• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोशीमा १० सदस्यीय मन्त्रीमण्डल, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।

    Advertisement

    २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे । त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।

    पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।

    माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।

    माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।

    नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।

    कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २(२) बाट निर्वाचित हुन् । डाक्टर शेखर कोइराला समूहका उनी पनि थापा नेतृत्वको सरकारमा केहि दिन विनाविभागीय मन्त्री बनेका थिए ।

    कोइराला पक्षकै सांसद इन्दिरा थापा र सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्तारुढ गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थिए । तर कांग्रेस भित्र कोइराला समूहका ८ सांसदले विद्रोह गरे । एमालेको समर्थनमा २७ असोजमा कार्की मुख्यमन्त्री बने । २८ असोजमा एमालेका राम रानालाई र कांग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री बनेपछि १८ कात्तिकमा एमाले सरकारबाट बाहिरिएको थियो ।

    पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै मुख्यमन्त्री बनाउन साथ दिएका दुई सांसदलाई कार्कीले मन्त्री र दुईलाई राज्यमन्त्री बनाएका छन् । यसअघि कोइराला समूहबाट शम्शेर राई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

    प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री राईसँगै माओवादी केन्द्रबाट गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

    सरकार विस्तार भएपछि मन्त्रीपरिषद् सदस्यको संख्या १० पुगेको छ ।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer