• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बन्ने, इमरानको पार्टी आन्दोलनमा


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

    Advertisement

    यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ ।

    पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ ।

    पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो । स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ ।

    सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् ।

    शरीफको पार्टी पीएमएल-एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो । नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए ।

    यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए ।

    शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् । यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् ।

    इमरान खानको पार्टी आन्दोलनमा

    धेरैको अनुमान पाकिस्तानको आम निर्वाचनमा इमरान खानको पार्टी हार्छ र नवाज शरीफको पार्टीले बहुमत ल्याउँछ भन्ने थियो । किनभने इमरान खान सहितका वरिष्ठ नेताहरुलाई सैनिक समर्थित सरकारले भ्रष्टाचार आरोपमा १४ वर्षका लागि जेलमा राखेको छ । उनको पार्टी पीटीआईलाई चुनाव लड्नसमेत प्रतिबन्ध लगाइएको छ । तर स्वतन्त्र उम्मेदवारी दिएका इमरान खानका नेता कार्यकर्ताहरुले नै सबैभन्दा धेरै सिट जितेर निर्वाचन सर्वेक्षण फेल बनाइदिएका छन् ।

    दोस्रो स्थानमा रहेको नवाज शरीफको पार्टी पीएमएल-एनले मिलिजुली सरकार बनाउने तयारी जारी राखेको बेला इमरान खान नेतृत्वको पीटीआई भने आन्दोलनमा होमिएको छ । आफूहरुले बहुमत सिट जिते पनि मतगणनामा धाँधली गरेर हराइएको भन्दै पीटीआई आन्दोलनमा होमिएको हो ।

    पीटीआई कार्यकर्ताहरुले लाहोर, फैसलाबाद, रावलपिण्डी, मुल्तान, बहाववलपुर, डेरा गाजी खान र गुजरावालामा विरोध प्रदर्शन सुरु गरिसकेका छन् । उनीहरुले आइतबार दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

    पीटीआईले जनादेश लुट्नेहरुविरुद्ध पूरै दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गर्ने एक्समा लेखेको छ ।

    मतदान सम्पन्न भएको चार दिन भइसक्दा पनि सबै क्षेत्रको मत परिणाम आइसकेको छैन । २६५ सिटमध्ये २५७ सिटको मात्र नतिजा सार्वजनिक भएको छ । अब परिणाम आउन बाँकी बलुचिस्तान क्षेत्रका सिटको हो ।

    धाँधली गर्दै मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै इमरान खान नेतृत्वको पीटीआईका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ ।

     

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer