• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नालीबेली नक्कली लाइसेन्सको


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयहरूबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण भएको आशंका गरेको छ । विभागले गरेको अध्ययन प्रतिवेदनले पूराना ‘कागजी लाइसेन्स’ भनेर हजारौंको संख्यामा नक्कली लाइसेन्स बनेको उल्लेख गरेको छ ।

    Advertisement

    कुन मितिमा कुन कार्यालयबाट यसरी यस्ता लाइसेन्स जारी भए भन्ने सो प्रतिवेदनमा उल्लेख छ । यसरी दुई किसिमले नक्कली लाइसेन्स वितरण भएको विभागले जनाएको छ ।

    कागजी लाइसेन्स भनेर नयाँ बनेका करिब ५८ हजार

    कागजी लाइसेन्स भनेर हाल सञ्चालित इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीमा ‘इन्ट्री’ भएका करिब ५८ हजार लाइसेन्समध्ये निकै धेरै नक्कली हुनसक्ने प्रतिवेदनको निष्कर्ष छ । यसरी ईडीएल प्रणालीमा सबैभन्दा धेरै लाइसेन्स यातायात व्यवस्था कार्यालय कास्की र लुम्बिनीबाट इन्ट्री भएर बायोमेट्रिक लिई वितरण भएको पाइएको छ ।

    बाह्रखरीलाई प्राप्त प्रतिवेदनका अनुसार कास्कीबाट १५ हजार ५५७ वटा लाइसेन्स कागजी भनेर नयाँ वितरण भएका छन् । यस्तै लुम्बिनीबाट ११ हजार ४७७ लाइसेन्स वितरण भएका छन् । नेपालगञ्जबाट सात हजार ३८६, बाग्लुङबाट चारहजार ७९७ र ललितपुरको एकान्तकुनाबाट तीन हजार ७२५ लाइसेन्स वितरण भएको छ ।

    यस्तै वीरगन्जबाट तीन हजार ६०८, इटहरीबाट दुई हजार ९०९, जनकपुरबाट दुई हजार ३३६ र झापाबाट एक हजार ९७६ लाइसेन्स वितरण भएको छ । दाङबाट एक हजार ५०९, लहानबाट एक हजार ४७२, धनगढीबाट ९३२, दिपायलबाट ३१५ र जुम्लाबाट ३०९ लाइसेन्स वितरण भएको छ ।

    भक्तपुरको राधेराधेबाट आठ, बर्दिबासबाट सात, काठमाडौंको चाबहिलबाट तीन, हेटौंडाबाट तीन लाइसेन्स वितरण भएको छ । अठारवटा लाइसेन्स बिक्री हुनसक्ने स्थितिमा पाइएको छ । कागजी लाइसेन्स भनेर वितरण भएका यी लाइसेन्स सम्बन्धित प्रदेश र त्यसमातहतका कार्यालयले ढड्डा हेरि भेरिफाइ गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

    विवरण नभेटिएका करिब १५ हजार नक्कली लाइसेन्स

    यातायात व्यवस्था विभागले ढड्डामा रहेका लाइसेन्स डिजिटल अथवा कम्प्युटराइज्ड तरिकाले राख्न ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन प्रणाली (डीएलआरएस) ल्याएको थियो ।

    सुरुवाती समयमा ढड्डामा राखिएका लाइसेन्सको विवरण डीएलआरएसमा राखिन थालेको थियो । डीएलआरएसमा राखिएको विवरण हालको ईडीएल प्रणालीमा राखेर स्मार्ट लाइसेन्स दिइन थालेको थियो । तर, डीएलआरएसबाट ईडीएलमा राखिएका करिब ३० हजार ८ सय लाइसेन्सको आईडी र एप्लिकान्ट आईडी डीएलआरएसमा फेला नपरेपछि धेरै लाइसेन्स नक्कली हुनसक्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

    ईडीएल प्रणाली निर्माता कम्पनी मद्रास सेक्युरेटी प्रेसलेसमेत डीएलआरएसबाट सारिएको भए लाइसेन्स आईडी र एप्लिकान्ट आईडी उस्तै हुनुपर्ने बताएको छ । त्यसैकारण यसरी वितरण भएका करिब १५ हजार लाइसेन्स नक्कली ठानिएको छ ।

    यसरी सबैभन्दा धेरै तीन हजार ५१८ लाइसेन्स वीरगन्जबाट वितरण भएको छ । लुम्बिनीबाट तीन हजार १८७, कोसीबाट एक हजार ९४८ र कास्कीबाट एक हजार ३२३ लाइसेन्स वितरण भएका छन् । यस्तै विर्तामोडबाट ९५५, जनकपुरबाट ९५५, लाहानबाट ७८३, राप्तीबाट ३५१ र ललितपुरबाट २९५ लाइसेन्स वितरण भएका छन् ।

    यस्तै सेतीबाट २८०, भेरीबाट १९४, ठूलो भर्‍याङबाट २, महाकालीबाट ६९, जुम्लाबाट ४६ र जगातीबाट २ लाइसेन्स वितरण भएका छन् । हेटौंडाबाट ७, धौलागिरीबाट ५४, चाबहिलबाट ३९, बर्दिबासबाट २ र इलाम, गाइघाट, डोटीबाट एक एक वटा लाइसेन्स वितरण भएका छन् ।

    बायोमेट्रिक लिएर वितरण भइसकेका यी लाइसेन्सहरू सम्बन्धित कार्यालयबाट भेरिफाइ गराउनुपर्ने निष्कर्ष प्रतिवेदनको छ ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer