• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विरक्तियका वामदेव राष्ट्रिय सभामा


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर वामदेव गौतमले ‘माननीय पद कहिले जाला जस्तो भएको’ बताएका छन् । गौतम राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुन् । २०७४ मा बर्दियाबाट प्रतिनिधि सभाको चुनाव हारेका गौतमलाई १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

    Advertisement

    त्यसबेला राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयनका लागि संविधानमा व्यवस्था गरिएको कोटामा प्रतिनिधि सभाको चुनाव हारेका व्यक्तिलाई लगिएको भनी आलोचना भएको थियो । उक्त आलोचनालाई वास्ता नगरी शपथ लिएका गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनको वकालत गरिरहेका थिए ।

    प्रतिनिधि सभाको चुनाव हारेपछि गौतमले प्रतिनिधि सभामै आउन जोडबल गरेका थिए । काठमाडौं–७ बाट उपचुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने उनको योजना थियो । त्यसका लागि त्यहाँबाट निर्वाचित रामवीर मानन्धरलाई मनाउन सफल भए ।

    मानन्धरले पत्रकार सम्मेलन गरेर गौतमका लागि छाड्न तयार भएको बताए । तर, जनविरोधका कारण सफल हुन सकेनन् । हेलिकप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको मृत्यु भएपछि खाली भएको कास्की–२ बाट गौतमले चुनाव लड्न खोजे ।

    तर, कतैबाट पनि प्रतिनिधि सभामा छिर्न सकेनन् । त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जोडबलमा राष्ट्रिय सभा सदस्यमा मनोनित भए । त्यसपछि आफू प्रधानमन्त्रीको दौडमा रहेको भनी उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनका लागि प्रयास गरे ।

    संविधानतः राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म हुनसक्छन्, प्रधानमन्त्री हुन प्रतिनिधि सभा सदस्य नै हुनुपर्छ । तर, प्रधानमन्त्रीको आकांक्षा राख्दै राष्ट्रिय सभा पुगेका गौतमले त्यसका लागि प्रयास गरे पनि सफल नभएपछि निराश भएका हुन् ।

    राष्ट्रिय सभा सचिवालयका अनुसार बुधबार बोल्छु भनी उनले समय मागेका थिए । कार्यव्यवस्था परामर्श समितिको सुझाव समेतका आधारमा संसद सचिवालयले बामदेव गौतमलाई पाँच मिनेट समय तय गरेको थियो ।

    बुधबार रोष्ट्रममा बोल्न पुगेका गौतमले राष्ट्रिय सभा सदस्य पदलाई ‘अपमानित पद’को संज्ञा दिए । ‘अहिलेको आर्थिक सम्बन्धमा मात्रै म भन्न चाहन्छु । किनभने, पाँच मिनेटमा मैले बोल्नुपर्छ र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने पनि मलाई लाग्छ’, गौतमले भने ।

    राष्ट्रिय सभा बैठक सकिएपछि कुराकानीमा सांसद गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य पद साँच्चै अपमानित पद महसुस भएको बताए ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाका बीचमा अनेकन् विभेद रहेको र विभेदकै कारण आफूले कहिल्यै राष्ट्रिय सभा पद सम्मानित पद हो भनी बोध गर्न नसकेको भनी सांसद गौतमले आफू निराश हुनुको कारण सुनाए ।

    उनी भन्छन्, ‘प्रतिनिधि सभालाई भन्दा राष्ट्रिय सभालाई विभेद छ । प्रतिनिधि सभाका प्रधानमन्त्री बन्न पाउँछन् । राष्ट्रिय सभाका प्रधानमन्त्री बन्न पाउँदैनन् । सरकार बनाउन पनि राष्ट्रिय सभाको भूमिका हुन्न । राष्ट्रिय सभा पूरै उपेक्षित छ ।’

    आफू राष्ट्रिय सभामा मन नहुँदा नहुँदै बसिरहेको उनको भनाइ छ । ‘यस्तो सभा (राष्ट्रिय सभा)मा मन नहुँदा नहुँदै बस्नुपरेको छ । यो कुरा मैले अन्यत्र पनि भन्ने गरेको छु । आज सदनमा भनेको त्यही हो’, गौतमले सन्चारमाध्यमसँग भने ।

    ‘राष्ट्रिय सभामा मनोनित सांसदलाई बोल्न पाँच मिनेट दिइन्छ । पार्टीका लागि जति समय पनि दिइन्न’ उनले भने, ‘पाँच मिनेटमा म विचार व्यक्त गर्न नै सक्दिनँ । यो एउटा कारण हो जसले अपमानित महसुस गराउँछ ।’
    राष्ट्रिय सभा सदस्य भएलगत्तै आफूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बराबर अधिकार भएको सभा बनाउन लागिपरेको तर सफल नभएको उनको स्वीकारोक्ति छ ।

    सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, यस्तो विचार (राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था) मा म अहिले पनि अडिग छु ।’

    तपाईं आफैं संविधान सभामा हुनुहुन्थ्यो । संविधान बनाउँदा किन ख्याल गर्नुभएन भन्ने प्रश्न भने उनले पन्छाए । संविधान बनाउन भूमिका खेलेको र राम्रो संविधान बनाएको उनको दाबी छ ।

    कांग्रेस र कम्युनिस्ट एकै ठाउँमा आएर संविधानको प्रस्तावनामै लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद उन्मुख नेपाल भनिएको उल्लेख गर्दै उनले यसको सही कार्यान्वयनका लागि संविधान जारी भएपछिका सरकारले ध्यान नदिएको आरोप लगाए ।

    संसद सचिवालयका अनुसार राष्ट्रिय सभामा गौतमको कार्यकाल २०८२ साल फागुन २० गतेसम्म छ । यहाँ उनले तीन वर्ष बिताइसकेका छन् ।

    २०५० सालमा तत्कालीन एमालेमा संगठन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गौतमले संसदबाट महाकाली सन्धि अनुमोदन गरेको विषयलाई लिएर भएको विवादका क्रममा २०५४ सालमा एमाले फुटाए ।

    २०५६ सालमा भएको आम चुनावमा एमाले फुटेर बनेको मालेले एक सिट पनि जित्न सकेन । त्यसपछि २०५८ सालमा गौतम एमालेमै फर्किए ।

    पहिलो संविधान सभाको निर्वाचन २०६४ मा बर्दियाबाट चुनाव हारे पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाए । २०७० मा चुनाव जितेर संविधान सभामा सक्रिय भूमिका खेलेका गौतम २०७४ को प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित भए ।

    त्यसयता निरन्तर शक्ति आर्जनका लागि क्रियाशील रहे पनि हरेक चाहनामा असफल हुँदै आएका गौतम राष्ट्रिय सभा पुगे । राष्ट्रिय सभामा गरेको प्रयास पनि सफल हुन नसकेपछि गौतम पछिल्लो समय निराश देखिएका हुन् ।

    आफ्नो निराशालाई लिएर राष्ट्रिय सभा सदस्य पदलाई नै अपमानित पदको संज्ञा गौतमले दिंदा राष्ट्रिय सभामा उपस्थित कुनै पनि सांसदले यसलाई प्रतिष्ठाको विषय बनाएनन् । कुनै पनि सांसदले यो विषयलाई राष्ट्रिय सभाको अपमान ठानेनन् र नियमापत्ति गरेनन् । (अनलाईन खबर)

     

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer