• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भन्सार यार्डमा रोकिएका गाडी भित्र्याउन सरकारको ताकेता


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • काठमाडौं । विभिन्न समयमा भन्सार यार्डमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले नै ताकेता सुरु गरेको छ ।

    Advertisement

    भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार यस्ता गाडी २ हजार भन्दा बढी संख्यामा रहेका छन् ।

    विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको छ । कुनै पनि वस्तु ६० दिनभित्र भन्सार जाँचपास नगरे जफत गरी लिलामी प्रक्रियामा जाने नियम छ ।

    तर, सवारी साधनको हकमा भने केही लचिलो बनेर प्रक्रियागत रुपमै भित्राउन पहल थालिएको उनले जानकारी दिए ।

    ‘अहिले सरकारको राजस्व घटेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा भन्सार यार्डमा रोकिएका सवारी साधन भित्राउन आग्रह गरिरहेका छौं ।’

    यसरी ताकेता गर्दा समेत गाडीहरु नभित्रिएमा भने जफत र लिलामी प्रक्रियामा जानु पर्ने अवस्था आउने उनको भनाइ छ ।

    सामान्यतया सवारी साधनलाई जफत गरी लिलामी प्रक्रियामा लैजानु भन्दा कर लिएर भित्राउँदा सरकारलाई फाइदा हुन्छ ।

    कुन-कुन भन्सारमा छन् जाँचपास नभएका गाडी ?

    भन्सार विभागका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभरमा धेरै गाडी थुप्रिएका छन् । यस्ता गाडीको संख्या २ हजार भन्दा बढी रहेको विभागका निर्देशक खड्काले जानकारी दिए ।

    उनका अनुसार व्यवसायीले बजारमा माग नभएको भन्दै यार्डमा ल्याएका सवारी साधन समेत भित्राउन आनाकानी गरेका हुन् । अर्कोतर्फ यस वर्ष विद्युतीय सवारी साधनको माग बजारमा बढी छ । सोही अनुसार विद्युतीय सवारी साधन भित्रने क्रम समेत उत्तिकै छ ।

    जफत सामान लिलामी प्रक्रियामा तीव्रता

    भन्सार विभाग मातहतका विभिन्न कार्यालयले जफत गरेका मालवस्तुको लिलामी प्रक्रियालाई यतिबेला तीव्रता दिएका छन् ।

    गौर भन्सारले आइतबार एक सूचना प्रकाशित गरी चोरी पैठारी/निकासी अभियोगमा कार्यालयको गोदमममा थुप्रिएका मालवस्तु २८ माघका दिन लिलामी गर्ने गरी प्रस्ताव आह्वान गरेको छ ।कार्यालयले ५९ लाख ६७ हजार मूल्य अनुमान गरिएका मालवस्तुको लिलामी गर्दैछ । यसमा अधिकांश लत्ताकपडा छन् ।

    ठाडी भन्सार कार्यालयले १८ माघमा एक सूचना प्रकाशित गरी मालवस्तुको लिलामीका लागि प्रस्ताव आह्वान गरेको छ । लत्ताकपडा, जुत्तालगायतका वस्तु लिलाममा राखिएको कार्यालयले जनाएको छ ।

    सिराहा भन्सारले २१ माघमा सूचना प्रकाशित गरी २६ लाख ७४ हजार मूल्यांकन बराबरको मालवस्तु लिलामी गर्न लागेको जनाएको छ । भन्सार नियन्त्रणमा रहेका प्याजका बोरा, कपडा, ब्रिफकेस, मैदा, चिनीसहितका मालवस्तुको हकदाबीका लागि समेत आह्वान गरेको छ ।

    कञ्चनपुर भन्सारले १८ माघमा सूचना प्रकाशित गरी १२ लाख ९ हजार ५४४ रुपैयाँ मूल्यांकन गरिएका सामान लिलामीमा राखेको छ । जसमा लत्ताकपडा र भाडा वर्तन धेरै छ ।

    कैलाली भन्सारले १८ माघमा ठूलो मात्रामा मालवस्तु लिलामी र हकदाविका लागि सूचना निकालेको छ ।

    यसैगरी १७ माघमा त्रिभुवन विमानस्थल भन्सारले टेलिभिजन सेटसहित ३६ भन्दा बढी वस्तुको हकदाबीका लागि सूचना निकालेको छ ।

     

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer