देशक (५ वर्ष ११ महिना) र फेरि नेपाल राष्ट्र बैंकको गर्भनर भएर साढे ३ वर्षसमेत गरेर कुल साढे १४ वर्ष लाभको पद लिइसकेका छन् । एउटै शंकास्पद योग्यतामा टेकेर डेढ दशकदेखि लाभको पदमा अधिकारी आसिन देखिन्छन् ।

    गभर्नरले कसरी पए ‘स्नातक + सीए’ लाई ‘एम कम’ को समकक्षता ?

    बि.स.२०६७ साल असारमा त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण सम्बन्धमा एउटा कार्यविधि तयार गर्यो । शैक्षिक समकक्षता सम्बन्धी उक्त कार्यविधि तत्कालिन कार्यकारी निर्देशक डा.केशवकुमार श्रेष्ठले तयार गरेका थिए ।

    उक्त निर्देशिकामा विश्वभरका विभिन्न विश्वविद्यायलका पाठ्यक्रमको समकक्षता निर्धारण गर्दा भोलुम १६९ मा ‘द इन्स्टिच्युट अफ चाटर्ड एकाउन्टेन्ट अफ इन्डिया’ बाट स्नातक प्लस चाटर्ड एकाउन्टेन्सी गरेको खण्डमा ‘एम कम’ सरह मान्यता हुने भन्ने उल्लेख छ ।

    विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका अनुसार यो कार्यविधिमा टेकेर ‘द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया’ बाट सीए पढेका सीमित व्यक्तिहरुले समकक्षता लिएको त्रिविको अभिलेखमा देखिएको छ । यसरी समकक्षता पाउनेहरुमा हालका गर्भनर महाप्रसाद अधिकारी, यस अघि नेपाल राष्ट्र बैंकमा सञ्चालक रहेका बालकृष्णमान सिंह लगायत राजनीतिक छत्र छायाँमा बसेर लाभका पद ओगट्नेहरु छन् ।

    नेपाल तथा भारत वा तेस्रो देशका विभिन्न इन्स्टिच्युटमा सीए पढाइ हुने भए पनि त्रिविको कार्यविधिमा नियतबस ‘द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया’ को सीएलाई मात्रै ‘एम कम’ को मान्यता दिने निर्णय भएको थियो ।

    त्रिविको प्राज्ञिक परिषद्बाट पारित भएर जारी भएको समकक्षता २०७८ असार २१ मा आएर भने अवैध भन्दै रोकिएको थियो । २०७८ असार २१ गते विश्वविद्यालयको व्यवस्थापन संकाय र पाठ्यक्रम विकास केन्द्रले समकक्षता रोक्ने निर्णय गरेको थियो । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले त्रिवि प्राज्ञिक परिषद्लाई पत्राचार गर्दै समकक्षता रोकेका थिए ।

    समकक्षता रोकेपछि त्रिवि व्यवस्थापन संकायले एक समिति गठन गरेर स्नातक सरह समकक्षताका लागि भने सीएको पाठ्याक्रममा क्रेडिट आवर थप्ने र रिसर्चसहितको थप १५० पूर्णाङ्कको पाठ्यक्रम थप गर्ने प्रस्ताव त्रिवि प्राज्ञिक परिषद्मा गरेको थियो । तर, स्नातक गरेर सीए गरेको खण्डमा स्नातकोत्तर सरहको मान्यता कुनै हालतमा कानुनी नहुने संकायको दाबी प्रस्तावमा छ ।

    कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?

    पाठ्यक्रम विकास केन्द्रले विश्वविद्यालय शिक्षा परिषद्मा पठाएको प्रस्तावको पत्रअनुसार नेपालबाट प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरी भारत वा अन्य मुलुकबाट सीए पास गरेर पुनः नेपाल आएर त्रिविबाटै स्नातक गरेको खण्डमा समकक्षता गराउन पर्दैन । तर, त्रिविबाहेकबाट स्नातक गरेको खण्डमा भने स्नातक सरह समकक्षता त्रिविले गराउँछ ।

    तर, स्नातक पास गरेर अन्य मुलुकबाट सीए गरेको खण्डमा स्नातकोत्तरको समकक्षता दिन नसकिने निर्णय त्रिविको प्राज्ञिक परिषद्ले गरेको छ । त्रिवि स्रोतका अनुसार त्यसैका कारण पछिल्लो ३ वर्षदेखि यस्तो समकक्षता रोकिएको छ ।

    महाप्रसादहरुले पाएको समकक्षता अरुलाई किन रोकियो ?

    त्रिविमा कार्यविधि नै बनाएर एउटा मात्रै संस्थाको विद्यार्थीलाई समकक्षता दिइएको भेटिएपछि २०७८ सालमा विश्व विद्यालयको डिन कार्यालय अन्र्तगतको फ्याकल्टी बोर्डले सो अवैध भएको भन्दै रोक्ने निर्णय गरेको थियो ।

    विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० र संशोधन २०७७ असोज (रातो किताब) ले शैक्षिक र प्राज्ञिक डिग्रीलाई मात्रै समकक्षता प्रदान गर्ने स्पष्ट पार्दा पार्दै ‘सीए’ जस्तो व्यवसायिक (भोकेसनल) डिग्रीलाई प्राज्ञिक डिग्रीको मान्यता दिइएको पाइएपछि यस्तो निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका हालका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादव बताउँछन् ।

    ‘सीएलाई प्राज्ञिक डिग्री बनाउन सकिन्छ तर यसका लागि ति विद्यार्थीहरुबाट परिक्षा लिएर क्रेडिट आवर थप्नु पर्छ,’ यादव भन्छन् ‘उनीहरु उत्र्तीण भएको खण्डमा मात्रै समकक्षता पाउँछन् । या यसका अरु प्रावधानहरु बनाउन सकिन्छ ।’

    उनका अनुसार त्रिविमा स्नातकोत्तर उत्र्तीर्ण गर्न विद्यार्थीलाई झण्डै ४ वर्ष लाग्छ । विश्वविद्यालयको डिग्रीलाई कडा नियमन गरिएको हुन्छ । तर, नियमन नै नभएको पाठ्यक्रमको ‘सीए’ लाई सिधै डीग्रीको मान्यता दिएर विश्वविद्यालयको विद्यार्थीमाथि अन्याय हुने भएर पनि रोकिएको यादव बताउँछन् । यस अघि जारी भएको त्यस्ता समकक्षता फर्जी र केही मानिसलाई पदमा पुर्याउनका लागि बाँडिएको कृतिम प्रमाण पत्र भएको प्रा.डा.यादवको दाबी छ ।

     

    विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राध्यापक डा.डिल्लीराम शर्माका अनुसार एक दुई वटा स्नातकोत्तरको समकक्षता स्नातक प्लस ‘सीए’ लाई मानेर विश्वविद्यालयबाट जारी भएको पाइएको छ । तर,उनी ‘सीए’ विश्वविद्यालयबाट प्रमाणित शैक्षिक डिग्री नभएको बताउँछन् ।

    पहिले वितरण भएको यस्तो समकक्षता डिग्रीलाई टेकेर सिधै एमफिल र पीएचडी गर्न सक्ने देखिएपछि डीग्रीको उपदेयता नै समाप्त भएको एक र अर्को त्रिविको कानुनले नै यसलाई निषेध गरेको हुनाले रोकिएको शर्मा बताउँछन् । ‘इन्स्टिच्युटबाट सीए गरेर विश्वविद्यालयले स्नातकोत्तर मान्दिने भएपछि स्नातकोत्तरको शैक्षिक पाठ्याक्रम किन चाहियो ? यसरी कुनै पनि हालतमा स्नातकोत्तर (मास्टर्स) मान्न र समकक्षता दिन सकिदैन । यो त्रिविको कानुनले पनि मिल्दैन ।’

    त्यसो त त्रिविको कानुन मै नभएको स्नातक प्लस सीएलाई स्नातकोत्तरको मान्यता केही व्यक्तिहरुले त्रिवि चिप्लिएका कारण पाएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.शिवलाल भुसाल बताउँछन् ।

    हिजोका दिनमा त्रिविबाट गल्ती हुँदा यस्तो समकक्षता जारी भएको र यो विषय अदालतबाटै पनि रोकिएको उनी बताउँछन् । यसरी किताबमै तोकेर जारी भएको सीएको समकक्षता सम्बन्धी प्रकाशन विश्व विद्यालयले खारेज गरेको पनि भुसालले प्रष्ट्याए । भुसालका अनुसार यस्तो समकक्षताबारे त्रिविले पूर्व रेक्टरहरुसँग समेत छलफल गरेको थियो ।

    ‘पूर्वजहरुका अनुसार १० वर्षअघि यस्तो समकक्षता व्यवस्थापन संकायको ‘एमफिल’ कक्षा सञ्चालनका लागि जारी गरिएको थियो,’ निमित्त उपकुलपति भुसाल भन्छन्,‘तर, त्यसको दुरुपयोग गरेर पद पाउनका लागि प्रयोग गरेको भन्ने सुनियो ।’ पूर्व रेक्टरहरुसँगको छलफलपछि यसरी समकक्षता जारी गर्ने प्रकाशन त्रिविले यस अघि नै खारेज गरेको उनको भनाई छ । ‘त्रिविको कानुनले स्नातक गरेर सीए गरेकालाई स्नातकोत्तरको शैक्षिक र प्राज्ञिक डिग्रीको समकक्षता दिदैन,’ भुसालले भने, ‘ हामीले अहिले रोकेका छौँ तर जारी भएकाको समकक्षात खोज्दै हिँडेका छैनौँ ।

    कुनै समकक्षतालाई लिएर मुद्दा नै परेको अवस्थामा विश्वविद्यालयलाई अदालतबाट सोधनी भएको खण्डमा यो मान्यता नदिइएको भनेर जवाफ लेख्छौँ ।’ उपकुलपति भुसालका अनुसार सीएको समकक्षता सम्बन्धमा त्रिविको कानुन र पूर्व रेक्टरसहितको छलफल र रायबाटै विश्वविद्यालय यो निश्कर्षमा पुगेको हो ।

    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० र संशोधन २०७७ असोज (रातो किताब) ले त्रिविमा अध्यापन हुने बाहेकका स्वदेशी तथा विदेशी विश्व विद्यालयका शैक्षिक र प्राज्ञिक संस्था र तिनका प्रमाण पत्र र उपाधीलाई मात्रै मान्यता र समकक्षता प्रदान गर्ने विश्वविद्यालयले स्पष्ट पारेको छ ।(सामाजिक संजाल)

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer