• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

के नर्सरी, केजीका नानीबाबुलाई हजुर, तपाईं भनेर बोलाउने कि नबोलाउने ? पढौ


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • बच्चाहरुले जस्तो सिके त्यस्तै जीवन जिउँछन् ! यहाँ हामीले नेपालमा स-साना नानीहरुलाई सिकाइरहेको यौटा ताजुब लाग्दो संस्कारसँग जोडेर हेर्न खोजेको छु । अरुलाई जे-जस्तो लागे पनि मलाई चाहिं यो ताजुब लाग्ने विषय भएको छ । तथापि समाजको कुनै कुनाबाट पनि यो विषयका प्रति चासो दिइएको चाहिं देखिएन ।

    Advertisement

    अब प्रसंग सुरु गरौं । हालसालै मैले नेपालमा कार्यरत ५०-६० भन्दा बढी माध्यमिक र उच्च माध्यमिक विद्यालयका शिक्षकहरुका लागि यौटा सामूहिक अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रमको सहजीकरण गरेको थिएँ । अरु कुराको अतिरिक्त यस कार्यक्रमले अन्तर्राष्ट्रिय ‘टिचिङ एण्ड लर्निङ’का असल अभ्यासहरूका बारे शिक्षकहरुलाई जानकारी गराउने पनि लक्ष्य लिएको थियो ।

    केस स्टडीको रुपमा सिंगापुर, कोरिया, जापान र फिनल्यान्डका असल अभ्यासहरूको बारे चर्चा गरिएको थियो । यससँगै नेपालका विद्यालयहरुमा विद्यार्थीले अक्सर उत्कृष्ट नतिजा ल्याउन नसकेको विषयहरु के के हुन्, त्यसको कारण के हुनसक्छ र समाधान के भनेर खोतल्ने प्रयास पनि गरिएको थियो ।

    अन्तरक्रियाको क्रममा सामुदायिक विद्यालयहरुको हकमा साइन्स र म्याथम्याटिक्स र निजी/संस्थागत विद्यालयहरुको हकमा नेपाली र सामाजिक विषयहरुमा विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको विषयको रुपमा पहिचान गरिएको थियो ।

    अरु प्रत्येक विषयमा जस्तै नेपालीमा समेत विद्यार्थीले राम्रो गर्न नसक्नुको कारण के होला भनेर चाखलाग्दो छलफल गरेका थियौं । छलफलमा धेरै कुरा उठेका थिए । तर सारमा भन्ने हो भने शिक्षकहरुको उत्प्रेरणामा कमि, नेपाली विषय पढाउने सिर्जनशील सीप र शैलीको अभाव लगायत कुराको प्रस्टै भूमिका त देखिन्थ्यो नै ।

    एकजना गुरुले उदाहरणको रूपमा भन्नुभयो कि नेपाली भाषामा रहेको आदरार्थी शब्दहरुको भेद बताउन पनि मुश्किल छ । यो कुराले मैले धेरै समयदेखि समस्याको रुपमा देखेको यौटा नयाँ संस्कारको विषयलाई टच गरेको थियो ।

    प्राइमरी विद्यालय र खासगरी प्राइभेट स्कुल वा मन्टेसरीहरुले स-साना नर्सरी वा केजीका बाबुनानीलाई समेत ठूलालाई जस्तै हजुर, तपाईं जस्तो आदरार्थी शब्द प्रयोग गर्नुपर्छ भनेर एड्भोकेसी गरिरहेको कुरा मलाई सही लागिरहेको थिएन । यसलाई मैले समस्याको रुपमा लिने गरेको थिएँ ।

    छलफलकै क्रममा मैले शिक्षकहरुलाई उहाँहरुको धारणा बुझ्ने हिसाबले अलि घुमाउरो पाराले यौटा प्रश्न सोधें । मैले सोधें कि उहाँहरु बच्चा/विद्यार्थीलाई कत्तिको स्नेहपूर्ण व्यवहार गर्नुहुन्छ, बच्चालाई कहिल्यै कुनै पनि कारणका लागि गाली गर्ने गर्नुभएको छ आदित्यादि । र त्यसपछि मैले मेरो मुख्य प्रश्न सोधें कि- उहाँहरुले साना बाबुनानीलाई हजुर, तपाईं भनेर भन्ने गर्नुभएको छ कि छैन ? किनकि यो त नेपालमा अहिले सर्वस्वीकृत प्रचलन भएको छ । सुरुमा त धेरै शिक्षकहरुले आफूले पनि त्यसो गर्ने गरेको बताउनुभयो । छलफल लम्ब्याउँदै मैले सोधें कि त्यो शिष्टाचारको शैली कत्तिको ठिक हो ?

    सुरुमा त धेरैले त्यो चलन ठिक हो भन्ने जस्तो गर्नुभयो, तर मैले छलफलमा उठाएका प्रश्नहरुको खास मनसाय बुझ्दै गएपछि उहाँहरुमा पनि सन्देह देखिन थाल्यो । अन्त्यमा मैले यो चलन वा तरिका ठीक छ भन्नेहरुले ‘हात उठाउनुस्’ भनेपछि त्यसको समर्थनमा हात उठाउनेमा जम्मा २ जना मात्र देखिनुभयो । यसको अर्थ यो चलन ठिक थिएन भन्ने पक्षमा १-२ जनालाई छोडेर प्राय: सबै शिक्षकहरु देखिनुभयो ।

    यो नयाँ मोडर्न संस्कार नेपालमा भित्र्यायो कसले ? के सोचेर भित्र्यायो, त्यो त मलाई यकिन छैन । तैपनि नेपालमा नयाँ-नयाँ कुराहरु त्यो फोस्रा र अर्थहीन नै भए पनि खुबै बिक्ने गरेको छ । त्यस्तैमा कसैलाई लाग्यो होला, ठूलालाई चाहिं हजुर, तपाईं भन्नुपर्ने सानालाई नपर्ने ? यो त भेदभाव भयो । यहाँ पनि समानता ल्याउनुपर्छ, केही सिर्जनशील काम गरे जस्तो पनि हुन्छ । अनि कसैले कतै शुरु गर्‍यो, पछि पूरै देश त्यो कुरा फलो गर्न लागिपर्‍यो ।

    कसैले के, किन, कसरी, ठिक वा बेठिक सोच्दै सोचेन । हाम्रो यहाँ ठीक कि बेठीक सोचिरहन कसैलाई फुर्सद नै छैन । त्यो गरिरहन कसैले आवश्यक नै देख्दैन । त्यो गर्नपट्टि लागेर कसैले आफूलाई फाइदा नै देख्दैन ।

    नयाँ कुराको आत्मसात् गर्नुअघि के गर्नुपर्छ भन्ने कुनै विधिविधान केही छैन । यही त हो जसका कारण, नेपाली समाज एकदम दिशाहीन हुँदै गएको छ, विभिन्न खालको अन्तरविरोधमा फस्दै गएको छ । यस्तो कुरा मार्फत हामीले जानी-नजानी बच्चाको अन्तर्मनमा मूल्यको अन्तरद्वन्द्व इन्जेक्ट गरिरहेका छौं, जो बच्चाहरुको बहुआयामिक व्यक्तित्व विकासका लागि घातक हुनसक्छ ।

    यसका पछाडि समस्या धेरै छन् । ल मानौं स्कुलले सुरु गर्‍यो- ठिक छ, बाबुआमाले पनि जसोतसो स्कुलको सिको गर्लान्, त्यो पनि रिसाएको बेलामा त कुन्नि! तर घरका सबैले, छिमेकका अङ्कल आन्टीले पसलको आन्टीले सबैले सधैं उसै गरी साना बाबु-नानीलाई हजुर, तपाईं भनेका हुँदैनन्, नभन्न सक्छन् । त्यस्तो स्थितिमा बच्चा फेरि कन्फ्युज हुनजान्छ । यसले उनीहरुलाई धेरै मनोवैज्ञानिक समस्या दिएको पनि हुनसक्छ ।

    ठिक छ, साना नानीबाबुसँग रमाइलो पनि हुन्छ, भनिदिए हुन्छ-हजुर, तपाईं । तर कहिलेसम्म भन्नुहुन्छ? उनीहरु जब १०, १५ या १८ वर्षका हुन्छन् के त्यतिबेला पनि तिनलाई तपाईं हजुर, तपाईं भन्नुहुन्छ, वा कुन उमेरसम्म बोल्ने हो त्यो फेक भाषा अनि बच्चा कुन उमेरमा पुगेपछि फेरि साँचो भाषा बोल्ने हो ? कि अलि ठूलो भएपछि तँ, तिमी नै भन्ने हो ? विचार गर्नुपर्ने प्रश्न यो हो । उल्टो अर्थ नलागोस् मैले तँ नै भन्नुस् भनेको चाहिं हैन नि !

    माथिकै कुरामा फेरि विचार गरौं । बच्चाले सामाजिक विषयमा राम्रो गरेनन्, नेपालीमा राम्रो गरेनन्, आदरार्थी भाषाको कन्सेप्ट बुझेनन् । क्या रमाइलो कुरो छ । सामाजिक अध्ययनमा पनि गाह्रो भयो, राम्रो गरेनन्! कसरी बुझ्छन्, कसरी राम्रो गर्छन् !

    सामाजिक अध्ययनमा समाजको स्वरूप, सामाजिक संरचना सिकाइने हो, सिकाउनुपर्ने हो–जहाँ ठूलाको सम्मान, सानालाई माया लगायत तमाम मूल्यगत अवयव मिलेर सामाजिक संरचना बनेको छ । नेपालीको सरले भने झैं आदरार्थी अवधारणा सिकाउनै गाह्रो भयो । किन हुन्न त ? सिद्धान्तमा आदर गर्ने र आदर पाउनेको कुरा छ ।

    समाजमा विद्यमान रोल विभाजनको कुरा छ, तर नानीबाबुले दैनिक जीवनमा अर्थोक अर्थोक नै सुनिरहेका हुन्छन् । आदर गर्नुपर्ने भनेर सामाजिकमा पढेको व्यक्तिले नै अर्थात् स्कुलका शिक्षक, घरमा बा-आमाले नै आफूलाई हजुर, तपाईं भनेको छ, नानीबाबुले अब हजुरआमालाई चाहिं के भन्ने- तिमी भन्ने ? साँच्चै भन्ने हो भने हामीले तिनलाई धोका दिएका छौं, झुट कुरा सिकाएका छौं, व्यवहार र सिकाइमा द्वन्द्व सिर्जना गरिदिएका छौं । जसले बालमनोविज्ञानको विघटन नै गरिदिन सक्छ, संशय पैदा गरिदिन सक्छ । अझ हामी सोच्दैछौं, एकदम राम्रो गरिरहेका छौं, बच्चालाई आधुनिक शिक्षा दिइरहेका छौं ।

    म भन्छु-पढाउनुस्, पढाउन हुन्छ, नेपाली, इंग्लिश र अरु भाषा पनि पढाए हुन्छ । बच्चाहरुको एकैसाथ दुई भन्दा बढी भाषा सिक्ने क्षमता हुन्छ । नेपाली पढाउनुस्, यो हाम्रो भाषा हो, यो देशको भाषा हो भनेर पढाउनुस् । अंग्रेजी पढाउनुस्, यो संसारमा धेरै फैलिएको भाषा हो, धेरै ज्ञान-विज्ञान अहिले यही भाषामा सिर्जना भइरहेको छ, तिमीलाई यो भाषा जान्न आवश्यक छ भनेर पढाउनुस् । आवश्यक पर्छ भने अरु अरु भाषा पनि पढाए हुन्छ ।

    तर विदेशी भाषा सिक्नु र आधुनिक हुने नाउँमा आफ्नो सामाजिक मान्यता र संस्कारमै बेमेल हुने खालको कुरा बच्चालाई सिकाउनु एकदम फरक कुरा हो । अति द्रुतगतिमा विकासको फड्को मारिरहेका मुलुकहरु जस्तो कि जापान, चाइना, इन्डिया वा कोरियाले समेत स्कुलमा बच्चाहरुलाई आफ्नो सामाजिक मूल्य र मान्यतामा जोड दिएरै सिकाइलाई व्यवस्थित गरेका छन् ।

    चीनमा कन्फुसियन भ्यालु बुझ्ने गरी सिकाउने गरिन्छ, जापानमा हाइकू कविता कोर्समा समावेश गर्ने कुरा होस् वा ठूलालाई आदर गर्ने संस्कृति टिचिङ एण्ड लर्निङ मार्फत इन्जेक्ट गरिने कुरा हो त्यसमा महत्व दिइएको छ ।

    ठूलालाई आदर गर्ने कुरा त जापान, कोरिया, चाइना, इन्डिया सबैतिर छ । इन्डियामा रामायण, महाभारतको कुरा, त्यसको कन्टेन्ट र मूल्यका कुरा टिचिङ एण्ड लर्निङमा जोडिएको छ ।

    कृत्रिम कुरा, सिकाइ र व्यवहारमा सामञ्जस्य नभएको कुरा बच्चाहरुलाई सिकाउनै हुँदैन । मूल्यको अन्तरद्वन्द्वका बीच बाँचेका वा हुर्केका बच्चा वा किशोर-किशोरीमा तत्काल वा दीर्घकालमा तमाम खाले मनोवैज्ञानिक समस्या देखिने गरेको कुरा अध्ययनहरुले देखाएको छ ।

    मनोवैज्ञानिक लियोन फेस्तिन्गरले त यस बारेमा कग्निटिभ डिसोनेन्सको सिद्धान्त नै प्रतिपादन गरेका छन् । यस्तो स्थितिमा बच्चाले/किशोरकिशोरीले कग्निटिभ डिसोनेन्स (चेतनात्मक बेमेल) अनुभव गर्न सक्छन् जसले भावनात्मक तनाव र अनिश्चितता जन्माउन सक्छ । यो त यौटा मात्र कुरा भयो, यसका प्रभाव र त्यसको परिणाम एक भन्दा बढी हुन सक्छ ।

    दोस्रोमा यस्तै कुराका कारण उनीहरुमा असुरक्षा र विश्वासको संकट जन्मिन सक्छ, उनीहरुले आफ्ना अभिभावक, शिक्षक वा कसैको पनि पूर्ण रुपले विश्वास नगर्ने स्थितिसम्म बन्न सक्छ । त्यस्तै खास अवस्थामा उनीहरुले परस्पर विरोधी मूल्यसँग जिउनु पर्दा त्यस्तो परस्पर विरोधी मूल्यलाई विस्तारै आत्मसात् गर्न सक्छन् जसका कारण उनीहरुमा नैतिक अन्योल देखा पर्न सक्छ ।

    इमोसनल डिरेगुलेसनको सम्भावना एकदम बढ्न सक्छ, जसका कारण उमेर बढ्दै जाँदा उनीहरुमा निराशा, असुरक्षाको भावना बढ्ने र उनीहरुले अनपेक्षित कोपिंगको सहारा लिन पुग्ने खतरा पनि हुन सक्छ ।

    यस्तै अन्तरद्वन्द्वका कारण उनीहरुले आफूमा असहाय (हेल्पलेसनेस) अनुभव गर्ने र निर्णय क्षमता गुमाउने समेत डर हुन्छ । यी सबै कुरा बुझेर, लहलहैको भरमा स्कुलहरुले पनि र अभिभावकहरुले पनि नयाँ कुरा गर्ने भन्ने नाममा जे पायो त्यही कुरा लागू गर्दा त्यसको घातक परिणाम समेत निस्कन सक्छ भन्ने कुरामा सधैं सचेत हुनुपर्छ ।

    मेरा लागि त स-साना नानीबाबु अत्यन्त प्यारा लाग्छन् । आफ्नै परिवारको वा जोसुकै नानीबाबुलाई पनि म माया गर्छु, स्नेह गर्छु-बाबु, नानी, तिमी भन्छु, ती कमसेकम वयस्क नहुन्जेल तिनलाई हजूर, तपाईं चाहिं भन्दिनँ । तपाईं नि ? (अनलाईन खबर)

     

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer