• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाको नमुना काम, कृषि एम्बुलेन्स सेवा शुरु


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • खोटाङ । दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    पहिलो दिन वडा नं ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन सुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए ।

    कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ । प्रतिकेजी ३० मा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन् ।

    नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिए । “हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यावसायिक खेती गरेका थियौँ । पहिलो पटकमा राम्रो उत्पादन भएको छ”, उनले भने, “यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजलगायत विभिन्न प्रजातिका फलफूल तथा तरकारीखेती गर्ने तयारी गरेका छौँ । सामूहिकरुपमा सुरुआत गरिएको तरकारीखेतीलाई व्यावसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ ।”

    नगरपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स लिएर नगरप्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईलगायत खार्मी पुगेका थिए । आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

    नगरपालिकाले सुरुआत गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकलाई ठूलो राहत हुने वडा नं २ सोल्मा अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । “ढुवानी नहुँदा धेरै कृषकको कृषिउपज बारीमै कुहिएर गइरहेको छ । ढिलै भए पनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यसले निरन्तरता पाउन जरुरी छ”, उनले भने, “यो महत्वकाङ्क्षी कार्यक्रम हो । दुई/चार महिना सञ्चालन गरेर बन्द गरेका खण्डमा कृषकको लगानी डुब्नेवाला छ ।”

    कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि नगरपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिए। “हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ । गाउँगाउँमा कृषक समूह गठन गरिएको छ । कृषक समूह आबद्ध तथा व्यक्तिगतरुपमा कृषि पेसा अपनाएका कृषकलाई नगरकोतर्फबाट बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ”, उनले भने, “कृषकले उत्पादन गरेका कृषिउपज खेर जाँदैन । उहाँहरु आफैँ बिक्री गर्नुहुन्छ, हामी ढुवानी गरिदिन्छौँ । उहाँहरुले आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफैँ खरिद गर्छौं । यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ ।”

    पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ । परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडीलगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किबीको बेर्ना र चार लाख बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ । केरा पकेट क्षेत्रअन्तर्गत छ लाखको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिए ।

    नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष ४० लाख बजेट रहेको नगरपालिकाले जनाएको छ । रासस

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer