• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अजिरकोट गाउँपालिकाका किसानलाई व्यावसायिक भैँसीपालन तालिम


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले किसानहरुलाई निःशुल्क व्यावसायिक भैँसीपालन तालिम प्रदान गरेको छ । पालिका भित्र दुग्घ उत्पादन बृद्धिका लागि किसानहरुलाई व्यवसायिक बनाउदै लैजाने उद्देस्यका साथ तीनदिने भैँसीपालन सम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा.रोशनराजबहादुर सिंहले जानकारी दिए।

    Advertisement

    ‘‘भैँसीपालन गर्दै आएका सवै वडाका अगुवा किसानहरुको छनोट गरी तालिम प्रदान गरिएको हो, उनले भने, ‘‘किसानहरुले भैँसीपालन गरी दुध उत्पादन गरेपनि भैँसीको स्याहारसुसार राम्रोसंग गर्न नजान्दा प्रर्याप्त लाभ लिन नसक्ने गरेकाले तालिम सञ्चालन गरिएको हो ।’’ तालिममा किसानहरुलाई नश्ल गुणस्तर पहिचान गर्ने विधि, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहारा बनाउने तरिका लगायतका बिषयमा जानकारी गराइएको डा.सिंहको भनाई छ ।

    ‘‘किसानहरुले आफ्नो गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न नसक्दा समेत क्षति हुने व्यहोर्दै आउनु परेको छ, उनले भने,‘‘तालिममा रोगी पशु र निरोगी पशुको पहिचान गर्न समेत सिकाइएको छ ।’’त्यस्तै पशुबस्तुका लागि स्थानीय स्तरमा पाइने जडीवुटीका औषधीबाट गर्न सकिने प्राथामिक उपचारका साथै किसान आफैले जुकाको औषधीहरु खुवाउने तारिका र समयको बिषयमा समेत तालिममा जानकारी प्रदान गरिएको उनले बताए ।

    ‘‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि ध्यान दिनुपर्छ भन्ने जानकारी तालिमले दिइएको छ, डा.सिंहले भने,‘‘पशुबस्तुका लागि खोपको महत्व र पशु बीमाको आवश्यकताको बारेमा समेत किसानलाई सचेतना प्रदान गरिएको छ ।’’पालिका भित्र पुर्खौलीदेखि नै भैँसीपालन गर्दै आएका अगुवा किसानहरुलाई तालिम दिइएको उनले बताए ।

    ‘‘तालिममा सहभागी किसानहरुलाई प्रति किसान १० लिटर र १२ लिटरका गरी दुई वटा दुध बोक्ने क्यान, मिनिरल पाउडर र भैँसीलाई खुवाउनका लागि भिटामिन समेत उपलब्ध गराइएको छ, उनले भने, ‘‘किसानहरुका लागि तालिम अत्यन्तै लाभदायक भएको छ ।’’ किसानहरुलाई भैँसीलाई मिनिरल पाउडर तथा भिटामिन खुवाउदा दुधको मात्रा बढ्छ भन्ने बुझाउनका र नियमित खु्वाउने बानीको विकास गराउनका लागि पाउडर तथा भिटामिन उपलब्ध गराएको हो ।

    तालिममा २३ जना भैँसीपालक किसानहरुको सहभागिता रहेको थियो । तालिम लिएका किसानहरुले धेरै जसोले अहिलेपनि दैनिक रुपमा भच्चेक बजारमा दुध ल्याएर बिक्री गर्दै आएका छन् । यहीँ माघ २१ गते आइतवारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

     

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer