• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वामदेव गौतमलाई दिक्दारी लाग्दै सांसद पद


  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
  • काठमाडौं । ‘हक्की नेता’, वामदेव गौतमलाई राष्ट्रियसभा सांसद पद दिक्दारी लागेको छ । राष्ट्रियसभामा बुधबार उनले अपमानजनक पदबाट कहिलेदेखि मुक्ति होला भन्ने लागेको सुनाए ।

    Advertisement

    “…पाँच मिनेटमा मैले बोल्नुपर्छ । यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाई लाग्छ,” गौतमले बैठकमा भने ।

    उनले किन अपमान महसूस गरे भनी जिज्ञासा राख्दा प्रतिक्रिया दिन चाहेनन् । त्यो पद प्राप्तिका लागि उनी लडाईं लडेका थिए, केही वर्षअघि । अनि तिनै गौतम हुन्, उनको राष्ट्रियसभामा प्रवेश सन्दर्भमा तत्कालीन नेकपामा भाँडभैलो मच्चिएको थियो ।

    ‘एक कार्यकाल एक अवसर’को संवैधानिक ‘थिति’ बिगारेका थिए, उनै गौतमले । राष्ट्रियसभामा छिर्नका खातिर ‘थिति’ बिगार्न कुनै कसर बाँकी राखेका थिएनन् । गौतम ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर– १ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

    उनले त्यो ‘हार’मा सहजै स्वीकार गर्न सकेनन् । अनि जिकिर लिए, ‘अन्तर्घात’का कारण आफ्नो हार भएको हो । प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका गौतमले उपनिर्वाचमार्फत संसद् छिर्ने प्रयास गरेका थिए ।

    त्यतिबेला काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरले त वामदेवलाई संसद् छिराउन आफूले पदबाट राजीनामा दिने उदघोष समेत गरेका थिए । डोल्पा लगायतका क्षेत्रका सांसदलाई फकाएर उपनिर्वाचन लड्ने प्रयत्न पनि उनले नगरेका होइनन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि रिक्त स्थानमा चुनाव लड्न खोजेका थिए । त्यो पनि सम्भव भएन । प्रतिनिधिसभा छिर्ने उनको चाहना अधुरै रह्यो ।

    त्यसपछि उनी राष्ट्रियसभामा जाने र प्रधानमन्त्री बन्ने विषयले प्रवेश पायो । ०७६ फागुनमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेकपाभित्र कार्यदल बनाउनुपरेको थियो, उनको पदीय आकांक्षा पूर्ति गर्न ।

    वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य थिए । पार्टीभित्र र बाहिर त्यसको चर्को आलोचना भएपछि कार्यदल भंग गरियो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने वामदेवको प्रस्ताव गर्भमै तुहियो ।

    तथापि नेकपाभित्र चरम विवादबीच उनी राष्ट्रियसभा सदस्यमा मनोनीत भए । उनलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने विषयमा नेकपामा रडाकै मच्चिएको थियो । ०७७ असोज १ गते वामदेव राष्ट्रियसभा सदस्य बनेका थिए ।

    सर्वोच्चको फैसलापछि नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववतः अवस्थामा फर्किए । नेकपाको कलहका बखत पार्टी एकताको पक्षमा उभिएका गौतम नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी खोल्दै संयोजक बने ।

    संविधानको भावनाविपरीत मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा सदस्य मनोनित भएको जिकिरसहित सर्वोच्च अदालतमा रिट परेको थियो । बदरको माग गरिए पनि उक्त मुद्दा फैसला भइसकेको छैन ।

    चुनाव हारेकै कार्यकालमा माननीय बन्ने अर्का ‘उदाहरणीय व्यक्ति’ हुन्, बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठ । उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा– २ बाट पराजित भएका थिए ।

    डा. बाबुराम भट्टराईसँग पराजित श्रेष्ठ त्यही कार्यकालमा राष्ट्रियसभा छिरे । उनी ०७६ माघ ९ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । गौतमभन्दा अघि राष्ट्रियसभामा श्रेष्ठ पुगेका थिए, संवैधानिक थिति बिगार्दै ।

    चुनाव हारेका व्यक्ति त्यही कार्यकालयमा सांसद बन्न नसक्ने गरी कोर्ष परिवर्तन गर्न आवश्यक थियो । तर, सोही बाटोमा नेपाली कांग्रेस पनि देखियो । राष्ट्रियसभाको उपनिर्वाचनबाट पनि ०७९ को निर्वाचन हारेका व्यक्तिहरुले प्रवेश पाएका छन् ।

    झापा–३ बाट चुनाव हारेका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बनेका छन् । उनी माघ ११ गतेको निर्वाचनबाट चुनिएका हुन् ।

    त्यतिबेला वामदेवको पक्षमा बहस गर्नेमध्येका कानुन व्यवसायी सुनाउँछन्, “नयाँ संविधानपछि चुनावी कोर्ष परिवर्तन गर्न त्यही कार्यकालमा दोहोयाउनु हुन्न भन्ने थियो । नारायणकाजी श्रेष्ठ, वामदेम गौतम हुँदै कृष्ण सिटौलाको पदीय आकांक्षा पूर्ति संविधान धुलीसात् भएका छन् ।’’

    शनिबार, माघ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer