• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब छाडा कुकुर राख्न डग होस्टल बनाउँदै


  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
  • पोखरा । बागलुङ नगरपालिकाले पनि छाडा छाडिएका कुकुर व्यवस्थापन गर्न अनेक उपाय लगायो । घरमा पालिएका कुकुरलाई अनिवार्य दर्ताको नियम ल्याएर नियमन गर्न खोज्यो, छाडा कुकुरको बन्ध्याकरण पनि गर्‍यो ।

    Advertisement

    तर, सडकमा छाडा कुकुरको संख्या घटेन । बर्सेनि बजार क्षेत्रमा कुकुरको संख्या बढ्दै जान थाल्यो । ‘पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय जनाभन्दा बढी मान्छेलाई कुकुरले टोकिसकेको हामीसँग रिपोर्ट छ’, बागलुङ नगरका मेयर वसन्तकुमार श्रेष्ठ भन्छन्, ‘कुकुरले लखेट्दा सवारी दुर्घटना भएर मान्छेको ज्यानै पनि गएको छ ।’

    जति उपाय अपनाउँदा पनि सडकमा कुकुरको संख्या नघट्दा हैरानी खेप्नुपरेपछि नगरपालिकाले अब नयाँ योजना अघि सारेको छ, ‘कुकुर (आवास गृह) होस्टल बनाउने र छाडा कुकुरलाई एकीकृत गरेर व्यवस्थापन गर्ने ।’

    चालु आर्थिक वर्षकोे नीति तथा कार्यक्रममै उल्लेख गरेर छाडा कुकुर व्यवस्थापन गर्न कुकुर होस्टल अवधारणा ल्याइएको मेयर श्रेष्ठले बताए ।

    ‘कुकुरले दुख दियो भनेर मार्ने कुरा पनि भएन । कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर खोज्दै जाँदा होस्टल पनि हुने रहेछ भन्ने थाहा भयो’, उनले भने, ‘कुकुरप्रेमीहरुले निजी तवरबाट होस्टल खोलेको भए पनि पालिकास्तरबाट यो अभ्यास नभएको रहेछ ।’

    पालिकाले चालु आर्थिक वर्षभित्रै सुविधासम्पन्न कुकुर होस्टल बनाउने गरी तयारी भइसकेको मेयर श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं. १३, कालाखोलामा कुकुर होस्टल बनाउन एक करोड रुपैयाँ लाग्ने उनको भनाइ छ ।

    कुकुर होस्टलका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ३५ लाख र गण्डकी प्रदेशले ६५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

    मेयर श्रेष्ठका अनुसार अहिले पनि बागलुङ मुख्य बजार क्षेत्रमा करिब ५ सय वटा छाडा कुकुर छन् । ‘ती सबै छाडा कुकुरलाई भ्यासेक्टोमी गरिसकेका छौं । तर, संख्या बढ्न छोडेको देखिएन’, उनले भने, ‘घरपालुवाबाट जन्मेका कुकुरका बच्चा पनि सडकमै छोडिरहेका छन् । रोगी, बिरामी कुकुर पनि त्यसै छोड्ने गरेको पाइयो ।’

    त्यसरी रोेगी तथा बिरामी कुकुर खुला रुपमा सडकमा छाड्दा बजार अव्यवस्थित देखिने र रोग पनि फैलिने जोखिम बढेकाले डग होस्टल (कुकर आवास गृह) उपयुक्त हुने विश्वास नगरपालिकाको छ । ‘ट्यागिक, भ्यासेक्टोमी लगायत त अल्पकालीन उपाय थिए । दीर्घकालीन रुपमा योजना बनाउँदाचाहिँ होस्टल नै ठीक हुने देखियो’, मेयर श्रेष्ठले भने ।

    होस्टलमा राखिएका कुकुरका लागि पहिलो चरणमा व्यवस्थित खोर बनाइने र त्यहाँ ल्याइएका कुकुर नियमित खानपिन, स्याहार, औषधिउपचार गरिने मेयर श्रेष्ठले बताए ।

    ‘कुकुरलाई माया गर्नेहरु पनि हुनुहुन्छ । उहाँहरुले दान दिने, स्याहार गर्नेमा सहयोग पुर्‍याउनुहुनेछ’, उनले भने, ‘यहाँ ल्याएका कुकुरलाई बेलाबेलामा ट्रिटमेन्ट गर्ने, खेलाउने, डुलाउने योजना छ ।’

    व्यस्तताका कारण आफूखुसी होस्टलमा कुकुर राख्न भने निश्चित रकम तिनुपर्नेछ । त्यहाँ भएका कुकुर कसैले लैजान चाहेमा पनि किन्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कुकुर व्यवस्थापन समिति बनाएर कर्मचारी नै खटाउने मेयर श्रेष्ठले जानकारी दिए ।

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापन र नियमन गर्न नगरपालिकाले चालु आर्थिक वर्षदेखि कुकुर पाल्न अनिवार्य दर्ताको नियमसमेत ल्याएको छ । जसका लागि कुकुरधनीले २ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्छ ।

    दर्ता भएका कुकुरलाई एक हजार रुपैयाँ बराबरको निशुल्क सेवा दर्ता भएका ती कुकुरको मृत्यु भएमा नगरपालिकाले नै व्यवस्थापन गरिदिने गरेको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका छाडा कुकुर व्यवस्थापन गर्न ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ नै बनाएको छ ।

    शनिबार, माघ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer