• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जन्ममिति नै स्पष्ट नभएका बहुनागरिकता धारी पाण्डेयलाई राष्ट्रपतिले गरे महासचिवमा नियुक्ति


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । तीनवटा नागरिकता र दुईवटा राहदानी बनाएका पद्मप्रसाद पाण्डेयलाई सभामुख र राष्ट्रियसभा अध्यक्षको दबाबमा संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका छन् ।

    Advertisement

    राष्ट्रपति पौडेलले पाण्डेयले सचिवबाट दिएको राजीनामा स्वीकृत गरेको केही मिनेटमै महासचिव नियुक्ति गरेका थिए । पाण्डेयको तीनवटा नागरिकता र त्यसैबाट बनाइएका राहदानीका बारेमा राष्ट्रपति पूर्णतः जानकार थिए ।

    पाण्डेयले यसअघि ६ वर्ष उमेर घटाएर नागरिकता बनाएको विषयमा बाह्रखरीले समाचार प्रकाशित गरेको थियो ।

    सो नागरिकता उनले १० वर्षसम्म कायमै राखेर रद्द गराएका थिए । रद्द गराउने बेलामा प्रमुख जिल्ला अधिकारीलाई नै सरुवा गराएर पुरानो नागरिकता कायम गराइएको थियो ।

    रद्द गराएपछि उनले लिएको अर्को नागरिकता पनि पुरानोको प्रतिलिपि नभई नयाँ नम्बरको रहेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त सरकारकै कागजातबाट उनले तीनवटा नागरिकता र दुईवटा पासपोर्ट लिएको खुलेको समिति स्रोतले जानकारी दियो ।

    सो समितिले छानिबन पूरा नगर्दै राष्ट्रपतिले पाण्डेयलाई नियुक्ति दिएका हुन् । पहिले राष्ट्रपति कार्यालयले नै रोकेर राखेको उनको नियुक्ति प्रक्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकजना सांसदले दिएको दबाबपछि राष्ट्रपति पौडेल अडानबाट पछि हटेको स्रोतले जानकारी दियो ।

    पाण्डेयविरुद्ध परेको उजुरीका विषयमा संसदीय समितिले मागेको विवरणमा गृह मन्त्रालयले परराष्ट्रबाट स्पष्ट हुनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पठाएको थियो ।

    परराष्ट्रले पाण्डेयले दुईवटा पासपोर्ट पनि लिएको विवरण समितिसमक्ष पठाएको स्रोतले जानकारी दियो । तर समितिमा त्यस विषयमा छलफल भने भइसकेको छैन ।

    सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नै ‘विवादित’ पाण्डेयलाई नियुक्ति गर्नैपर्ने अडानमा उत्रिएका थिए । पाण्डेयको नियुक्तिका लागि अघिल्ला महासचिव भरत गौतमलाई ९ महिना पहिल्यै दबाबमा राजीनामा गर्न लगाइएको थियो ।

    सोमबार पनि सभामुख घिमिरेले कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा पाण्डेयको बचाउ गर्दै नियुक्ति गर्नुपर्ने बताएका थिए । पाण्डेयका विषयमा उठेका प्रश्नमा उनलाई नै सोधेर स्पष्ट भएको सभामुखको प्रतिक्रिया थियो ।

    कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा ‘संघीय संसदको महासचिव हुन कतिवटा नागरिकता हुनुपर्छ सभामुखज्यू ?’ भन्ने प्रश्नमा सभामुख झोक्किएका थिए ।

    “यो कस्तो प्रश्न हो ? तपाईंले कस्तो प्रश्न गर्दै हुनुहुन्छ ?,” सभामुख घिमिरेले प्रश्नकर्तालाई प्रतिप्रश्न गरेका थिए । अहिलेसम्म महासचिवको नागरिकताका विषयमा आएका विषय थाहा पाउनुभएको छैन ? भन्ने अर्को प्रश्नपछि घिमिरेले पाण्डेयको बचाउ गरेका थिए ।

    “सचिवको योग्यता भएर काम गरिराख्नुभएको छ । महासचिवका लागि योग्य हुनुुहुन्छ । जहाँसम्म तपाईंले प्रश्न सोध्नुभयो । पत्रपत्रिकामा आइसकेपछि यही कारण उहाँको नियुक्ति रोकिएको हो, उहाँचाहिँ अयोग्य हुनुहुन्छ, नागरिकता दुईवटा छन्, तीनटा छन् त्यसकारण भन्ने कुरा कहिँबाट मलाई त आ’को छैन,” सभामुख घिमिरेले भनेका थिए, “म उहाँ योग्य हो र उहाँ महासचिव बन्नुहुन्छ भन्नेमा आशावादी छु ।”

    उनले पाण्डेयको बचाउको आधार भने उनीसँगै सोधेर प्रस्ट भएको भनेर राखेका छन् ।

    “जहाँसम्म यी कुरा आइसकेपछि मैले उहाँलाई नै सोधेको छु,” उहाँले त स्वीकार्नुभएको छ नि भन्ने प्रश्नमा सभामुख घिमिरेले भने, “उहाँले के स्वीकार्नुभएको छ भने मेरो नागरिकता हरायो, नयाँ नागरिकता बनाएँ । नयाँ नागरिकतामा नम्बर पनि फरक छ, जन्म मिति पनि फरक भए पनि त्यो नागरिकता मैले कहिँ पनि प्रयोग गरिन । कहिँ प्रयोग नगरेपछि मेरो नागरिकता पुरानो भेटाइयो । भेटिएपछि दुईवटै नागरिकता फिर्ता गरेपछि जे पुरानो हो त्यही मलाई जिल्लाले दियो, त्यसकारण म सहि छु भन्ने ठाउँमा उहाँ हुनुहुन्छ ।”

    तर सभामुखले राज्यसँग सोधपुछ नगरी आरोपितसँग सोधेको जवाफ दिएका थिए । राष्ट्रपति पौडेलले पनि नागरिकता र राहदानी दुरुपयोगको प्रश्न उठिरहेका विषयमा राज्यका निकाय र सिफारिसकर्तासँग प्रश्न सोध्नुको साटो नियुक्ति गरिदिएको संघीय संसद्का एक उच्च कर्मचारी बताउँछन् ।

    राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले भने आधारभुत विषयमा प्रश्न नरहेको भन्दै उनले प्रतिनिधिसभा सचिवबाट राजीनामा दिएपछि नियुक्ति भएको बताए । कुँवर र पाण्डेय दुवै महान्यायाधीवक्ताको कार्यालयमा सँगै कार्यरत थिए ।

    “कार्यविधिगत कुरामा अलिकति अलमल थियो । सारभूत कुरामा थिएन । कार्यविधि मिलेपछि नियुक्त भएर जानुभयो,” कानुनी सल्लाहकार कुँवरले भने, “उहाँले सचिवबाट राजीनामा गरेपछि महासचिवमा सिफारिस भइ आए बमोजिम नियुक्त गरिएको हो ।”

    राज्य व्यवस्था तथा सुशासन समितिले भने आएको उजुरीमा जारी छानबिन नियुक्तिले नरोकिने जनाएको छ । समिति सभापति रामहरि खतिवडाले सिफारिस र नियुक्तिले प्रश्न उठेका विषयको छानबिन नरोकिने बताए ।

    “समितिले गरिरहेको छानबिन नियुक्तिका कारण रोकिँदैन,” सभापति खतिवडाले भने, “सिफारिसकर्ताले सिफारिस गर्नुभयो, नियुक्ति राष्ट्रपतिले गर्नुभयो । समितिले आफ्नो काम गरिरहन्छ ।”

    कानुनविद् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले तीनवटा नागरिकता र दुईवटा राहदानी बनाएका पाण्डेयलाई महासचिव पद ‘बक्सिस’ दिइनुले राज्यको अनुहार उदांग भएको बताए ।

    “मैले पद्मप्रसाद पाण्डेयका विषयमा आफैँले अध्ययन गरेको छैन । मिडियामा सार्वजनिक प्रमाणहरु सत्य हुन् भने उनी कानुनी रुपमा दण्डित हुनुपर्ने व्यक्ति हुन्,” वरिष्ठ अधिवक्ता न्यौपानेले बाह्रखरीसँग भने, “त्यस्ता व्यक्तिलाई योग्य देख्ने दृष्टिले सिफारिसकर्ता र नियुक्तिकर्ताको व्यक्तित्वको ऐना देखाइदिएको छ ।”

    उनले राज्य संयन्त्रमा ‘अपराधीहरुको राज’ रहेको भन्दै नियुक्तिका लागि उपयुक्त पात्र पाएकोमा बधाई दिए । पाण्डेयले ०४६ सालमा बनाएको नागरिकतामा २०२६ साल असोज १५ गते जन्ममिति छ भने ०६६ सालमा बनाएको नागरिकतामा २०३२ साल पुस २६ गते जन्म मिति उल्लेख छ ।

    ०७६ सालमा भने उनले लिएका दुवै नागरिकता रद्ध गरी तेस्रो नागरिकता लिएका थिए ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer